काठमाडौं - आफैँमाथि आगो लगाएकी गायिका नितु पौडेलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको थियो । हाल उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको ६० प्रतिशत भाग जलेको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले स्वास्थ्यखबरलाई बताए।
‘एकदमै गम्भीर अवस्थामा हुनुहुन्छ। शरीरको करिब ६० प्रतिशत भाग जलेको छ’, डा नकर्मीले भने- ‘फोक्सो समेत जलेको छ’, ‘मेसिनको सहयोगले कृत्रिम सास दिइएको छ।’
आज उनको एउटा शल्यक्रिया गरिएको डा नकर्मीले बताए।आगामी उपचार प्रक्रियाबारे अहिले नै भन्न सक्ने तथा शतप्रतिशत नै बचाउन सकिन्छ भन्ने अवस्था नरहेको उनले जानकारी दिए।