काठमाडौं- प्रयोगशाला निदानका क्षेत्रमा विश्वमै प्रख्यात कम्पनी एबटको एलिनिटी सिआई सिरिज नेपाली बजारमा आएको छ। एबटको आधाकारिक ब्रिक्रेता नेपाली कम्पनी ल्याबलाइन ट्रेडर्स प्रालीले एलिनिटी सिआई सिरिज नेपाली बजारमा ल्याएको हो।
ल्याबलाइनकी डिरेक्टर अप्सरा तिमल्सिनाका अनुसार एबटको एलिनिटी सिआई सिरिज एक आधुनिक र एकीकृत प्रयोगशाला निदान प्रणाली हो जसले क्लिनिकल केमिस्ट्री र इम्युनोएसे परीक्षणहरूलाई एउटै प्लेटफर्ममा समेट्छ। ‘दुई वटा परीक्षण प्लेटफर्मलाई एकीकृत गरेर ल्याइएको हो,’ उनले भनिन्, ‘त्यसैले यसको नाममा केमिस्ट्रीको सि र इम्युनोएसेको आई राखेर सिरिजको नामाकरण गरिएको छ।’
उनका अनुसार नयाँ सिरिजले प्रयोगशालाहरूमा कामलाइ सरल बनाउन, क्षमता बढाउन र ठाउँको बचत गर्न मद्दत गर्दछ। ‘यो प्रणाली ठूला अस्पतालहरू र प्रयोगशालाहरूका लागि डिजाइन गरिएको हो जहाँ धेरै परीक्षणहरू दैनिक रूपमा गरिन्छ,’ भनिन्।
उनले यो उपकरणको सहायताबाट आम मानिसले बुझ्ने थाइराइड, सुगर जाँचदेखि क्यान्सर र मुटु रोगको पहिचानसम्मका परीक्षणहरु सहज र छिटो छरितो रुपमा हुने जानकारी दिइन्। ‘केमेस्ट्री अन्तरगत कार्डियाक, प्रोटिन्स, टक्सिकोलोजी, औषधिसँग सम्बन्धित परीक्षणदेखि इम्युनोएसेमा अंकोलोजी, फर्टिलिटी, कार्डियाक, हेपाटाइटिस, मेटाबोलिक, प्रत्यारोपणसँग सम्बन्धित परीक्षणहरु यो मेसिनबाट हुन्छ,’ तिमल्सिनाले भनिन्।
ल्याबलाइनका म्यानेजिङ डिरेक्टर फणिन्द्र गिरीका अनुसार एलिनिटी सिआई सिरिज मुख्यत: एकीकृत प्रणाली, उच्च क्षमता, प्रयोगकर्ता मैत्री इन्टरफेस, मनवीय त्रुटी कम हुने स्वचालित र फेल्कजिबिलिटी विशेषता भएको उपकरण हो। ‘यो उपकरण एक शक्तिशाली र कुशल प्रयोगशाला निदान प्रणाली हो जसले प्रयोगशालाको कमलाइ व्यवस्थित गर्न, क्षमता बढाउन र बिरामीको सेवामा सुधार ल्याउन मद्दत गर्दछ,’ उनले भने।
डाइरेक्टर तिमल्सिनाका अनुसार यसअघि एबटको एकीकृत प्रणाली अन्तर्गत आर्किटेक्ट सिस्टम थियो। त्यसमा पनि आई र सि एकीकृत थियो। तर अहिले आएको सिआई सिरिज भने त्यो भन्दा पनि थप आधुनिक हो। यो सिरिजमा आई र सिलाई आवश्यकता अनुसार थप्दै जान मिल्छ। सिआईमा अरु सि र अरु आई थप्दै लैजान सकिन्छ।
उनका अनुसार आर्किटेक्ट भन्दा एलिनिटीको परीक्षण क्षमता बढी हुनुका साथै सेन्सरमा आधारित प्रणाली हो। सेन्सर प्रणाली हुँदा म्यानुअल्ली हुने त्रुटीहरु हुनबाट आर्किटेक्ट प्रणालीले धेरै नै जोगाउने गर्छ। ‘यसमा प्रयोगशालामा हुने सबै परीक्षण र डिभिजनलाई एउटै ट्र्याकमा राखेर एउटै स्याम्पलबाट सबै परीक्षणहरु निकाल्न सिजलो हुन्छ। जसले गर्दा समय, जनशक्ति र बत्ती तथा पानीको खर्च समेत धेरै जोगिन्छ,’ उनले भनिन्, ‘यो सिस्टम प्रयोग गर्न सजिलो र प्रभावकारी छ। नतिजा पनि समयमा नै हुन्छ।’
एलिनिटी सिआई उपकरण अहिले वीर अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालनमा ल्याइएको छ।
ल्याबलाइनले एलिनिटी सिआई सिरिजका विषयमा नेपाली चिकित्सक तथा प्रयोगशाला क्षेत्रका जनशक्तिलाई एक कार्यक्रमको आयोजना गरि जानकारी समेत दिएको छ। ल्याबलाइनले निदानका क्षेत्रमा आविष्कार विषयमा निरन्तर चिकित्सा शिक्षा (सिएमइ) आयोजना गर्दै एलिनिटी सिआई सिरिजका विषयमा जानकारी दिएको हो।
सिएमइ कार्यक्रममा क्यान्सर र मुटुका क्षेत्रमा आएका नविनतम बायोमार्करहरु र ल्याब अटोमेसन: द वे फर्वार्ड एन्ड डिजिटल हेल्थ सोलुसन विषयमा छलफल भएको थियो। कार्यक्रममा डा सुदिप श्रेष्ठ, डा केयूर गौतम, डा जगन्नाथन सिकेन, डा टिना जुविन, सारिका सिंह, विवेक सिंह र सुमित नायकले प्रस्तुति दिएका थिए।