काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधि सभाको १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ ।
प्रत्यक्षतर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन निर्वाचित भएका छन्।
सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गरे । उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा-१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ । उम्मेदवारी खारेज भएपछि रास्वपाका उम्मेदवार अदालत गएका छन्। मतगणनामा घन्टी चिह्नमै धेरै मत परेको पाइएको छ ।
२७५ जना प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते देशभरी मतदान भएको थियो ।
समानुपातिकमा १ करोड ३ लाख ४४ हजार ९५२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ६७ हजार ४३ मत प्राप्त गरेको छ।
रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले तीन प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन् ।