काठमाडौं- प्रतिनिधि सभा २०८२ को प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक जितसहित ९० सिटमा अग्रता लिँदै सबैभन्दा अगाडि देखिएको छ। हालसम्म सार्वजनिक विवरणअनुसार रास्वपाले एक स्थानमा जित हासिल गरिसकेको छ भने जम्मा ९१ सिटमा उसको उपस्थिति देखिएको छ।
त्यस्तै नेपाली कांग्रेस १० सिटमा अग्रता लिँदै एक स्थानमा जितसहित जम्मा ११ सिटमा देखिएको छ। नेकपा एमाले ९ सिटमा अगाडि रहेको छ भने नेकपा पनि ९ सिटमा अग्रता कायम गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक सिटमा अगाडि रहेको छ। स्वतन्त्र उम्मेदवारले पनि एक स्थानमा अग्रता लिएका छन्। श्रम संस्कृति पार्टीले भने अहिलेसम्म कुनै सिटमा अग्रता लिन सकेको छैन।
निर्वाचन आयोगका अनुसार देशका कतिपय मतदान केन्द्रमा मतगणना अझै सुरु हुन बाँकी रहेको छ। बाँकी स्थानहरूको मतगणना सुरु भएपछि नतिजामा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।