काठमाडौं - सुत्केरीको मृत्युपछि ललितपुरस्थित किष्ट अस्पताल तनावग्रस्त बनेको छ । लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।
बाक्लो सुरक्षाकर्मीको उपस्थितिबीच ढुंगामुढा प्रहार गर्नुका साथै अस्पतालको गेट तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ।
सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।
हेर्नुहोस् भिडियो :