काठमाडौं- काठमाडौं–५ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार प्रदीप पौडेल फराकिलो मतान्तरले पछाडि परेका छन्। नेपाली काँग्रेसका उम्मेदवार रहेका पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेलले स्पष्ट अग्रता लिएका छन्।
हालसम्म गणना भएको मतअनुसार सस्मित पोखरेलले ७,४९३ मत प्राप्त गरेका छन्। त्यस्तै प्रदीप पौडेलले १,०७८ मत ल्याएका छन्।
यसैगरी नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेल ले ६९९ मत प्राप्त गरेका छन्।