आधुुनिक विज्ञान र चिकित्सा प्रणालीले पोषणलाई मानव स्वास्थ्यको अभिन्न अंगका रुपमा स्थापित गरेसँगै अस्पतालहरुमा डाइटिसियन तथा पोषणविद्को सेवासहितको स्वास्थ्य संस्था सञ्चालन प्रणाली निकै नै प्रभावकारी बन्दै गइरहेको छ। विशेष गरेर हाल कोभिडका कारण दीर्घ रोगी, कुुपोषित, न्यूून रोग प्रतिरोधात्मक क्षमता भएका बिरामीको मृत्यूदर उच्च हुुनुुले चिकित्सा प्रणालीमा डाइटिसियनको प्रभावकारी उपस्थिति र भूमिकाको आवश्यकतालाई स्पष्ट पार्दछ। अस्पतालमा डाइटिसियनको व्यवस्थाले बिरामीे निको हुुने दरमा वृद्धि, अस्पताल बसाइँ र उपचार अवधि छोट्याउनदेखि समग्र स्वास्थ्य संस्थाको नतिजामा गुुणात्मक सुुधार र गुुणस्तरमा उत्कृष्टता ल्याउँछ। त्यसैले पनि पछिल्लो समय सरकारी तथा निजि अस्पतालहरुमा डाइटिसियनको माग बढ्दो छ।
डाइटिसियन सेवा संघीय तथा प्रादेशिक राजधानीसहित काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, विर्तामोड, भैरहवा, वीरगंज, धरान, घोराही, कालिकोट लगायत अन्य सहरहरुमा सूूचारु मात्रै छैनन् सेवा विस्तार, स्तर अभिवृद्धि, जनशक्तिको संख्या वृद्धि पनि निरन्तर भइरहेको छ।
को हुन् त डाइटिसियन?
सरल भाषामा भन्दा डाइटिसियन भनेका हामीले खाने खाना, त्यसबाट पाइने पोषण र मानव स्वास्थ्यमा पर्ने प्रत्यक्ष प्रभाव र अन्तरसम्बन्धबारे वैज्ञानिक अध्ययन गरेका स्वास्थ्यकर्मी हुुन्। जसले विभिन्न उमेर समूह, शारीरिक अवस्था अनुुसार व्यक्तिहरुको पोषण स्तरको लेखाजोखा गरी डाइटसम्बद्ध समस्याको उचित उपचार र परामर्श दिने गर्दछन्। यि स्वास्थ्यकर्मीको मूूख्यतः रोग लाग्नै नदिन, रोग प्रतिरोधात्मक क्षमता उच्च बनाइ राख्नदेखि कुुपोषण व्यवस्थापन गर्न एवम् विविध रोगहरुबाट बिरामीलाई तीव्र र सहजै निको पार्नमा मुुख्य भूूमिका रहन्छ। डाइटिसियन तथा पोषणविद्हरुले स्नातक/स्नातकोत्तर वा सोभन्दा माथि मानव पोषण तथा आहार विज्ञान विषय औपचारिक अध्ययन, अनुुसन्धान गरी विज्ञता हासिल गरेका हुुन्छन्। मूूलतः हाल यिनको माग राजधानी र बाहिरका अधिकांश सहरहरुका सरकारी तथा निजी अस्पतालहरुमा व्यापक रुपले बढिरहेको देखिन्छ।
पुुड्कोपन, ख्याउटेपन, सुुक्ष्म पोषक तत्वको कमि जस्ता कुुपोषणका समस्याले गाँजेको नेपालजस्तो विकाशोन्मुुख देशमा पोषणविदहरु विकट समुदायमा पुगेर विशेष गरी कुुपोषणको उपचार, स्वास्थ्यकर्मीका लागी बृहत पोषण प्याकेज तथा क्षमता अभिवृद्धि तालिम, शिघ्र कुुपोषणको एकीकृत व्यवस्थापन तालिम जस्ता विभिन्न तालिम प्रदान, स्वास्थ्य तथा पोषण शिक्षासम्बन्धी जनचेतना फैल्याइ विकराल कुुपोषण ग्राफ घटाउनमा प्रमुुख भूमिका रहन्छ। सुआहारा, एनटिएजी, आसमान नेपाल, प्रजेक्ट अन वास, हेलन केलर इन्न्टरनेसनल, युएसए८, युनडब्लुएफपी, डब्लुएफपी, युनिसेफ लगायतका परियोजनामा कार्यरत रहेर देशको पोषण स्तर सुधार गरी स्वस्थ जनशक्ति उत्पादनमा पोषणविद निरन्तर लागिरहेका छन्।
डाइटिसियन तथा पोषणविद्को महत्व किन बढिरहेको छ?
कुुपोषणको हाहाकारसँगै हाल आधुुनिक समस्याका रुपमा मोटोपना, उच्चरक्तचाप, मुुटुु, कलेजो, मिर्गौला, श्वासप्रश्वास, पाचनप्रणालीसम्बन्धी रोग, क्यान्सर लगायतका बिरामीको संख्या दिनप्रतिदिन उकालो लागिरहेको छ।
एनसिडी स्टेप्स सर्भे,२०१९ का अनुुसार नेपालको २४.५ प्रतिशत जनसंख्यामा उच्चरक्तचाप, ११ प्रतिशत वयस्कमा उच्चकोलेस्ट्रोल रहेको पाइएको छ। त्यसैगरी डब्लुुएचओ,२०१६ अनुुसार ९.१ प्रतिशतमा मधुुमेह रहेको देखिन्छ। एनड.एचएस,२०१६ अनुुसार ५.१ प्रतिशतमा मोटोपना र १७ प्रतिशतमा अधिक तौल देखिन्छ। ग्लोबल बर्डेन अफ डिजिज डाटा,२०१७ ले विश्वमा २६.९ प्रतिशत मानिसहरुको मृत्युु मुुटुु रोगका कारण भइरहेको देखाएको छ। नेपालको सहरीभेगमा दीर्घ मृगौला रोग १०.६ प्रतिशत छ भने प्रतिदिन क्षयरोगका ४७ नयाँ बिरामी थपिइरहेका छन्। ग्लोबोकन २०१८ अनुसार प्रतिबर्ष हरेक १ लाख जनसंख्यामध्ये १०३.७ जनालाई क्यान्सर हुुने गरेकोमा ७७.७ जनाकोे मृत्युु हुुने गरेको देखिन्छ।
विभिन्न अनुुसन्धानबाट प्राप्त तथ्याङ्क र यसका कारणहरुलाई अध्ययन गर्दा असन्तुुलित खाना, उच्च प्रशोधित जंक फुुड, उच्च सोडियम, अधिक चिल्लोको सेवन, होल ग्रेनको सट्टामा पोलिस्ड अन्न तथा रिफाइन पिठोको प्रयोग, खानामा फलफूूल, तरकारी तथा रेसादार खानेकुुराको कमी, खाध्य स्वच्छता, आहार संयोजन, स्वस्थकर पकाउने र भण्डारण गर्ने ज्ञानको कमी, शारीरिक क्रियाकलापमा ह«ास आउनुु, मध्यपान, धुुम्रपान तथा लागुुऔषध र्दुुव्यसन, स्वास्थ्य तथा पोषण शिक्षाको कमी आदी प्रमुुख देखिएका छन्।
नेपाल सरकारले राष्ट्रिय योजना आयोगर्माफत त्रिविबाट उत्पादन सुुरु गरेको पोषणका जनशक्ति हाल पूूर्वाञ्चल विश्वविद्यालय तथा अन्य ठुूला विदेशी विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका गरी पोषणका हजारौँ विज्ञ जनशक्ति तयार भइसकेका छन्। तत्काल सरकारी अस्पतालमा ५ औँ देखि ७ औँ तहसम्म कार्यरत छन्। तथापी तिनको उचित उपयोग भने हुन सकिरहेको छैन।
अस्पतालमा डाइटिसियनहरुले प्रदान गर्ने सेवाहरु
अन्तरङ्ग उपचार सेवा: यसअन्र्तगत डाइटिसियनले अस्पतालमा भर्ना भएका बिरामीको फुुड एलर्जी, ईन्टोलोरेन्स, बायोकेमिकल सुुचक, रोगको जटिलता अध्ययन गरी सोही अनुुरुपको डाइट प्रेस्क्राइब तथा फलोअप गर्दछन्। आइसियू/सिसियू, बेरियाट्रिक सर्जरी, अन्य मेजर तथा माइनर सर्जरी जस्ता अवस्थामा उपयुक्त घनत्व, बाक्लोपनाको खानाको योजना बनाइ आवश्यकताअनुुसार इन्टेरल तथा प्यारेन्टेरल फिडिङ प्रयोग गरिन्छ।
बहिरङ्ग उपचार सेवा: बिरामी वा सेवाग्राहीको एन्थ्रोपोमेट्री, बायोकेमिकल सुुचक, क्लिनिकल लक्षण,आहार मुुल्याङ्कन मार्फत डाइटसम्बद्व समस्या पहिचान र समाधान गरिन्छ। सामान्य मानिसलाई पनि उमेर, लिङ्ग, पेशा, शारीरिक अवस्था, शारीरिक क्रियाकलाप अनुुरुप आवश्यक क्यालोरी र अन्य तत्वको लेखाजोखा गरी उपयुुक्त डाइट रेफर गरिन्छ।
इन हाउस क्याटरिङ सेवा: अस्पतालमा क्लिनिकल न्युुट्रिसनिस्टको सिफारिसमा फुुड सर्भिस डाइटिसियनले रोगअनुुसार निश्चित तत्व निषेध वा अत्यावश्यक तत्वको आपूूर्ति उच्च हुुनुेगरी आहार परिमार्जन गरी खाना तयार र सम्बन्धित वार्डमा पठाउने काम गर्दछ। त्यसैगरी राष्ट्रिय एवम् अन्र्तराष्ट्रिय उच्चपदस्त व्यक्तिहरुको सम्मेलन, समारोह हुुँदा सम्पूूर्ण खानपानको प्राविधिक जिम्मेवारी डाइटिसियनको नै हुुने गर्दछ।
शिक्षण संस्थारुमा सम्बन्धित विषय विज्ञबाट गुणस्तरीय शिक्षा: एमबिबिएस, नर्सिङ, पब्लिक हेल्थ, क्लिनिकल न्युट्रिसन तथा अन्य चिकित्सकिय संकायमा अध्ययन गर्नुुपर्ने न्युट्रिसन विषय सम्बन्धित विज्ञबाट आध्यापन गराउन सकिन्छ।
कतिपय अस्पताल अथवा अलग्गै सञ्चालित पोषण पुुर्नस्थापना गृहमा डाइटिसियन नेतृत्वको टिमले मध्यम /कडा शिघ्र कुुपोषण तथा अन्य कारणले कुपोषित बालबालिकाको उपचार एवम् पुनस्र्थापना गर्ने कार्यमा गर्दछन्।
आर्मी, प्रहरी, खेलकुुद, जिम, लगायतका क्षेत्रमा उच्च शारीरिक क्रियाकलाप गर्नुुपर्ने हुुन्छ र खानपानमा आउने सामान्य असन्तुुलनले पनि यिनको फिटनेस र प्रदर्शनमा गहिरो प्रभाव पर्दछ। तसर्थ उत्पादन क्षमता वृद्धि र आशातित नतिजाका लागी डाइटिसियनद्वारा डाइट म्यानेजमेन्ट गर्ने गरिन्छ।
अस्पताललाई लाभ
डाइटिसियनको सेवासहितको स्वास्थ्य संस्था सञ्चालन प्रणालीले बिरामीे निको हुुने दरमा गुुणात्मक वृद्धि, अस्पताल बसाइँ र उपचार अवधि छोट्याउने, अस्पतालको नतिजामा सुुधार र गुुणस्तरमा उत्कृष्टता ल्याउछ। जसले सेवाग्राहीको आर्कषणलाई बढाउने गर्दछ।
आईपिडी तथा ओपिडी सेवा अस्पताल प्रशासनको एक प्रमुुख आर्थिक स्रोतका रुपमा लिन सकिन्छ। त्यस्तै इन हाउस क्याटरिङ सेवामार्फत डाइटिसियनको निगिरानीमा बिरामीलाई अस्पतालको आफ्नै क्यान्टिनबाट खाना डेलिभर हुुने हुुँदा यो पनि आम्दानीको मुख्य स्रोत हो। डाइटिसियनका मातहतमा स्नातक तथा स्नातकोत्तरका तहका विद्यार्थीलाई इन्टर्न गराउँदा शुुल्क मात्रै प्राप्त हुुँदैन त्यसअवधिभर विभागको कार्यक्षमता र उत्पादकत्व वृद्धि हुनगई सेवा अझ प्रभावकारी हुने गर्दछ। खानपान र मधुुमेह, क्यान्सर, मुुटुु, कलेजो, मृर्गौला, श्वासप्रश्वास, पाचनप्रणालीसम्बन्धी रोग, आइसियू/सिसियू, प्रि तथा पोस्ट अपरेटिभ डाइट लगायत बिषयक अन्तर विभागिय तथा राष्ट्रिय एवम् अन्र्तराष्ट्रिय प्रिमियम गोष्ठी, तालिम, सम्मेलनको नियमित आयोजनाले पनि राम्रो अर्थोर्पाजन गर्नुुका साथै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि.हुनगइ अस्पतालले प्रतिस्पर्धाको बजारमा प्रशस्त ख्याती प्राप्त गर्दछ। त्यस्तै क्लिनिकल न्युुट्रिसन तथा डाईटेटिक्स सेवालाई समावेश गरी विभिन्न वेलनेस प्याकेज ल्याउन सकिन्छ। इन्टरनेसनल प्यासेन्ट सर्भिस मार्फत अन्तराष्ट्रिय बजारमा सेवा विस्तार गर्न सकिन्छ। यसरी उक्त सेवालाई प्रशासनको आर्थिक स्रोतका रुपमा लिन सकिन्छ।
अस्पतालको आफ्नै प्रयोगशालामा विभिन्न किसिमका अनुुसन्धान सञ्चालन गरी नोबल फुुड, थेराप्युुटिक फुुड, सप्लिमेन्टरी फुुड, प्रोटोटाइपिक फुुड तयार गर्न तथा त्यसलाई बृहत स्कृलमा बिस्तार गर्न पनि सकिन्छ। सम्बन्धित बिषय विज्ञबाट गुुणस्तरीय शिक्षा प्रदान गरिने हुुँदा विद्यार्थीको आर्कषण बढाउछ। राष्ट्रिय एवम् अन्र्तराष्ट्रिय उच्चपदस्त व्यक्तिहरुको खानपानको प्राविधिक जिम्मेवारीले अस्पतालको मार्केट भ्यालुु थप वृद्धि गर्दछ। यि सबैबाट स्वास्थ्य संस्थाको स्वदेश तथा विदेशमा उल्लेख्य प्रचारप्रसार र अस्पतालको विशेषज्ञता वृद्धि गर्दछ। त्यसमा पनि स्वास्थ्य विमा, अन्य ठूूला रोगको उपचारमा सरकारी सुुविधा प्रदान गर्ने अस्पतालमा डाइटिसियन तथा पोषणविद्को सेवा प्रयोग गर्ने बिरामीको चाप हुुने गरेको पाइन्छ।
यसरी मृत्युुको मूल कारण बनेको नसर्ने एवम् सङ्क्रामक रोगबाट बच्न समग्र आहार तथा पोषण व्यबहारमा नै परिवर्तन आउन जरुरी छ र यस्ता रोगको व्यबस्थापनमा न्युुट्रिसनको भूमिका अहम रहेको तथ्य आधुुनिक चिकित्सा विज्ञानले प्रस्ट्याएसँगै बिरामी र अस्पतालको डाइटिसियनप्रति चार्म बढ्नुु स्वाभाविक हो। तर बिडम्बना नियमनकारी स्पष्ट ऐन नबनेको र जारी भएका सरकारी नियम, नियमावली, रणनिति, मापदण्डहरु पूर्ण रुपले कार्यान्वयन भएका छैनन्।
उचित पारिश्रमिक नदिनुु, शय्या क्षमताभन्दा ज्यादै कम डाइटिसियन राख्नु, अन्य विभागहरु समन्वयकारी नहुुनुु लगायतले सेवा प्रभावकारीतामा समस्या निम्त्याएको छ। संघीय, प्रादेशिक, स्थानीय निकायमा पोषण महाशाखा गठन गरी पोषण संवेदनशिल कार्यक्रमहरु विकास, कार्यान्वयन, अनुगमन तथा मुल्याकंन गर्ने, प्रादेशिक तहमा सामाजिक विकास मन्त्रालय, पोषण महाशाखा अन्र्तगत पोषण प्राविधिक गठन गर्ने, ५० वा सोभन्दा बढि शय्या भएका अस्पतालमा पोषण पुनःस्थापना गृह स्थापना गर्ने, बहुक्षेत्रीय पोषण योजना सुदृढीकरण गर्ने जस्ता अनेकन रणनितिक दस्तावेज बर्षेनी प्रकाशित मात्रै भइरहेका छन्। स्वास्थ्य नियमावलीमा डाइटिसियन र पोषणविद गरी ५ औँ देखि १२ औँ तहसम्म व्यबस्था स्पष्ट छ। त्यस्तै स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ मा जनरल २५ शैयामाथिको अस्पतालमा १ जना डाइटिसियन, विशेषज्ञ अस्पतालमा १ जना, बिशिष्टिकृत अस्पतालमा १ जना, १०० देखि ३०० शैयाको जनरल अस्पतालमा सिनियर सहित २ जना, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पतालमा २ जना अनिवार्य राख्नुपर्ने व्यबस्था स्पष्ट छ।
मापदण्ड कार्यान्वयन एक चुुनौती हो भने काउन्सिलको व्यबस्था नहुँुदा स्वास्थ्यकर्मीको लाइसेन्सिङ र दर्ता प्रकृया अन्योलमा हुँुदा यसको प्रत्यक्ष मारमा जनशक्ति परिरहेका छन् भने उपभोक्ताको गुुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने हक कुुण्ठित भइरहेको छ। काउन्सिलको व्यवस्थादेखि मापदण्ड कार्यान्वयन गरी सेवाग्राहीलाई े गुुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकार, लोकसेवा आयोग, त्रि.वि, चिकित्सा शिक्षा आयोग, प्रदेश तथा स्थानिय तह एवम् स्वास्थ्य संस्थाले समन्वयात्मक भूमिका निर्वाह गर्न जरुरी छ।
(लेखक विक्रम ढकाल ‘सुबिम’ बि.एस्.सी न्युट्रिसन एण्ड डाइटेटिक्स चौथो बर्षमा अध्यनरत छन्।)