काठमाडौं- नेपाल डेन्टल एशोसिएसनको नयाँ कार्यसमितिका लागि आजदेखि निर्वाचन हुँदैछ। काठमाडौं बाहिर आज १० र काठमाडौंभित्र १७ गते सहसचिवबाहेका पदमा मतदान हुने तय भएको छ।
अध्यक्षमा डा अजय कुमार शाह र डा अच्युत प्रसाद भट्टबीच प्रतिष्पर्धा हुँदैछ। उपाध्यक्षमा डा दीलीप प्रजापती र डा विधान श्रेष्ठ, महासचिवमा डा सीमान्त लामिछाने र डा प्रदीप भण्डरीबीच निर्वाचन हुँदैछ।
कोषाध्यक्षमा डा लोकेस वर्मा र डा यस्टिका श्रेष्ठले दाबी गरेका छन्। सहसचिवमा डा दीपक कुमार शर्मा निर्विरोध भएका छन्।
जम्मा ४ सदस्यका लागि ६ जनाको उम्मेदवारी रेको छ। डा शिरिषचन्द्र रेग्मी, डा इशु घिमिरे, डा भुमेश काफ्ले, डा जुनेद हसन, डा विजिता मण्डल र डा संजय रन्जीतले उम्मेदवारी दिएका छन्।
डा अजय कुमार शाहका एजेन्डा
१. एनडीएमा पूर्ण रूपमा समर्पित रही दन्त चिकित्सकहरुको हकहितका लागि सदा तत्पर रहने सबै दन्त चिकित्सकहरुलाई सदस्यता लिन अभिप्रेरित गरी एनडीएलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा थप सशक्त रूपमा प्रस्तुत गर्ने
२. दन्त चिकित्सकहरुको क्लिनिकल स्किल, अभ्यास व्यवस्थापन सीपलाई अपग्रेड गर्ने नियमित रूपमा सीडीई सञ्चालन गर्ने एनडीएको शाखाहरुमा पनि अधिकतम कार्यक्रमहरु संचालन गर्ने
३. डेन्टल स्पेशलिस्ट र सिनियर जनरल प्य्राक्टिसनरहरुक फोरम फोरम बनाई नयाँ दन्त चिकित्सकहरुलाई आवश्यक सहयोग गर्ने ।
४. दन्त चिकित्सकहरुलाई सहज उच्च शिक्षा एमडीएस एमडी/एमएस बेसिक साइन्स अध्यापनको लागि सम्बन्धित निकायहरुमा पहल गर्ने ।
५. संघ, प्रदेश र स्थानीय सरकारी संस्थामा दन्त चिकित्सकहरुको स्थाई दरबन्दी वृद्धि गर्न आवश्यक पहल गर्ने ।
६. गैर दन्त चिकित्सकहरु द्वारा प्रदान भैरहेको माल प्र्याक्टिसलाई रोक्न आवश्यक कानुनी उपायहरु गर्ने, सरकारी निकायहरुमा नितिगत निर्णयहरु र जनमानसमा सचेतना फैलाउने कार्यलाई थप ससक्तीकरण गर्ने
७. चिकित्सा शिक्षा आयोग, एनएमसी विश्वविद्यालयहरु तथा प्रतिष्ठानहरुमा पहल गरी विद्यार्थी मैत्री नितिको पहल गर्ने ।
८. एनडीए को क्षेत्रीय शाखाहरुसँग थप सहकार्य गरेर एनडीएको भवी नीतिनिर्माणमा सम्मिलित गर्ने गराउने ।
९. एनडीएद्वारा हाल सञ्चालन भइरहेको राम्रा कामहरूलाई निरन्तरता प्रदानगर्ने थप नयाँ कार्यक्रमको थालनी गर्ने ।
डा अच्युत प्रसाद भट्टका एजेन्डा
१ NDA को विधान र शासन नीतिहरू अद्यावधिक गरी एक उपाध्यक्ष र संयुक्त सचिव पद महिलाहरूका लागि आरक्षित गरिनेछ। नेतृत्व संरचनामा ७ वटा प्रदेश प्रतिनिधिहरू र मान्यता प्राप्त दन्त चिकित्सा संगठनका अध्यक्षबाट मनोनीत सदस्यहरू समावेश गरिनेछ।
२. नेपाल मेडिकल काउन्सिल (NMC) बाट BDS-MD/MS लाई विशेषज्ञता डिग्रीको रूपमा आधिकारिक मान्यता दिलाउन र लोक सेवा आयोगबाट समतुल्यता प्राप्त गर्न पहल गरिनेछ, NMC सेवाहरूमा सम्मान पहुँच प्रवर्दन गरिनेछ; समतुल्यता, विदेशी परीक्षा र स्वदेशी संस्थाहरू सम्बन्धी चुनौतीहरू समाधान गर्न सम्बन्धित समितिहरूमा दन्त चिकित्सकहरूको प्रतिनिधित्व वृद्धि गरिनेछ।
३. ५|१०|१५ शैयाको अस्पतालहरूमा BDS पदहरू स्थापना गर्न पहल गरिनेछ, ५०+ शैयाको अस्पतालहरूमा कम्तीमा एक जना कन्सल्ट्यान्ट र १००+ शैयाको अस्पतालहरूमा आवश्यक कन्सल्ट्यान्टहरु सहित पूर्ण दन्त सेवा स्थापना गर्न/गराउन पहल गरिनेछ, डेन्टल कलेजहरूमा संकाय सदस्यहरूको नियुक्ति MEC नियमावली अन्तर्गत सुरक्षित राखिनेछ।
४. डेन्टल कलेजका संकाय सदस्यहरू र मेडिकल अफिसरहरूको तलब वृद्धिका लागि आवश्यक पहल कदमी लिइनेछ।
५. Student Wing, Foreign Affair Division, Finance Committee, Research and Training Committee, Ethical Practice Committee, र Extra Curricular Activities Committee हरु स्थापना तथा सञ्चालन गरिनेछ।
६. क्लिनिक तथा Practice सम्बन्धी समस्यामा परेका दन्त चिकित्सकहरूलाई नि:शुल्क कानुनी सहायता प्रदान गरिनेछ।
७. NDA Hotline सेवा स्थापना गरिनेछ, दन्त चिकित्सक र उहाँहरूको परिवारका लागि निःशुल्क दन्त उपचार कार्यक्रमहरू सञ्चालन गरिनेछ, साथै Chronic illness वा दुर्घटना अवस्थामा अधिकतम ५ लाख रुपैयाँसम्मको आर्थिक सहायता प्रदान गरिनेछ। पहिलो पटक क्लिनिक खोल्ने युवा दन्त चिकित्सकहरूलाई प्रमाणपत्र धितो प्रणालीमार्फत ऋण उपलब्ध गराउन सहायता प्रदान गरिनेछ र साथै क्लिनिक तथा अस्पताल 'दर्तामा समेत सहजीकरण गरिनेछ।
८. MOU मार्फत अन्तरास्ट्रिय सम्बन्ध विस्तार गरिनेछ, दन्त चिकित्सा क्षेत्रमा नयाँ प्रविधि सहितको अभ्यासहरूमा जोड दिइनुका साथै हाम्रा university को डिग्रीलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्नका लागि प्रयास गरिनेछ।
९. NDA कार्यालयमा पाहुनाहरूका लागि आवास सुविधा स्थापना गरिनेछ। २ वर्षभित्र सबै NMC मा दर्ता भएका दन्त चिकित्सकहरूलाई NDA सदस्यता अन्तर्गत एकीकृत गरिनेछ। अन्तरास्ट्रिय सहकर्मीहरूलाई NDA मानार्थ सदस्यता विस्तार गरिनेछ।
१०. "क्वाक-रहित दन्त चिकित्सा"' को वकालत गरिनुका साथै दन्त चिकित्सा क्षेत्रमा कडा कानुनी र नैतिक सीमाहरू स्थापना र कार्यान्वयन गर्न सरकारी निकायहरूसँग सहकार्य गरिनेछ।
११. नेपाल मेडिकल काउन्सिलसँग सहकार्य गरी प्रत्येक प्रदेशीय NDA मार्फत निरन्तर व्यावसायिक विकास (CPD) कार्यक्रमहरू सञ्चालन गरिनेछ।