काठमाडौं- किस्ट शिक्षण अस्पताल तनावग्रस्त छ। बिरामीको मृत्युलाई लिएर आफन्तहरुले नाराबाजी र तोडफोडमा उत्रिएपछि तनाव सिर्जना भएको हो।
मृतकका आफन्त तोडफोडमा उत्रिएपछि प्रहरी परिचालन गरिएको छ। प्रहरीले बल प्रयोग गरेर भिड तितरबितर पार्ने प्रयास गरेको छ।
अहिले अस्पतालको सबैतिर प्रहरीले घेरा हालेको छ।
कात्तिक ७ गतेको घटनालाई लिएर उनका आफन्तले आन्दोलन गरेका हुन्। उनीहरुले अस्पतालको लापर्वाहीले गर्भवतीको ज्यान गएको आरोप लगाएका छन्।
आक्रोशित आफन्तहरूले आइतबार पनि अस्पतालमा सामान्य तोडफोडसमेत गरेका थिए। अस्पतालले भने उपचारका क्रममा मृत्यु भएको जनाएको छ।