काठमाडौं- हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २५ जितसहित कुल ११७ सिटमा प्रतिस्पर्धा गर्दै अग्रस्थानमा देखिएको छ।
यस्तै, नेपाली कांग्रेस ५ जितसहित १४ सिटमा सीमित रहँदै दोस्रो स्थानमा देखिएको छ।
त्यसैगरी नेकपा एमाले १ जितसहित १२ सिटमा प्रतिस्पर्धा गरिरहेको छ ।
अन्य दलतर्फ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २ जितसहित १२ सिटमा उपस्थिति जनाएको छ भने श्रम संस्कृति पार्टी ५ सिटमा प्रतिस्पर्धा गरिरहेको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिटमा प्रतिस्पर्धारत देखिएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीले भने हालसम्म उल्लेखनीय उपस्थिति देखाउन सकेको छैन।
स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिइरहेका छन्।