मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक १४, २०८२
Fri, Oct 31, 2025
शुक्रबार, कात्तिक १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
विश्व स्वास्थ्य सङ्गठनद्वारा धुलिखेललाई स्वस्थ सहरको मान्यता
यसैगरी धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमै छ । धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी)अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो । नगरले ती चार लक्ष्यको प्रतिवेदन सन् २०२४ अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्रसङ्घमा पेस गरेको थियो । त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको थियो।
शनिबार, माघ ५, २०८१
लुम्बिनी प्रादेशिक अस्पतालमा तीन महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज सो प्रसूति शल्यक्रिया कक्षको औपचारिक उद्घाटन गर्नुभयो । उपचार सेवालाई छिटोछरितो बनाउन थप गरिएका शल्यक्रिया कक्ष महत्वपूर्ण हुने उनले बताए। उनले भने, 'अब शल्यक्रियाका लागि बिरामीले पालो पर्खनुपर्ने समस्या समाधान हुन्छ भन्ने लागेको छ।'
शनिबार, माघ ५, २०८१
के दूध तथा क्याल्सियमयुक्त खाद्य पदार्थहरूले कोलोन रेक्टल क्यान्सरको जोखिम घटाउँछन्?
२०२२ मा लगभग १.९ मिलियन व्यक्तिहरूलाई कोलोन रेक्टल क्यान्सरको निदान गरिएको थियो, जसले यसलाई विश्वभरी तेस्रो सबैभन्दा धेरै देखिने क्यान्सरमा उभ्याएको छ। यसलाई आन्द्राको क्यान्सर पनि भनिन्छ। जाँच र जीवनशैली सुधारहरू (जस्तै स्वस्थ तौल कायम राख्नु, धुम्रपान नगर्नु, र स्वस्थ आहार अपनाउनु) मार्फत् रोक्न सकिन्छ।
शनिबार, माघ ५, २०८१
पहिलोपटक एनआरएन चिकित्सकले पाए नेपालमा अभ्यास गर्न लाइसेन्स
काउन्सिलको शुक्रबार बसेको बैठकले एनआरएन चिकित्सकलाई लाइसेन्स दिने निर्णय गरेको काउन्सिलका रजिस्ट्रार डा सतिश देवले जानकारी दिए। डा खड्काले एक वर्षका लागि लाइसेन्स पाउने छन्। डा खड्का अमेरिका नेपाल फाउन्डेसनका पूर्वअध्यक्ष पनि हुन्।
शुक्रबार, माघ ४, २०८१
हमला पछि सैफ अली खानको स्पाइनल फ्लुइड लिकेज: कसरी गरिन्छ यसको उपचार ?
मुख्यगरी, एपिड्यूरल ब्लड प्याच स्पाइनल फ्लुइड लिकेजको उपचारमा प्रयोग गरिन्छ। यस प्रक्रियामा बिरामीको आफ्नै रगतको सानो मात्रा एपिड्यूरल स्थानमा लिकेजको नजिकै इन्जेक्ट गरिन्छ। रगतले थक्का क्लट बनाउँछ, जसले च्यातेको ठाउँ छोप्दछ र सिरेब्रोंस्पाइनल फ्लुइडको दबावलाई पुनर्स्थापित गर्छ। यदि एपिड्यूरल ब्लड प्याच प्रभावकारी हुँदैन वा लिकेज पत्ता लगाउन गाह्रो छ भने, शल्यक्रिया गर्न सकिन्छ। तर यो ब्लड प्याच प्रक्रियाभन्दा कम सामान्य हो।
शुक्रबार, माघ ४, २०८१
आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार नबेच्न जनस्वास्थ्य कार्यालय काठमाडौंको निर्देशन
कार्यालयकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइकाले सो कार्य रोक्न निर्देशन दिएको जानकारी दिइन्। आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोसिलो र रोग प्रतिरोधी क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने अधिकृत खनालले बताइन्।
शुक्रबार, माघ ४, २०८१
केयु र धुलिखेल अस्पतालबीचको विवाद समाधानउन्मुख, उपकुलपति छनोटको कार्यविधि संशोधनसहित पुन: सूचना जारी गर्ने
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार समितिमा विश्वविद्यालयबाट प्रा डा ऋषिकेश वाग्ले र प्रा डा मनोज हुमागाईँ तथा अस्पतालका तर्फबाट डा विराजमान कर्माचार्य र प्रा डा राजीव श्रेष्ठ रहेका छन्। समितिले नयाँ सम्झौताको मस्यौदा आगामी सिनेटमा प्रस्तुत गर्नेछ । सम्झौता नहुन्जेल दुवै संस्थाको दैनिक सञ्चालन सम्बन्धित सङ्कायका डीन र प्रशासकीय निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति पनि गठन भएको छ।
शुक्रबार, माघ ४, २०८१
सैफको शरीरबाट निकालियो साढे दुई ईन्चको चक्कुको टुक्रा, आइसियुबाट स्पेशल वार्डमा सारियो
उनी दुई मिलिमिटरले गम्भीर घाइते हुनुबाट जोगिएको चिकित्सकले बताएका छन्। यदि थप दुई मिलिमिटर चक्कु भित्र पसेको भए उनकझो स्पाइनल कर्डमै समस्या आउने चिकित्सकले बताएका छन्। उनलाई बुधबार राति घरमा घुसेर एक व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका थिए।
शुक्रबार, माघ ४, २०८१
अमेरिकामा एफडीएले जारी गर्यो अण्डामा सल्मोनेला जोखिमबारे आपतकालीन चेतावनी
एफडीएका अनुसार यी अण्डा खाँदा 'गम्भीर स्वास्थ्य जोखिम वा मृत्युसम्मको सम्भावना' हुन सक्ने बताइएको छ। कोस्टकोमा राखिएका उक्त अण्डामा जोखिम रहेको उल्लेख छ ।
शुक्रबार, माघ ४, २०८१
धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध
उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिएका छन् । कार्यपालिका बैठकले गरेको निर्णयानुसार एक महिनाभित्र सार्वजनिकस्थलबाट सुर्तीजन्य वस्तु पूर्ण रूपमा नहटाए जफत गरेर कानुनबमोजिम जरिवाना गरिने उनले बताए।
शुक्रबार, माघ ४, २०८१
छालामा निरन्तर दबाब र घर्षणले गराउनसक्छ 'पेटिकोट क्यान्सर'
सारी नेपाल जस्तो देशमा लोकप्रिय पहिरन हो। धेरै महिलाहरूले सारीलाई सुरक्षित राख्न पेटीकोटको डोरी प्रयोग गर्छन्। अक्सर, सारी स्थिर रहोस् र बारम्बार मिलाउन नपरोस् भनेर डोरी कस्सिएर बाँधिन्छ। तर, यो बानीले कम्मर वरिपरि छालामा निरन्तर दबाब र घर्षण सिर्जना गरेर 'फ्रिक्शन डर्माटाइटिस' सिर्जना गर्छ। पछि यसले मार्जोलिन्स अल्सर (पुरानो घाउ, जलेको ठाउँ, वा दीर्घकालीन चोट भएको क्षेत्रमा देखिने अल्सर) को रूप लिन्छ र छालाको क्यान्सरमा परिणत हुन सक्छ। जसलाई बोलिचालीको भाषामा 'पेटिकोट क्यान्सर' वा 'सारी क्यान्सर' पनि भनिन्छ।
शुक्रबार, माघ ४, २०८१
भारतका एक डाक्टरले गरे ३२ किमि टाढा बसेर टेलिरोबोटिक्स प्रबिधिबाट मुटुको शल्यक्रिया
केही मिनेट लामो शल्यक्रियामा डा पटेलले टेलिरोबोटिक्स प्रविधिको उपयोग गरे। रोबोटिक सिस्टम अपरेशन थिएटरमा राखिएको थियो र उनले उच्च गतिको इन्टरनेटको माध्यमबाट मन्दिरबाट उक्त प्रणालीलाई सञ्चालन गरे। मन्दिरबाट बटन चलाउँदै बिरामीको धमनी सफा गरी एक स्टेन्ट राखियो। शल्यक्रियाको दौरान, कुनै आपत्ति हुन सक्छ भनेर सो अस्पतालमा चिकित्सक र प्यारामेडिकल टिम उपस्थित थिए।
बिहीबार, माघ ३, २०८१
बन्द भएको ९ महिनापछि फेरि खुल्यो निदान अस्पताल
'२०६८ देखि बिरामीलाई सस्तो छिटो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस अस्पताल केही महिना आन्तरिक कारणले बन्द हुन पुग्दा त्यसले बिरामीहरुलाई पुगेको असुविधाका लागि क्षमा माग्दै पुन सञ्चालनमा आएको जानकारी गराउँछु', अस्पतालका मेडिकल डाइरेक्टर प्राडा ऋषिकेश नारायण श्रेष्ठले भने।
बिहीबार, माघ ३, २०८१
एक मात्राको डेढ लाख पर्ने पक्षघातको औषधि नि:शुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको निर्णय
थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गैरहेको पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन्। जुन औषधीको एउटा मात्राको मुल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । र, सहजै उपलब्ध नहुने भएकाले औषधी नपाएकै कारण धेरैको ज्यान गैरहेकाले मन्त्रालयले यस औषधीको प्राप्ति र सहज उपलब्ध गराउन पहल मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
बिहीबार, माघ ३, २०८१
एबटको आधुनिक र एकीकृत प्रयोगशाला निदान प्रणाली ‘एलिनिटी सिआई’ नेपालमा
प्रयोगशाला निदानका क्षेत्रमा विश्वमै प्रख्यात कम्पनी एबटको एलिनिटी सिआई सिरिज नेपाली बजारमा आएको छ। एबटको आधिकारिक ब्रिक्रेता नेपाली कम्पनी ल्याबलाइन ट्रेडर्स प्रालीले एलिनिटी सिआई सिरिज नेपाली बजारमा ल्याएको हो।
बिहीबार, माघ ३, २०८१
बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, खतरामुक्त रहेको चिकित्सकको भनाइ
अमर उजालामा छापिएको समाचारका अनुसार अबेर राति एक अज्ञात व्यक्ति सैफको घरमा छिरेको थिए। उनले अभिनेतामाथि छुराले आक्रमण गरे। आक्रमणमा सैफ अली खान घाइते भएको र उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ। उनको उपचार भइरहेको प्रहरीले बताएको छ।
बिहीबार, माघ ३, २०८१
प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन्।
बिहीबार, माघ ३, २०८१
पाँचखालमा मोतियाविन्दु पहिचान शिविर
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरिएको छ। नगरले आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा संयुक्तरुपमा नगरको ११ वटा वडामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरेको हो।
बिहीबार, माघ ३, २०८१
स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउन ‘डक्टर्स पिएमएस’ सञ्चालनमा
एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो।
बिहीबार, माघ ३, २०८१
नर्भिक अस्पतालद्वारा चन्द्रागिरि नगरपालिकालाई अत्यावश्यक औषधि सहयोग
यसै साता आयोजित एक कार्यक्रमबीच अस्पतालका प्रशासन प्रमुख विमल बोगटीले मेयर घनश्याम गिरीलाई औषधि हस्तान्तरण गरे। अस्पतालले मधुमेह, उच्च रक्तचाप तथा एन्टिबायोटिकलगायतका अत्यावश्यक औषधि सहयोग गरेको हो।
बिहीबार, माघ ३, २०८१
एचएमपिभीबारे अध्ययन गर्दै स्वास्थ्य मन्त्रालय
इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ । महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरले त्रिवि शिक्षण अस्पताल र कान्तिबाल अस्पतालमा आउने बिरामीको नमुना सङ्कलन गरेर अध्ययन गरिने बताए।
बिहीबार, माघ ३, २०८१
चिकित्साका विभिन्न विषयमा आईओएममा एकवर्षे फेलोसिपका लागि भर्ना खुल्यो
संस्थान अन्तर्गतका शिक्षण अस्पतालहरूमा सञ्चालन गरिने क्लिनिकल फेलोशिप कार्यक्रमहरूका लागि भर्ना आह्वान गरिएको हो। प्रवेश परीक्षा माघ २७ गते बिहान १० देखि १२ बजेसम्म हुनेछ। इच्छुक उम्मेदवारहरूले यस अध्ययन संस्थानको www.iom.edu.np/ clinicalfellowship / public मार्फत रु ५००० दस्तुर सहित आवेदन फाराम बुझाउन भनिएको छ। आवेदनमिति पुस ३ गतेदेखि मात्र १७ गतेसम्म तोकिएको छ।
बिहीबार, माघ ३, २०८१
तनहुँमा ४ सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित, समाजको डरका कारण अझै पनि खुल्न समस्या
एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको बताए। 'समाजले गर्ने अवहेलनाका कारण एचआइभी सङ्क्रमित खुलेर बाहिर आउन सकेका छैनन्,' उनलेे भने, 'संस्थाले यस्तालाई सहजीकरणको काम गरिरहेको छ । नजिकको अस्पतालमा उपचारका लागि गएका बेला अरूले देखेमा समस्या हुन्छ भनेर एचआइभी सङ्क्रमित त्रासमा छन् । कतिपय त रोग लुकाएर बस्न बाध्य छन्, यो राम्रो होइन।'
बिहीबार, माघ ३, २०८१
पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त आज हुँदै
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी’ (एमडि/एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए।
बिहीबार, माघ ३, २०८१
यी हुन् केयूको उपकुलपतिका लागि आवेदन दिने १६ जना
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १६ जनाको आवेदन स्वीकृत भएको छ। उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका थिए। जसमध्ये एक जनाको आवेदन भने अस्वीकृत भएको छ।
बुधबार, माघ २, २०८१
स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र निर्देशकको मापदण्ड हेरफेर गर्दै सरकार
उनका अनुसार संसोधनका लागि ड्राफ्ट सम्बन्धित निकायमा पुगिसकेको छ। त्यो स्वीकृत भएर आएपछि प्रक्रिया अघि बढ्नेछ। 'निर्देशक नियुक्ति लोकसेवा खुलाएर स्वास्थ्य मन्त्रालयले गर्ने प्रावधान छ । अझै एक-डेढ महिना लाग्न सक्ला', उनले भने। बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन दिएका मध्येबाट सर्टलिष्टमा पर्नेमध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले कार्यकारी निर्देशकमा नियुक्ति गर्ने व्यवस्था छ। अध्यक्ष नियुक्ति मन्त्रीपरिषद्ले नै गर्छ।
बुधबार, माघ २, २०८१
के बिहान मात्र कफी पिउनु मुटुका लागि राम्रो हो?
'मानव स्वास्थ्यमा कफी पिउनुको प्रभावको बारेमा थुप्रै अध्ययनहरू छन् तर यी सबै अघिल्लो अध्ययनहरूले मात्र कफीको सेवनको मात्रालाई परीक्षण गरेका छन्,' ट्युलन विश्वविद्यालयको सेलिया स्कट वेदरहेड स्कूल अफ पब्लिक हेल्थ एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर र एचसीए रेजेन्ट्स डिस्टिंग्विश्ड चेर डा. लु क्वीले भने, 'हालसम्म कुनै अध्ययनले कफी पिउने समयको प्रभावको अनुसन्धान गरेको छैन।'
बुधबार, माघ २, २०८१
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ४३ जना दीक्षित हुने
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी’ (एमडि/एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए।
बुधबार, माघ २, २०८१
४३ जना डाक्टर सम्मिलित सर्वेक्षणको नतिजा : सबै जनाको सोच विदेश जाने
हालै मन्त्रालयलाई बुझाइएको प्रतिवेदनमा भूमिकामा विदेशिने चिकित्सक बढेको उल्लेख छ। उक्त प्रतिवेदनमा भनिएको छ, 'हामीले महाराजगन्ज मेडिकल क्याम्पसका २०२२ मा एमबिबिएस उत्तीर्ण गरेका मध्य ४३ विद्यार्थीसँग गरेको सर्वेक्षणमा १०० प्रतिशत विद्यार्थीले विदेश जाने सोच बनाएको उत्तर दिएका थिए।'
बुधबार, माघ २, २०८१
वरिष्ठ मुटुरोग विशेषज्ञ डा कोजुको ‘मुटुको कथा’ सार्वजनिक
कोजुले आफूले मुटुरोगको उपचारमा हासिल गरेको ज्ञान र त्यसको प्रयोगका क्रममा बटुलेको अनुभव पुस्तकमा समेटेको बताए। उनले भने, 'आफूले बुझेको कुरा अरुलाई बुझाउन लेख्न थालें। त्यसको प्रतिक्रिया राम्रो आउँदा विभिन्न सञ्चारमाध्यमका लागि लेखें। साथीभाइले हौस्याउनुभयो। अहिले पुस्तकका रुपमा आएको छ।'
बुधबार, माघ २, २०८१
Previous
70
71
72
73
74
Next
सर्च गर्नुहोस्
×
Search