मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक १४, २०८२
Sat, Nov 01, 2025
शुक्रबार, कात्तिक १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नियमित खाने औषधिको वार्षिक मूल्यवृद्धि कति उपयुक्त?
औषधि कम्पनीहरुले मनोमानी ढंगले औषधिको मूल्य बढाइदिँदा बिरामीहरूले मारमा परेको गुनासो गर्दै आइरहेका छन्। वार्षिक रुपमा औषधिहरुको १० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएको पाइन्छ। यसरी दैनिक सेवन गर्नुपर्ने औषधिको सरकारले मूल्य निर्धारण र वार्षिक मूल्यवृद्धि न्यूनतम प्रतिशत राखिदिए आफूहरुलाई धेरै राहत मिल्ने गुनासो बिरामीहरूले गर्दै आएका छन्।
बुधबार, माघ २, २०८१
‘स्काइवाक टावर’मा योगाभ्यास
कमलादिस्थित ‘स्काइवाक टावर’मा आज विभिन्न कार्यक्रम गरी दसौँ राष्ट्रिय योग दिवस मनाइएको छ। स्काइवाक, अष्टाङ्गयोग, योगभूमि, विश्व शान्ति ध्यान केन्द्रको संयुक्त आयोजनामा टावरको दुई सय ५६ फिटमाथिको स्काइवाकमा योगाभ्याससँगै योगबारे चर्चा गरिएको ‘स्काइवाक टावर’का प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए।
मंगलबार, माघ १, २०८१
एचपीभी खोप अभियानका लागि आवश्यक खोप नेपाल आइपुग्यो
आइतबार राती ७:४५ मा २ लाख ६६ हजार ६३० मात्रा खोप क्याथे प्यासेफिकको उडानबाट काठमाडौ आईपुगेसँगै अभियानका लागि आवश्यक सबै मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेलले स्वास्थ्यखबरलाई जानकारी दिए। यस वर्षको एचपीभी खोप अभियानका लागि यो अन्तिम चरणको खोप हो।
मंगलबार, माघ १, २०८१
स्वास्थ्य बीमा सेवाका लागि हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने
मन्त्रिपरिषद्को गत शुक्रबारको निर्णयअनुसार सिफारिस भएका दुई दर्जन कानुन सुधार्ने चार अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जारी गरेका हुन्। ती अध्यादेशले सार्वजनिक सेवामा सुधार र लगानी अभिवृद्धि हुने दाबी सरकारको छ। जसमा स्वास्थ्य बीमाका केही विषयहरु पनि रहेका छन्।
मंगलबार, माघ १, २०८१
माघे संक्रान्तिमा खाइने घ्यु, चाकु, तरुलको आयुर्वेदीय महत्त्व
शिशिर ऋतुको सुरुवातमा र हेमन्त ऋतुको अन्तमा खाइने अझ हामीले चाख्नै पर्ने भनिएका चाकु, तरुल, घ्यु, सखरखण्ड जस्ता आहारहरू हामीकहाँ उपलब्ध सुपर फुड हुन्। यिनीहरुको मौसम अनुसारको ऋतु अनुसारको उपयोग गर्न सकेको अवस्थामा हाम्रो स्वास्थ प्रवर्द्धन हुनुका साथै विभिन्न आहारजन्य रोगहरु बाट पनि बच्न सकिन्छ।
मंगलबार, माघ १, २०८१
अछाममा दशौँ राष्ट्रिय योग दिवस मनाइयो
प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको अध्यक्षतामा मनाइएको योग दिवसमा पतञ्जलि योग समिति अछामका योग प्रशिक्षक जयबहादुर बोगटी, अछाम जिल्ला महिला योग प्रभारी गीता हमाल, महामन्त्री विशेश्वरप्रसाद ढुङ्गानाले योगका बारेमा जानकारी दिनाका साथै योग प्रशिक्षण दिएका थिए।
मंगलबार, माघ १, २०८१
भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत भक्तपुरमा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए।
मंगलबार, माघ १, २०८१
'औषधिको ज्ञान स्वस्थ ज्यान' पुस्तक हर घरमा पुर्याउने संकल्प
समाजमा अनेक प्रकारका पुस्तकहरू छन्। विगत १७ वर्षदेखि अध्ययन अनुसन्धानमा सक्रिय यसै विषयको विषय विज्ञबाट नेपाली भाषामा लिखित यो पुस्तक नेपाली समाजमा पहिलो हो। लेखकले यो पुस्तक हरघर र हरेक व्यक्तिको हातमा पुग्न सके नेपाल साँच्चिकै औषधिको विवेकपूर्ण प्रयोग गर्ने देशमा पर्ने अपेक्षा गरेका छन्।
मंगलबार, माघ १, २०८१
तरुल, तिलको लड्डु र चाकुमा के-के पोषकतत्व पाइन्छ? के छन् फाइदा?
माघे संक्रान्तिमा खाइने घिउ, चाकु, खिचडी, तरुल जस्ता खाद्य पदार्थ शरीरका लागि निकै फाइदाजनक छन्। यस्ता खानेकुराले जाडो मौसममा हाम्रो शरीरलाई न्यानो प्रदान गर्छ। यी खानेकुरा चाडबाडमा मात्र होइन, अन्य समयमा पनि खानु आवश्यक छ। यस्ता खानेकुराबाट प्रशस्त मात्रमा क्यालोरी, मिनिरल, क्याल्सियम, फाइबर, भिटामिन प्राप्त गर्न सकिन्छ।
मंगलबार, माघ १, २०८१
स्वास्थ्य, शान्ति र समृद्धिका लागि योग
चित्त अर्थात् मनका वृत्तिहरु ५ वटा छन्। जुन यस प्रकार रहेका छन, प्रमाण, विपर्यय, विकल्प, निद्रा एव स्मृति। यी सधैंभरी मानव मनभित्र सल्बलाइरहने वृत्तिहरुलाई जव नियमित योग अभ्यास वा साधनाद्वारा हाम्रो मनको प्राकृतिक स्वरुपमा ल्याउन सक्नु नै योग हो । हाम्रो मन ५ अवस्थामा घुमिरहन्छ । ती हुन्, क्षिप्त, मुढ, विक्षिप्त, एकाग्र एंव निरुद्ध । जसलाई योग विज्ञानमा चित्तका ५ अवस्था भनेर अध्ययन गरिन्छ।
मंगलबार, माघ १, २०८१
सेवाको गुणस्तरका आधारमा अस्पतालको पहिचान हुनुपर्ने स्वास्थ्यमन्त्री पौडेलको धारणा
सोमबार, पुस २९, २०८१
नुवाकोट पुगेर प्रेमसागर कर्माचार्यले गरे १८१ औँ पटक रक्तदान
शनिबार विदुर सीटी युथ क्लव र विदुर युवा रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १८१औं पटकको रक्तदान गरेका हुन्। नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्य नेपालको आपतकालीन रक्तसञ्चारको नामले पनि परिचित छन्।
सोमबार, पुस २९, २०८१
डा महेश गौतमको सम्झनामा शैक्षिक सामग्री वितरण
बालरोग विशेषज्ञ डाक्टर महेश कुमार गौतमको सम्झनामा लायन्स क्लब अफ काठमाडौं रेडियन्स डाक्टरले नुवाकोटमा रहेको शान्तिदेवी प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
सोमबार, पुस २९, २०८१
काठमाडौं क्यान्सर सेन्टरले गर्यो ‘वर्ल्ड क्यान्सर वाक २०२५’
‘वर्ल्ड क्यान्सर वाक’ नेपालमा पनि वाकाथन गरी मनाइएको छ। क्यान्सरसँग जुधिरहेकाहरुका लागि सहयोग तथा क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले काठमाडौं क्यान्सर अस्पताल तथा अन्य विभिन्न संघ संस्थाहरुको सहभागितामा वाक फोर क्यान्सर कार्यक्रम आयोजना गरिएको हो।€
सोमबार, पुस २९, २०८१
यस्ता छन् चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सुधार समितिले दिएका ७ विषयमा ४९ सुझाब
मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको संयोजकत्वमा गठित समितिले सोमबार मन्त्री पौडेललाई प्रतिवेदन बुझाएको हो। समितिले डाक्टर तथा स्वास्थ्यकर्मीको ड्यूटीको समय, तलब भत्ता निर्वाह भत्ता तथा अन्य सुविधा, बिदा सम्बन्धी व्यवस्था, विशेषज्ञ चिकित्सकहरुको दीक्षित हुने उमेर घटाउन, छात्रवृत्ति अध्ययन गरेका चिकित्सकहरुको परिचालन, सरकारी चिकित्सकका समस्या र अन्य तत्काल गर्नुपर्ने कामहरुका विषयमा रहेक ४९ वटा समस्या र समाधानका उपायहरु दिएको छ।
सोमबार, पुस २९, २०८१
डाक्टरको मासिक तलबभत्ता न्युनतम १ लाखदेखि २ लाख ५० हजार पुर्याउन सिफारिस
एमडीएमएस गरेकाहरुको एक लाख ५० हजारदेखि १ लाख ७५ हजार र डीएम/एमसीएच गरेका चिकित्सकको २ लाख २५ हजारदेखि २ लाख ५०,००० हजारसम्म दिन सुझाव दिइएको छ। प्रत्येक तहमा सेवा अनुभवको अवधिका आधारमा आय वृद्धि हुने व्यवस्था गर्न पनि भनिएको छ। जसका लागि विभिन्न भत्ता सिफारिस गरिएको छ।
सोमबार, पुस २९, २०८१
आवासीय चिकित्सकलाई मेडिकल अधिकृत बराबर तलब, निजीले सरकारी सरह नदिए दर्ता खारेजी सुझाव
मन्त्रालयका प्रमुख विशेषज्ञ डा टंक बाह्राकोटी नेतृत्वको समितिले इन्टर्न चिकित्सकको हकमा आठौं तह मेडिकल अधिकृतको सुरु तलबको ५० प्रतिशत र आवासीय (एमडी/एमएस/एमडीएस) चिकित्सकको हकमा भने आठौं तह मेडिकल अधिकृतको सुरु तलब बराबर दिन सुझाएको छ। आवासीय (डीएम/एमसीएच) चिकित्सकको हकमा भने नवौं तहको सुरु तलब बराबर चाडपर्व भत्ता समेत गरी वर्षमा जम्मा १३ महिनाको निर्वाह भत्ताको मापदण्ड निर्धारण गर्ने भनिएको छ।
सोमबार, पुस २९, २०८१
बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ। अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ।
सोमबार, पुस २९, २०८१
महिलाको शरीरमा अनावश्यक रौं आउनेदेखि सन्तान नहुने जोखिमसम्म गराउने पीसीओएस के हो? [भिडियो]
महिलाको शरीरमा अनावश्यक रौं आउनेदेखि सन्तान नहुने जोखिमसम्म गराउने पीसीओएस के हो? वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा अचला वैद्यसँग स्वास्थ्यखबरका लागि रोमीका न्यौपानेले यही विषयमा केन्द्रित रहेर भिडियो संवाद गरेको छिन्।
सोमबार, पुस २९, २०८१
नर्सिङको नामदर्ता परीक्षा आगामी फागुन १० गते हुने
परीक्षामा बस्न योग्य हुनको लागि आवश्यक सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रहरू मिति २०८१ माघ ३० गते सम्ममा परीक्षाफल प्रकाशित भई सूचना जारी भएको हुनुपर्नेछ । सम्पूर्ण कागजात तोकिएको अन्तिम मितिभित्र बुझाई सक्नुपर्नेछ । तोकिएको अन्तिम मितिसम्म आवश्यक सम्पूर्ण कागजात नबुझाएको खण्डमा परीक्षामा सामेल हुन नपाइने बताइएको छ।
सोमबार, पुस २९, २०८१
खानेनली नखुल्ने समस्या अचलेसिया कार्डिया र यसको उपचारमा प्रयोग हुने पीओईएम प्रक्रिया
अचलेसिया कार्डियाको प्रमुख लक्षणहरूमा खाना निल्न कठिनाइ, खाना उल्टिने, छातीमा दुखाइ र तौलमा कमी हुनु रहेका छन्। रोगको निदान र उपचार समयमै नगरेमा गम्भीर समस्या उत्पन्न हुन सक्छ, जस्तै खानेनलीको स्थायी समस्या वा क्यान्सर।
सोमबार, पुस २९, २०८१
शिक्षण अस्पतालका चिकित्सकको आठौं कलेजो प्रत्यारोपण, ३२ वर्षीया छोरीले दिइन् आमालाई कलेजो
शिक्षण अस्पतालका चिकित्सकहरुले आफ्नै नेतृत्वमा सातौं कलेजो प्रत्यारोप सफल तुल्याएका छन्। अस्पतालका कलेजो प्रत्यारोपण विज्ञ डा रमेश सिंह भण्डारीको नेतृत्वमा गरिएको यो सातौं प्रत्यारोपण हो।
आइतबार, पुस २८, २०८१
काठमाडौंका १ लाख १० हजार २ सय ६३ किशोरीहररुलाई एचपीभी खोप दिइने*
काठमाडौं जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले सरकारले १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको 'सिकोलिन' नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखि १८ प्रजातिलाई रोकथाम गर्न सक्ने बताए।
आइतबार, पुस २८, २०८१
सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार: केयूको भीसीमा एमडी/एमएस मात्रै गरेका डाक्टरले आवेदन दिन नपाउने
उक्त कार्यविधिले मेडिकल चिकित्सामा एमडी, एमएस र एमडीएस गरेका चिकित्सकलाई आवेदन दिन रोकेको छ। यसको खारेजीको माग राखेर डाक्टरहरू सर्वोच्च अदालत गएका थिए । तर, आइतबार अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
आइतबार, पुस २८, २०८१
जाडोमा बालबालिकालाई खुवाउनै पर्ने १० शक्तिवर्द्धक आहार
बिरामी भएपछि बालबालिकाले खानेकुरामा खासै ध्यान दिँदैनन्। औषधि सेवन गर्न थालेपछि त खानेकुरा खान खासै मन गर्दैनन् र दिनदिनै झन सिकिस्त हुँदै जान्छन्। लामो समयसम्म खानेकुरामा ध्यान पुर्याउन नसक्दा शारीरिक, मानसिक रुपमा नराम्रो असर पर्न सक्छ। शारीरिक शक्ति, मेटाबोलिजम् आदिमा परिवर्तन हुन सक्छ। चिसो मौसममा न्यानो लुगा आदि मात्रैले पुग्दैन। पोषिलो खानेकुरामा बढी ध्यान पुर्याउनु पर्छ।
आइतबार, पुस २८, २०८१
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट बञ्चित
उपकरण खरिद रोकिएको, बैंकको कर्जा प्रवाहमा असर परेको, सरकारले प्रदान गर्ने सेवा दिए वापतको भुक्तानी रोकिएको, शैक्षिक कार्यक्रम प्रभावित भएको, अस्पताल स्तरोन्नति र स्तरवृद्धि हुन नसकेको उनको भनाइ छ।
आइतबार, पुस २८, २०८१
पोखरामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न
गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा शनिबार पोखरा महानगरपालिका वडा नं. २८ को कालिका स्वास्थ्य चौकीमा बृहत निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। पोखरा महानगरपालिका २८ नं वडाको आयोजनामा भएको सो शिविरमा महानगरपालिकाको स्वास्थ्य महाशाखा, कालिका स्वास्थ्य चौकी, माझठाना स्वास्थ्य चौकीको समन्यव रहेको थियो।
आइतबार, पुस २८, २०८१
जाडोमा स्वास्थ्यः समस्या र सावधानी, भ्रम र यथार्थ [भिडियो]
जाडोमा विशेष सावधानी अपनाउनुपर्छ। जाडोमा हुने समस्याका विषयमा रहेका अनेक भ्रम र गलत मान्यताका कारणले सावधानीको कमी हुन पुग्छ। डा लोचन कार्कीसँग स्वास्थ्यखबरका लागि डिबी खड्काले जाडोसँगो जोडिएका स्वास्थ्य समस्या र सावधानी, भ्रम र यथार्थका वियषमा कुराकानी गरेका छन्।
आइतबार, पुस २८, २०८१
जाडोमा हात, गोडा, औंला किन सुन्निन्छ? कसरी जोगाउने?
छाला रातो हुने, दाद जस्तो देखिने, सुक्खापन हुने र छालामा कत्ला देखिने समस्या हो। सुगर, थाइरोइड सम्बन्धी समस्या भएकाहरुमा यस्तो समस्या बढी देखिन्छ। जाडोमा धेरैलाई चाया–पोतोको समस्या देखिने गर्छ। जाडोमा छाला सुख्खा भएका कारणले चाया–पोतो आउने गर्छ।
आइतबार, पुस २८, २०८१
फार्मेसीहरुमा कानुन विपरित आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री
जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. वसन्त अधिकारीले नयाँ बानेश्वरको किड्स पसल, टेकुस्थित प्रकाश फार्मेसी तथा प्रकाश एलाइट्सलगायतका पसलमा अनुगमन गर्दा कानुनविपरीत यस्ता वस्तुको डिस्प्ले गरेको पाइएको बताएका छन्।
आइतबार, पुस २८, २०८१
Previous
71
72
73
74
75
Next
सर्च गर्नुहोस्
×
Search