काठमाडौं- महिलालाई सडकमै सुरक्षित प्रसूति गराएकी प्रहरी जवान चन्द्रीका कुमारी देउवा पुरस्कृत भएकी छन्।
अस्थायी प्रहरी बिट खैराना कैलालीमा कार्यरत उनले कैलाली जिल्ला गोदावरी नगरपालिका १ चैतन्यपुरस्थित सडकमा प्रसव पीडाले छट्पटाएकी महिलालाई सुरक्षित रुपमा प्रसूती गराएकी थिइन्।
उनलाई सुरक्षित सुत्केरी गराई आमा र बच्चाको ज्यान जोगाएको भन्दै प्रहरी महानिरीक्षक दीपक थापाद्वारा पुरस्कृत गरिएको हो।
नेपाल प्रहरीका अनुसार उनको उक्त कामले प्रहरीको छविलाई उच्च बनाएको छ।