मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य मन्त्री शर्मा र इजरायली राजदूत बासबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल
भेटका क्रममा नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रमा भइरहेको तथा भविष्यमा हुन सक्ने द्विपक्षीय सहयोगका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। दुवै पक्षले स्वास्थ्य सेवा प्रणाली सुदृढीकरण, प्राविधिक सहयोग तथा अनुभव आदान–प्रदानका सम्भावनाबारे विचार–विमर्श गरेका थिए।
बुधबार, पुस २३, २०८२
ओएनएम सर्वेक्षणमा दन्त सेवातर्फको दरबन्दी वृद्धि गरिदिन नेपाल डेन्टल एसोसिएसनको माग
एसोसिएसनका महासचिव डा. प्रदीप भण्डारी र सदस्य डा भुमेश काफ्लेले मन्त्रालयका सह–सचिवलाई बुझाएको निवेदनमा हाल नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डेन्टल सर्जनको संख्या ६ हजारभन्दा बढी र एमडीएस उत्तीर्ण दन्त विशेषज्ञ १ हजारभन्दा बढी पुगेको उल्लेख गरिएको छ। यति ठूलो र दक्ष जनशक्ति उपलब्ध हुँदाहुँदै पनि सरकारी स्वास्थ्य सेवामा दन्त क्षेत्रको पर्याप्त दरबन्दी नहुँदा दन्त चिकित्सकहरू पेशागत समस्यामा परेको एसोसिएसनको भनाइ छ।
बुधबार, पुस २३, २०८२
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमाथि दुर्व्यवहार, आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय
घटनापछि कर्मचारीको मनोबल कमजोर बनेको जनाउँदै अस्पतालले पुस २४ गतेदेखि आकस्मिक सेवा बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति अस्पताल विकास समिति क्षमाप्रार्थी रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ।
बुधबार, पुस २३, २०८२
दुई चिकित्सकले देखाए नैतिकता : डा. रामजी राम र डा. त्रिशला गुरुङले लिए समानुपातिकबाट नाम फिर्ता
समानुपातिक प्रतिनिधित्वमार्फत सांसद बन्ने अवसर पाउँदा पनि दुई चिकित्सकले स्वेच्छाले आफ्नो नाम फिर्ता लिँदै राजनीतिक नैतिकता र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेका छन्। उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) बाट सिफारिस भएका डा. रामजी राम र डा. त्रिशला गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत समानुपातिक बन्द सूचीबाट बाहिरिने निर्णय सार्वजनिक गरेका हुन्।
बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि डा. यसोदा रिजाललाई निलम्बन गर्ने अजेन्डा मेडिकल काउन्सिलको फुलहाउस बैठकमा प्रस्तुत हुँदै
अदालतबाट झुटा प्रमाण बनाएको अभियोगमा दोषी ठहर भइसकेकी डा. रिजालमाथि कारबाही गर्न काउन्सिलले लामो समय ढिलाइ गरेको पीडितको आरोप छ। साथै उनीमाथिको मुद्दा अदालतमा विचाराधीन रहेको समयमा अमेरिका जानका लागि 'गुड स्ट्यान्डिङ सर्टिफिकेट' समेत जारी गरिएकाले काउन्सिल जोगाउन लागिपरेको पीडित पक्षको बुझाइ छ।
बुधबार, पुस २३, २०८२
एक अमानवीय यथार्थ: मानसिक रोगीहरूलाई बाँध्ने प्रथा र समाधानका बाटो
मानसिक रोग कलंक होइन, एक चिकित्सकीय अवस्था हो। बाँध्ने र थुन्ने प्रथाले बिरामीको अवस्थालाई मात्र बिगार्छ, समाधान गर्दैन। सबैको सहयोग, जागरूकता र सेवाको पहुँच नै यस अमानवीय प्रथालाई अन्त्य गर्ने मूल आधार हो। आउनुहोस्, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिऔं, र मानवीय गरिमाको साथ उपचारको बाटो खोलौं।
बुधबार, पुस २३, २०८२
माघ १६ देखि धरानमा नेपाली मेडिकल विद्यार्थीहरूको भेला
मंगलबार, पुस २२, २०८२
एक वर्षभित्र कान्ति बाल अस्पतालमा साढे २ लाख बढीले लिए सेवा
गत आर्थिक वर्षमा आकस्मिक उपचार सेवा तर्फ ५४ हजार ९९४ र ओपिडीमा १ लाख ६८ हजार ९४३ जनाले सेवा लिएको अस्पतालले जनाएको छ।
मंगलबार, पुस २२, २०८२
कान्ति बाल अस्पताललाई ९ सय शय्यामा विस्तार गर्न पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता
मन्त्री शर्माले ९ सय शय्याको अत्याधुनिक स्वास्थ्य संस्थाको रुपमा विस्तार गर्न नीतिगत पहल गर्ने बताएकी हुन्।
मंगलबार, पुस २२, २०८२
कोशी प्रदेशमा मन्त्री परिषद् हेरफेर, मान बहादुर लिम्बु स्वास्थ्य मन्त्री
मंगलबार, पुस २२, २०८२
भुक्तानी समस्याबारे बीमा बोर्डको प्रतिप्रश्न : प्रिमियम बढाउने कि सेवा घटाउने वा राज्यले भरथेग गर्ने ?
बबरमहलस्थित स्वास्थ्य बीमा बोर्डमा आयोजित प्रेस मिटमा पत्रकारको प्रश्नको जवाफ दिँदै बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बोर्डले आफ्नो संस्थागत क्षमताभन्दा धेरै दायित्व बोक्नुपर्दा अहिलेको संकट आएको स्पष्ट पारे।
मंगलबार, पुस २२, २०८२
डाक्टरहरुको 'अस्थायी दर्ता' हटाउने निर्णय, नियमावली संशोधनका लागि मन्त्रालयलाई पत्राचार
काउन्सिलको गत मंसिर ३ गते बसेको पूर्ण बैठकले नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ को परिच्छेद २ को नियम ५ मा अस्थायी दर्ताको व्यवस्था रहेको हुँदा चिकित्सकहरुको अस्थायी दर्ता हटाउने प्रक्रियाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो।
मंगलबार, पुस २२, २०८२
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिस्ट्रारमा खेमराज जोशी नियुक्त
सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको रजिस्ट्रार पदमा खेमराज जोशी नियुक्त भएका छन्। जोशीले यसअघि पोखरा विश्वविद्यालयमा डिनको जिम्मेवारीमा सम्हालिसकेका छन्। मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सिनेट बैठकले जोशीलाई रजिष्ट्रार नियुक्त गरेको हो।
मंगलबार, पुस २२, २०८२
स्वास्थ्य व्यवसायी परिषद्लाई विभिन्न ५ संगठनको २४ घण्टे अल्टिमेटम
उक्त अल्टिमेटममा पनि आफ्ना माग सुनुवाई नभए तालाबन्दी, घेराउ, काममा अवरोध, रिले अनशन सहितका कार्यक्रमहरु ल्याउन बाध्य हुने उनीहरुले चेतावनी दिएका छन्।
मंगलबार, पुस २२, २०८२
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा डा सुनिल कुमार जोशी नियुक्त
उपकुलपतिमा नियुक्त भएसँगै डा जोशीले यस विश्वविद्यालयको सेवा र विकास थप विस्तारका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
मंगलबार, पुस २२, २०८२
मेडिकल काउन्सिलका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले आजदेखि कार्यभार सम्हालेका हुन्।
मंगलबार, पुस २२, २०८२
गोरखाको धार्चेमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर
दुई दिने शिविरमा नसर्ने रोगको पहिचान, क्षयरोग, दन्त परीक्षण, मुटु सम्बन्धी लगायत विभिन्न रोगको सेवा प्रदान गरिएको हो।
मंगलबार, पुस २२, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
पाटन अस्पतालको वर्तमान अवस्था चुनौती मात्र होइन; मुलुकको समग्र सार्वजनिक स्वास्थ्य प्रणाली सुधारको अवसर पनि हो। वर्तमान वित्तीय संकटलाई अवसरका रूपमा रूपान्तरण गर्दै भुक्तानी प्रक्रिया समयबद्ध र पारदर्शी बनाई बाँकी रकम तुरुन्त निकासा गर्न गम्भीर पहल आवश्यक देखिन्छ।
मंगलबार, पुस २२, २०८२
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
अस्ट्रेलियामा नर्सिङको स्कोप एकदमै फराकिलो छ। यहाँ नर्सिङ भनेको केवल अस्पतालमा बेडसाइड नर्सिङ मात्र होइन। यदि अस्पतालमै काम गर्न चाहनु भयो भने पनि, बेडसाइड बाहेक मिडल लेभलदेखि हायर लेभल म्यानेजमेन्टसम्म सबै भूमिका नर्सहरूले नै सम्हाल्छन्।
मंगलबार, पुस २२, २०८२
अनावश्यक रुपमा न्युट्रास्युटिकल्स प्रेस्क्राइब नगर्न चिकित्सकहरुलाई स्वास्थ्य मन्त्री गौतमको निर्देशन
‘यस्ता कुराहरुमा कार्यालय प्रमुखहरुले आफ्ना चिकित्सकहरुलाई निर्देशन दिनुहोला। मान्न आनाकानी गर्नुभयो भने मन्त्रालयमा जानकारी दिनुहोला। यो मेरो कडाईका साथ निर्देशन हो।’
मंगलबार, पुस २२, २०८२
स्कुल जाने बच्चालाई कस्तो टिफिन दिने ?
बच्चाको शारीरिक, मानसिक र बौद्धिक विकासमा खानपानको अत्यन्तै ठूलो भूमिका हुन्छ। विशेषगरी स्कुल जाने उमेरका बच्चाहरू दिनको धेरै समय विद्यालयमै बिताउने भएकाले उनीहरूले खाने टिफिन पोषणयुक्त, सुरक्षित र स्वादिलो हुनु आवश्यक हुन्छ। सही टिफिनले बच्चालाई ऊर्जावान बनाउँछ, पढाइमा ध्यान केन्द्रित गर्न सहयोग गर्छ र रोगबाट बचाउँछ।
मंगलबार, पुस २२, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकीकृत छाता ऐन ल्याउनु हुँदैन : मन्त्री शर्मा
सबै प्रतिष्ठानहरुको फरक फरक उद्देश्य, सिद्धान्त, दक्षता र विज्ञता भएकाले सबैलाई एकै ठाउँमा राख्नु उपयुक्त नहुने उनले बताइन्।
मंगलबार, पुस २२, २०८२
नियम विपरित सञ्चालित अनलाइन फार्मेसीमाथि कारबाही गर्न औषधि व्यवसायी संघको माग
औषधिको दुरुपयोग तथा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै ऐन विपरित सञ्चालित अनलाइन तथा डिजिटल माध्यम मार्फत भइरहेको औषधिको बिक्रि वितरण र प्रचारप्रसार तत्काल नियन्त्रणमा लिन पनि संघको माग छ।
सोमबार, पुस २१, २०८२
एमडी/एमएस/एमडीएस गरेका चिकित्सकलाई आठौँ तहमा नियुक्ति दिन लागेको भन्दै चिकित्सक संघको आपत्ति
सरकारले तोकेको नियम विपरित सार्वजनिक गरिएको सूचना तत्काल सच्याउन संघले माग गरेको छ।
सोमबार, पुस २१, २०८२
देश र स्वास्थ्य क्षेत्र राजनीतिक प्रभाव तथा प्रलोभनबाट मुक्त हुनुपर्छ : मन्त्री शर्मा
सबै कर्मचारीहरलाई आ आफ्नो ठाउँबाट सुशासन कायम गर्न, भ्रष्टाचार नगर्न र देश विकासको लागि काम गर्न उनको आग्रह छ।
सोमबार, पुस २१, २०८२
यी हुन् स्वास्थ्यमा रिक्त रहेको एक अतिरिक्त सचिव पदका लागि आवेदन दिने १४ जना
डा. सुधा देवकोटा, डा. कृष्णप्रसाद पौडेल, प्रा. दुर्गालक्ष्मी श्रेष्ठ, डा. किरणमणि पौडेल, डा. चुमनलाल दास, डा. रुना झा, डा. विनोदविन्दु शर्मा, नारायणप्रसाद ढकाल, डा. राजन पाण्डे, डा. चन्द्रभाल झा, डा. यदुचन्द्र घिमिरे, डा. प्रमोद यादव, डा. अभय पोख्रेल र डा. विष्णु प्रसाद शर्मा
सोमबार, पुस २१, २०८२
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमै फर्किइन् डा रुना झा
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा डा रुना झा नियुक्त भएकी छन्। स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा झालाई प्रयोगशालाको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकी हुन्।
सोमबार, पुस २१, २०८२
कोशी अस्पतालको निर्देशकमा डा चौधरी
विराटनगरस्थित कोशी अस्पतालको निर्देशक परिवर्तन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पतालको निर्देशकमा डा रामनारायण चौधरीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
सोमबार, पुस २१, २०८२
गौतमबुद्ध अस्पतालद्वारा निःशुल्क डायलासिस बन्द गर्ने घोषणापछि बिरामीहरू आन्दोलित
सरकारले विपन्न नागरिक उपचार बापतको करोडौँ रकम भुक्तानी नगरेपछि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आगामी माघ १ गतेदेखि निःशुल्क डायलासिस सेवा बन्द गर्ने चेतावनी दिएको छ। अस्पतालको यस घोषणाले नियमित डायलासिसको भरमा जीवन जोगाइरहेका ५५१ जना मिर्गौला रोगीहरूमा त्रास फैलाएको छ।
सोमबार, पुस २१, २०८२
बालबालिकासँग यात्रा : रमाइलोसँगै यी सावधानी अपनाऔं
चानक मौसम परिवर्तन, बाहिरको खाना, थकान वा लामो यात्राले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। यस्तो अवस्थामा यदि अचानक ज्वरो, वान्ता, पखाला वा एलर्जी देखा पर्यो र नजिकै डाक्टर वा मेडिकल स्टोर उपलब्ध भएन भने समस्या झन् बढ्न सक्छ। त्यसैले यात्रा अघि निस्कँदा केही आवश्यक औषधि साथमा राख्नु अत्यन्तै जरुरी हुन्छ।
सोमबार, पुस २१, २०८२
Previous
71
72
73
74
75
Next
सर्च गर्नुहोस्
×
Search