मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक १४, २०८२
Fri, Oct 31, 2025
शुक्रबार, कात्तिक १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
‘गर्भावस्था र प्रसूति’पछिको मानसिक स्वास्थ्य समस्या
हाल नेपालमा प्रति १० लाख जनसंख्याको अनुपातमा औसतमा २ भन्दा कम मनोचिकित्सक उपलब्ध छन्। ग्रामीण क्षेत्रमा यो समस्या अझ गम्भीर छ, जहाँ महिलाहरूले मानसिक स्वास्थ्य सेवाको पहुँचसमेत पाउँदैनन्। यस लेख मार्फत् गर्भावस्था र प्रसूतिपछिको मानसिक स्वास्थ्यका चुनौतीहरू, हर्मोनल परिवर्तनका प्रभावहरू र समाधानका उपायहरूबारे प्रकाश पार्दैछु ।
बुधबार, माघ ९, २०८१
ट्रम्पको निर्णयपछि डब्लुएचओले दु:ख व्यक्त गर्दै भन्यो- अमेरिकासँगको सहकार्यको निरन्तरता चाहन्छौं
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त राज्य अमेरिकाले संगठनबाट बाहिरिने निर्णय लिएको घोषणा प्रति गहिरो दुःख व्यक्त गरेको छ। संगठनले मंगलबार सार्वजनिक सूचना निकाल्दै अमेरिकालाई सहकार्यको निरन्तरता चाहेको जानकारी पनि दिएको छ।
मंगलबार, माघ ८, २०८१
ट्रम्पले डब्लुएचओबाट बाहिरिने निर्णय गरेपछि चर्कियो आलोचना
सन् २०२० मा ट्रम्पले पहिलो पटक डब्लुएचओबाट अमेरिका हटाउने निर्णय गर्दा दुबै दलका सांसदहरूले उक्त संस्थाप्रति आलोचना गरेका थिए। तर, विश्वव्यापी महामारीको समयमा यस्तो निर्णय गर्नु 'निरर्थक कार्य' भएको भन्दै धेरैले विरोध जनाएका थिए। त्यतिबेला तत्कालीन सभामुख न्यान्सी पेलोसीले ट्रम्पको निर्णयलाई 'पूर्णत: मूर्खतापूर्ण' भनेकी थिइन्। त्यस्तै, सेवानिवृत्त रिपब्लिकन सिनेटर लामार एलेक्जेन्डरले पनि ट्रम्पको कदम असहमतिपूर्ण रहेको बताएका थिए।
मंगलबार, माघ ८, २०८१
टिचिङको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन माग, यी कागजपत्र पेश गर्नुपर्ने
कार्यकारी निर्देशकका लागि आवेदन दिनेले विभिन्न कागजपत्रहरु पेश गर्न पनि समितिले भनेको छ। जसमा व्यक्तिगत विवरणदेखि कार्यक्षमता प्रदर्शन गर्ने दक्षता र अनुभवका प्रमाणित आधारहरुसम्म पेश गर्नुपर्ने विषय रहेका छन्।
मंगलबार, माघ ८, २०८१
गण्डकी प्रदेश सचिवको जिम्मेवारी डा बगालेलाई
डा बगालेले यसअघि रत्ननगर र भरतपुर अस्पतालको मेसुका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्। बालरोग विशेषज्ञ डा बगाले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै त्यसलाज्ञ बलियो बनाउने कार्यमा सक्रियमध्ये एक हुन्। उक्त जिम्मेवारी प्राप्त गरेसँगै उनले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई बलियो बनाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार, माघ ८, २०८१
भर्खरै जन्मेको बच्चामा हुन सक्ने समस्या र उपचार
भर्खरै जन्मेका बच्चालाई न्यानो बनाउने साथै आद्रतालाई समेत सन्तुलनमा राखेर उपचार गरिन्छ। उक्त उपकरणलाई (इन्कोभेटर) समेत भन्ने गरिन्छ। महिना र तौल कम भएको बच्चालाई उक्त उपकरणमा राखेर उपचार गरिँदै आएको छ। यसका अलावा रेडियन्ट वार्मर (बच्चालाई न्यानो बनाएर राख्ने मेसिन) मा समेत राखेर उपचार गरिँदै आएका छौँ। जन्डिस भएका बच्चालाई फोटो थेरापी मेसिनमा राखेर उपचार गर्दै आएका छौँ। त्योबाहेक भेन्टिलेटर, सि प्याप, हाइफ्लो नेजल क्यानोलाबाट उपचार गरिन्छ। श्वासप्रश्वासमा गाह्रो भएका बच्चालाई समेत उपचार गछौँ।
मंगलबार, माघ ८, २०८१
सवारी दुर्घटनामा मधेशका स्वास्थ्यमन्त्री सिंह घाइते, छानबिन समिति गठन
सोमबार राति करिब साढे ९ बजे रामानन्द चोकमा मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडीमा प्र ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको बताइएको छ। दुर्घटनामा घाइते मन्त्री सिंहको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ।
मंगलबार, माघ ८, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा डब्ल्युएचओबाट बाहिरिने प्रक्रिया सुरु गर्ने निर्णयमा हस्ताक्षर
यस कार्यकारी आदेशले अमेरिका औपचारिक रूपमा डब्ल्यूएचओबाट बाहिरिने सम्भावनालाई अझ बलियो बनाएको छ। ट्रम्पले अमेरिका डब्ल्यूएचओबाट अमेरिका बाहिरिन निर्देशन गरेको यो दोस्रोपल्ट हो। उनले कोभिड-१९ को व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कोभिड १९ महामारीको समयमा बाहिरिने प्रक्रिया सुरु गरेका थिए। तर, पछि राष्ट्रपति जो बाइडेनले उक्त निर्णय उल्टाएका थिए।
मंगलबार, माघ ८, २०८१
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
गंगाजलको जैविक गुणले पवित्रताको भावना मात्र नभई वैज्ञानिक दृष्टिले स्वास्थ्य र शुद्धता प्रदान गर्दछ। गंगा, यमुना र सरस्वतीको यो पवित्र संगममा स्नान गर्नु धार्मिक दृष्टिकोणले मात्र नभइ बैज्ञानिक दृष्टिकोणबाट समेत महत्वपूर्ण छ।
मंगलबार, माघ ८, २०८१
निजी मेडिकल कलेजको प्रस्ताव: पिजी नि:शुल्क पढाउने, निर्वाह भत्ता ४८ हजार दिने, दुई वर्ष बोन्डिङ
प्रधानमन्त्री केपी शर्मा ओलीसहित गत साता भएको छलफलमा 'एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज'का अध्यक्ष डा ज्ञानेन्द्र कार्कीले निजी मेडिकल कलेजका तर्फबाट विभिन्न प्रस्तावहरु गरेका थिए। जसमध्ये एउटा प्रस्तावमा भने प्रधानमन्त्रीसहित अन्य सरोकारवालाहरु सकारात्मक देखिएका छन्।
सोमबार, माघ ७, २०८१
स्वास्थ्य बीमा सुधार प्रतिवेदन कार्यान्वयन गर्न कार्यदल गठन, एक साताभित्र कार्ययोजना मन्त्रिपरिषद लगिने
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रतिवेदन कार्यान्वयनमा लैजान एक कार्यदलले गठन गरेका छन्। मन्त्री पौडेलले मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदल गठन गरेका हुन्। कार्यदलमा मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा, डा अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य सचिव छन्।
सोमबार, माघ ७, २०८१
गर्भावस्थामा भिडियो एक्स-रे कहिले र किन ?
ढिलो विवाह गर्ने र आफ्नो वा श्रीमानको उमेर ढल्केपछि गर्भवतीहरुका लागि हुने महिलाहरुका लागि यो भिडियो एक्स-रे एकदमै महत्वपूर्ण हुन्छ । यो भिडियो एक्स-रे र दोहोर मार्कर परीक्षणलाई जोड्दा क्रोमोसोमल असमान्यताको स्थिति जस्तै डाउन सिन्ड्रोम भए/नभएको समेत अनुमान गर्न सकिन्छ ।
सोमबार, माघ ७, २०८१
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
तपाईंको आफन्तको मन्जुरी पाउने बित्तिकै क्याथल्याबमा कार्यरत कर्मचारी सबै एकाएक जाग्छन्। यस्तो लाग्छ कि अर्कै उर्जाले दौडाउँछ। रेडियोग्राफर, नर्सिङ स्टाफ, कार्यालय सहयोगी सबैजना सरसामान जुटाएर तम्तयार बसेका हुन्छन्। साथमा चिकित्सकको तीनजनाको टोली पनि एकआपसमा सम्पर्क गरेर तयार भइसकेका हुन्छन्। जसमा जिम्मेवार व्यक्तिको रुपमा त्यस्तो हृदयघातलाई उपचार गर्न एकजना अनुभवी कार्डियोलोजिस्ट चौबिसै घन्टा तैनाथ बसेका हुन्छन् । खबर प्राप्त भएको ५ मिनेट नबित्दै उपचारको लागि हाजिर हुने ती अनुभवी चिकित्सकप्रति विशेष सम्मान गर्नैपर्छ। साथमा दुईजना अरु चिकित्सक पनि क्याथ ल्याबमै हुन्छन्। यो प्रक्रियामा ढिलो हुने कुनै ठाउँ नै छैन। तपाईं सामान्य भुइँमान्छे भएपनि वा कुनै विशिष्ट व्यक्ति भएपनि चिकित्सक, नर्सिङ, कार्यालय सहयोगी सबै त्यसैगरी तुरन्तै खटिने गर्छन् । यो सबैजनाको दैनिकी हो । बानी हो । तर सो कार्यको लागि अतिरिक्त सुविधा भने कसैले पाउँदैनन्।
सोमबार, माघ ७, २०८१
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा पण्डित
प्रतिष्ठानका सहकुलपति समेत रहेका मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले डा पण्डितलाई शिक्षाध्यक्षमा नियुक्त गरेका हुन्। प्रतिष्ठानमा लामो समयदेखि शिक्षाध्यक्ष पद रिक्त थियो।
सोमबार, माघ ७, २०८१
बच्चाहरूमा कलेजो रोगका प्रारम्भिक संकेतहरू
बच्चाहरूको स्वास्थ्यप्रति सचेत रहनु अभिभावकहरूको जिम्मेवारी हो। कलेजोका प्रारम्भिक समस्याहरूलाई समयमै पहिचान गरी उपचार गरेमा दीर्घकालीन स्वास्थ्य समस्या टार्न सकिन्छ। यदि माथि उल्लेखित लक्षणहरू बच्चामा देखिन्छन् भने तुरुन्त विशेषज्ञसँग सम्पर्क गर्नुहोस्।
सोमबार, माघ ७, २०८१
किन बडी मास इन्डेक्स मोटोपन मापनको लागि पर्याप्त छैन?
नयाँ अध्ययनले बीएमआईका सीमितताहरूलाई हटाउन अन्य उपायहरू पनि समावेश गरेको छ। यसले अतिरिक्त बोसोको मात्रा, व्यक्तिगत स्वास्थ्य लक्षणहरू र अन्य शारीरिक संकेतहरूलाई पनि समावेश गरेको छ। यस विधिले मोटोपनको परिभाषा र निदानमा सुधार ल्याउन मद्दत गर्नेछ। साथै, परम्परागत विधिहरूको समस्याहरू समाधान गर्ने लक्ष्य लिएको छ, जसले गर्दा मोटोपन भएका मानिसहरूले आवश्यक उपचार तथा सहयोग प्राप्त गर्न सकुन्।
सोमबार, माघ ७, २०८१
महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखका लागि आवेदन माग
महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखका लागि आवेदन माग गरिएको छ। चिकित्सा शिक्षा अध्ययन संस्थान डिन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आवेदन मागेको हो। क्याम्पस प्रमुख छनोट समितका अनुसार आगामी माघ १४ गतेभित्र आवेदन दिन भनिएको छ।
सोमबार, माघ ७, २०८१
म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ। रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ।
आइतबार, माघ ६, २०८१
जिल्ला अस्पताल अछाममा कम्बल वितरण
स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमिति अछामले जिल्ला अस्पतालका बिरामीलाई तातो कम्बल र तन्ना वितरण गरेको छ। जिल्ला अस्पतालमा तातो कम्बल ४० थान, तन्ना ५० थान र सिरानी ५० थान उपलब्ध गराइएको स्कुल अफ डेमोक्रेसीका सचिव बम स्वाँरले जानकारी दिए।
आइतबार, माघ ६, २०८१
रामेछाप: दोरम्बा शैलुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
शिविरमा गाउँपालिकाको वडा नम्ब् ३, ४, ५, ६, ७ र सुनपाथी गाउँपालिकाका केही स्थानीयले सेवा लिएका छन्। पिक एन्डेभोर नेपाल ट्रेक प्रालि, अप हिल बोथ वेज एजुकेशन एण्ड रिलीफ फाउन्डेशन क्यानडा, लेथब्रिज रोटरी क्लब क्यानडा र सिद्धी मेमोरियल अस्पताल भक्तपुरको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो।
आइतबार, माघ ६, २०८१
दीर्घकालीन दुखाइ व्यवस्थापन र उपचार सम्बन्धी एक दिने सम्मेलन सम्पन्न
भारत लगायतका देशहरुका चिकित्सकको सहभागितामा शनिबार उक्त सम्मेलन सम्पन्न भएको हो। करिब ७० देखी ८० दुखाइ विशेषज्ञहरु सम्मेलनमा सहभागी थिए। भारतका दुखाइ विशेषज्ञहरुले त्यहाँको उचार प्रविधिका विषयमा जानकारी र अनुभव साटेका थिए।
आइतबार, माघ ६, २०८१
स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न स्वास्थ्यमन्त्री पौडेललाई प्रधानमन्त्री ओलीको निर्देशन
सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताउनुुभयो । उहाँले कार्यदलबाट स्वास्थ्य बिमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यावहारिक हुनेगरी कार्यक्रमलाई एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भन्नुभएको हो ।
आइतबार, माघ ६, २०८१
सिसी र चक्की भिटामिनको भ्रम
भिटामिन मानव शरीरको लागि एकदमै नभई नहुने तत्व हो । त्यस शब्दको उत्पत्ति नै ल्याटिनको भाइटल (अत्यन्त आवश्यक) शब्दबाट भएको हो । भिटामिन मानव शरीरलाई अत्यन्त कममात्रामा चाहिन्छ भन्ने त सबैलाई थाहा छ तर यो हामीले दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कुराचाहिँ कमैलाई थाहा छ । त्यसैले त उनीहरु त्यसको पूर्ति हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलहरुले हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान गएको पाइन्छ ।
आइतबार, माघ ६, २०८१
नयाँ अध्ययन: महिलामा क्यान्सर बढ्दै, पुरुषमा घट्दै
'१० वर्षअघि हामी क्यान्सर वा त खराब जीनका कारण वा भाग्यको खेल ठान्थ्यौं। तर अहिले हामीलाई थाहा छ कि करिब ५० प्रतिशत क्यान्सर जीवनशैलीसँग सम्बन्धित छन्,' डा कमल भन्छन्, 'मोटोपनसँग सम्बन्धित १३ विभिन्न प्रकारका क्यान्सरहरू छन्। रक्सी सेवनसँग सम्बन्धित ७ विभिन्न प्रकारका क्यान्सरहरू छन्।'
आइतबार, माघ ६, २०८१
विराटनगर -४ मा नि:शुल्क सुगर प्रेसर रोग सम्बन्धी स्वास्थ्य शिविर
विराटनगर ४ स्थित आधारभूत स्वास्थ्य चौकी इकराहिमा एक दिने नि:शुल्क सुगर प्रेसर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेप्लिज सोसाइटी फर प्राइमरी तथा विराट हेल्थ कोर्पसको आयोजना तथा चौतारी हेल्थकेयर सर्भिसेज को प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।
आइतबार, माघ ६, २०८१
गुणस्तरीय ल्याब परीक्षण तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनबारे दिइयो तालिम
प्रशिक्षकको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुशील पण्डितले ल्याब परिक्षणमा क्वालिटी कन्ट्रोलका विषयमा जानकारी दिएका थिए। प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका शंकर शाहीले रि-एजेन्ट/ किटहरुको प्रयोग तथा फाइदा, फोहोर ब्यवस्थापन सम्बन्धी एन एण्ड एन कम्पनीका प्रशिक्षक न्युटन झा/ चन्दा ठाकुर र ल्याब मेसिन उपकरणको क्यालिब्रेसन सम्बन्धी बयोमेडिकल पंकज कुमार झाले तालिम सञ्चालन गरेका थिए।
आइतबार, माघ ६, २०८१
कलकत्ताको अस्पतालमा रेसिडेन्ट डाक्टर बलात्कारको घटनामा रोय दोषी ठहर
रोयलाई जेलको भ्यानले अदालतमा ल्याएको थियो । अदालतमा ल्याउँदै गर्दा प्रदर्शनकारीको भीडले उहाँविरूद्ध नाराबाजी गर्दै आक्रमण प्रयास गरेपछि प्रहरी अधिकारीहरूले रोकेका थिए । रोयप्रति आक्रोश व्यक्त गर्न भेला भएका प्रदर्शनकारीले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए।
आइतबार, माघ ६, २०८१
निर्देशक दीपेन्द्र लामाले बनाए यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’
निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताए। चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उहाँको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताए।
आइतबार, माघ ६, २०८१
युरिक एसिडका बिरामीले कस्ता खानेकुरा खाने?
युरिक एसिडले विशेषगरी गोडाको बुढीऔंलाको भागलाई दुख दिन्छ। जसले उक्त जोर्नीलाई रातो बनाउने तथा सुन्नाउने गर्छ। यसका कारण करिब १ सातासम्म धेरै नै कठिन गराउँछ, यो क्रम पुनः दोहोरिन्छ। यसका साथै युरिक एसिडले शरीरको सबै भागका जोर्नीहरुलाई दुखाउन सक्दछ। युरिक एसिडले मिर्गौलामा पत्थरी समेत गराउन सक्छ।
आइतबार, माघ ६, २०८१
कलाकार र गर्भावस्था : माधुरीलाई शर्त 'नो प्रेग्नेन्सी', ऐश्यर्या फिल्मबाटै आउट, करिनाको पर्खाइ
फिल्म ‘खलनायक'को सुटिङका क्रममा सुभाष घईलाई लाग्यो- सुटिङकै क्रममा यदि माधुरी दिक्षिले विवाह गरेर गर्भवती भइन् भने ? यदि त्यसो भयो भने माधुरी फिल्म बीचमा छाडेर जानेछिन्।
शनिबार, माघ ५, २०८१
Previous
69
70
71
72
73
Next
सर्च गर्नुहोस्
×
Search