मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार ७, २०८३
Mon, Jun 22, 2026
आइतबार, असार ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
नेपालमा क्यान्सरको दैनिक बढ्दो भार, बढी देखिएका क्यान्सर, उपचार प्रवाहमा रहेका चुनौती तथा भक्तपुर क्यान्सर अस्पतालले प्रवाह गर्दै आइरहेका सेवा लगायतका विषयमा केन्द्रित भएर भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्वल चालिसेसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
मंगलबार, माघ २२, २०८१
एचपीभी भनेको के हो र यसले कस्तो असर गर्दछ?
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) एक प्रकारको विषाणु हो। संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो। पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभीले गराउँदछ।
मंगलबार, माघ २२, २०८१
समाचार प्रभाव: क्यामेल चुरोटको विज्ञापन गर्नेलाई काठमाडौं महानगरले गर्यो २५ हजार जरिवाना
स्वास्थ्यखबरले 'सरकारकै संरक्षणमा कानुनविपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गर्दै चौधरी ग्रुप'को शिर्षकमा समाचार लेखेको थियो। काठमाडौंको चिया-खाजा पसलहरुमा चुरोटको ब्रान्ड प्रवर्द्धन हुनेगरी रङरोगन गरिनुका साथै भोजनालय, चियापसल र रेस्टुरेन्टमा समेत उक्त कम्पनीको प्रचार सामग्री टाँसिएको समाचार उल्लेख छ।
सोमबार, माघ २१, २०८१
काभ्रेको तेमालमा चिकित्सक संघद्वारा राहत तथा स्वास्थ्य सामग्री वितरण
चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीले तेमालका २ सय ५० जनालाई स्वास्थ्य र राहत सामग्री वितरण गरिएको जानकारी दिए। उनका अनुसार काभ्रेको तेमाल गाँउपालिका–१ कार्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सामग्री सहित खाद्य तथा साबुन, टुथपेस्ट-ब्रस सेनेटरी प्याड, जाडोको लागि ब्ल्याङ्केट लगायतका सामग्री वितरण गरिएको छ।
सोमबार, माघ २१, २०८१
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
अनिवार्य सेवा सम्झौता मार्फत खटिएका डाक्टरहरूको श्रम शोषणको समाचार दिन प्रतिदिन बढेको पाइन्छ। यस किसिमको कार्यक्रम स्वास्थ्य सेवामा डाक्टरहरूको उचित व्यवस्थापन गर्ने उद्देश्यले बनाइएको भए तापनि, यसमा प्रायः न्यायसंगत र उचित कार्यान्वयनको अभाव सदैव देखिएको छ। यस कार्यक्रम मार्फत् विभिन्न विशेषज्ञ डाक्टरहरूलाई पर्याप्त स्रोत-साधन नभएका र निम्न स्तरका स्वास्थ्य चौकीहरूमा बाध्यात्मक रूपले पठाइने गर्दछ र उनीहरूलाई प्रायः अन्तर्राष्ट्रिय मापदण्डभन्दा धेरै कम तलब दिइन्छ।
सोमबार, माघ २१, २०८१
युएसएआइडीको निरन्तरतामा अन्योल, ट्रम्पले भने- कट्टर पागलहरुको समूह
डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी को मुख्य उद्देश्य सरकारी प्रणालीलाई सरल बनाउने, कर्मचारी कटौती गर्ने, कार्यक्रमहरू हटाउने, र नियम-निर्देशन हटाउने रहेको छ। यसै अभियान अन्तर्गत, डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी टोलीले वित्त विभाग को गोप्य भुक्तानी प्रणालीहरूमा हस्तक्षेप गरेको थियो, जसका कारण एक वरिष्ठ अधिकारीले राजीनामा दिएका थिए।
सोमबार, माघ २१, २०८१
आन्दोलनरत आवासीय चिकित्सकद्वारा सोमबार ३ घन्टा ओपीडी सेवा बहिष्कार
आवासीय चिकित्सकहरूले गत मंगलबार माइतीघर मण्डलामा धर्नासहित आन्दोलनको सुरुवात गरेका थिए । उनीहरुले आज ३ घन्टा देशभरका मेडिकल कलेज तथा प्रतिष्ठान बाहेकका स्वास्थ्य संस्थानमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन्।
सोमबार, माघ २१, २०८१
अस्पताल फार्मेसीसँग जोडिएको स्वास्थ्य बीमा कार्यक्रम
फार्मेसीमा सिमिति स्रोतसाधन, संरचना एवं जनशक्ति मार्फत उच्चतम सेवा प्रवाह गर्नुपर्ने अवस्था हामीमाझ रहेको छ। बीमा कार्यक्रमलाई आम नागरिकले सरल, सहज एवं प्रभावकारी रुपमा सेवा लिन सक्ने अवस्थाको निर्माण गर्नुपर्नेछ।
सोमबार, माघ २१, २०८१
औषधि उत्पादन कम्पनी ओम मेगाश्रीको आईपीओ आजबाट खुल्ने
सञ्चित नोक्सानीमा रहेको ओम मोगाश्री फर्मास्युटिकल्सले पहिलो चरणमा आजदेखि वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो।
सोमबार, माघ २१, २०८१
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस गरिएको छ। आज बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेकी हुन्।
आइतबार, माघ २०, २०८१
स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ नेपालमा खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार राजधानीमा भएको सातौं साधारण सभाले हेमराज खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष खड्का सुदूरपश्चिम प्रदेश स्वास्थ्य प्रर्वद्वन केन्द्रका प्रमुख हुन्। साधारण सभाले खड्काको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
आइतबार, माघ २०, २०८१
स्वास्थ्य मन्त्रालयले जारी गरेको ईएमआर निर्देशिकाको सबल पक्षहरु
यस निर्देशिकालाई तत्कालै लागु गर्नको लागि यस निर्देशिकामा समेटिएका सबै साझेदारहरुलाई जवाफदेहिता बनाउने काममा समेत मन्त्रालयले पहल गर्नुपर्दछ। विषेशतः प्रविधि आफैंमा तीब्र गतिमा परिवर्तनशील छ, गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नु सबै तह र तप्काका नागरिकको मौलिक संवैधानिक अधिकार हो। प्रविधि लागु गर्दै जाँदा स्वास्थ्यसेवा प्रवाहमा प्रविधिकै कारणले कुनै प्रकारको अवरोध सिर्जना हुनु हुँदैन भन्नेमा सबैको एकमत हुनु पर्दछ।
आइतबार, माघ २०, २०८१
मंगलबारदेखि फागुन ५ गतेसम्म किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन हुँदै
अभियानले कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई समेट्ने टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतम बताउँछन्। १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने उनले जानकारी दिए।
आइतबार, माघ २०, २०८१
चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध
नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री बितरणमा निषेध गरेको हो।
आइतबार, माघ २०, २०८१
क्यान्सर बिरामीलाई निःशुल्क टिकट उपलब्ध गराउन यती एयरलाइन्स र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता
एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए।
आइतबार, माघ २०, २०८१
आत्मसम्मानमा ठेस पुगेको भन्दै फार्मेसी संघको विज्ञप्तिप्रति चिकित्सक संघको गम्भीर आपत्ति
चिकित्सक संघले फार्मेसी संघको विज्ञप्तिमा उल्लेखित विषयले चिकित्सकहरुको आत्मसम्मानमा ठेस पुगेको भन्दै चिकित्सकमाथि कपोल्कल्पित र गम्भीर आरोप लगाइएको भन्दै विज्ञप्ति निकालेको छ। संघले शनिबार विज्ञप्ति जारी गर्दै फार्मेसी संघको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शनिबार, माघ १९, २०८१
को होला महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुख? यी हुन् अन्तर्वार्ता सूचीमा रहेका पाँच जना
छनोट समितिले वर्णानुक्रमअनुसार प्राडा मीनु चौधरी, प्राडा योगेन्द्रमान शाक्य, प्राडा रमेश सिंह भण्डारी, प्राडा सुरेश उप्रेती र प्राडा संघरत्न बज्राचार्यलाई अन्तर्वार्ताका लागि बोलाएको छ। उनीहरुलाई माघ २२ गते अन्तर्वार्ताका लागि बोलाइएको छनोट समितिले जनाएको छ।
शनिबार, माघ १९, २०८१
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागि यी चार जना प्रारम्भिक सूचीमा, २३ गते अन्तर्वार्ता
छनोट समितिले प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै अन्तर्वार्ताका लागि बोलाएको हो।
शनिबार, माघ १९, २०८१
शहरी स्वास्थ्यमा नीतिगत सुधारको आवश्यकता
न्यून र मध्यम आय भएका देशहरूमा अनुसन्धान तथा तथ्यमा आधारित नीतिगत सुधारको आवश्यकता रहेको विषयमा विज्ञहरुले जोड दिएका छन्। बंगलादेशमा आयोजित शहरी स्वास्थ्य नीति संवादमा विभिन्न देशका स्वास्थ्य क्षेत्रका नीति निर्माता, विकास साझेदारहरू र अनुसन्धानकर्ताहरूहरूले उक्त विषयमा जोड दिएका हुन्।
शनिबार, माघ १९, २०८१
स्वास्थ्यको नयाँ ओएनएम सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने मन्त्रिपरिषदको निर्णय
मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालय र माताहतका निकायको ओएनएम गर्न पूर्वस्वीकृति दिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
शनिबार, माघ १९, २०८१
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक तर्जुमा गर्न स्वीकृति
मन्त्रिपरिषदको बैठकले प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्त समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
शनिबार, माघ १९, २०८१
नेपालको स्वास्थ्य बीमा प्रणालीबाट इथियोपिया, सेनेगल र जाम्बियाका प्रतिनिधि प्रभावित
हालै नेपालमा सम्पन्न तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका यी तीन देशका प्रतिनिधिहरु नेपालको बीमा प्रणाली र सफ्टवेयरबाट प्रभावित भएका हुन्। उनीहरुले नेपालको स्वास्थ्य बीमा प्रणालीबाट प्रेरणा लिँदै आफ्ना देशमा पनि यस प्रकारका प्रविधिको प्रयोग गर्ने संकल्प व्यक्त गरेका छन्।
शुक्रबार, माघ १८, २०८१
डिजिटल हेल्थ: बिरामीको एउटै परीक्षण संस्थापिच्छे दोहोर्याउन नपर्ने व्यवस्थासहितको ‘ईएमआर’ निर्देशिका आयो
स्वास्थ्य क्षेत्रको डिजिटलाइजेसनमा समस्याहरु बढ्दो क्रममा रहेको पाइएपछि स्वास्थ्यखबरले गत भदौमा डिजिटल हेल्थ कन्क्लेभ गरेको थियो। उक्त कार्यक्रममा डिजिटल हेल्थका क्षेत्रमा नीतिगतदेखि अभ्यासका क्रममा समस्याहरु रहेको विषय प्रमुख रुपमा उठेको थियो। समस्यासँगै विज्ञहरुले समाधानका विषयहरु पनि सुझाएका थिए। मन्त्रालयले उक्त कन्क्लेभमा उठेका समाधानका विषयहरु समेत समावेश गर्दै नयाँ निर्देशिका बनाएको मन्त्रालयका एक उच्च तहका कर्मचारीले जानकारी दिए।
शुक्रबार, माघ १८, २०८१
सिडमा नागरिक समाजले छायाँ प्रतिवेदन बुझाउँदै
संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध भेदभाव उन्मुल गर्ने समिति (सिड) मा नेपालले आउँदो साता सातौं आवधिक प्रतिवेदन बुझाउँदैछ। स्वीट्जरल्यान्डको जेनेभामा फेब्रेअरी ३, ४ र ५ मा हुने सिडको बैठकमा नेपाल सरकारको तर्फबाट सातौं आवाधिक प्रतिवेदन र नागरिक समाजको तर्फबाट छायाँ प्रतिवेदन बुझाइँदैछ।
शुक्रबार, माघ १८, २०८१
केयूको उपकुलपतिका लागि पिएचडी नचाहिने, स्नातकोत्तरले आवेदन दिन पाउने [संशोधित कार्यविधिसहित]
समितिले ‘काठमाडौ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१’ मा संशोधन गर्दै उपकुलपतिका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह राखेको छ। ‘कार्यविधिको दफा ४ को खण्ड (क) मा रहेको ‘विद्यावारिधि’ भन्ने शब्दको सट्टा ‘स्नातकोत्तर’ भन्ने शब्द राखिएको छ,’ संशोधित कार्यविधिमा भनिएको छ।
शुक्रबार, माघ १८, २०८१
गैरकानुनी न्युट्रासिटिकल्सहरु चिकित्सकलाई सिफारिस गर्न नदिइयोस्: नेपाल फार्मेसी संघ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्युट्रासिटिकल्स बिक्री वितरणको सम्पूर्ण दोष फार्मेसी तथा खुद्रा औषधि पसलहरुलाई गरिएको भन्दैं आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।बिहीबार नेपाल फार्मेसी संघका महासचिव युवराज भुसालले एक विज्ञप्ति जारी गर्दै बताएका छन्।
शुक्रबार, माघ १८, २०८१
भरतपुर अस्पतालमा क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने
बिरामीको सहजताका लागि अस्पतालले क्युआर कोडबाट रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने व्यवस्था बुधबारदेखि सुरु गरेको हो। विभिन्न रोगको नमूना परीक्षण गर्न गर्न दिएका बिरामीले आफ्नो रिपोर्ट क्युआर कोडबाट हेर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्ण पौडेलले जानकारी दिए।
शुक्रबार, माघ १८, २०८१
आवासीय चिकित्सकले थाले आन्दोलन, शुक्रबार पेन डाउन सहित विरोध प्रदर्शन
केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त रुपमा निर्णय गरेका छन्। मन्त्रीद्वय हस्ताक्षरित निर्णयमा सःशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कम्तिमा पहिलो वर्ष रु.२५ हजार, दोस्रो वर्ष रु ३ हजार र तेस्रो वर्ष रु. ३५ हजारका दरले निर्वाह भत्ता निजी मेडिकल कलेजले उपलब्ध गराउने भनिएको छ।
शुक्रबार, माघ १८, २०८१
'मुटुको कथा' लेख्ने डाक्टरको कथा
डा कोजुको उपस्थितिमा उनका सहकर्मीहरु बिरामीहरुलाई उपचार दिइरहेका थिए। त्यहीबेला ती महिलाले डा कोजुतिर हेर्दै भनिन्, 'डाक्टरसा'ब तपाईं त्यहीँ उभिरहनु है तपाईंलाई देख्दा मात्रै पनि मेरो आधा रोग निको हुन्छ।' उनको उक्त शब्ले उनका भाइ, त्यहाँ रहेका डाक्टर, नर्स, म भावविभोर भयौं। डा कोजु सदाझैं मन्द मुस्कानसहित स्थिर थिए। मैले ती महिलासँग छोटो संवाद गर्नु उचित ठानें। नजिकै पुगेर सोधें- अहिले कस्तो छ तपाईंलाई?
शुक्रबार, माघ १८, २०८१
एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्वपूर्ण भूमिका: शिक्षामन्त्री भट्टराई
आज उनले भिडियो सन्देश जारी गरि पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध दिइने एचपिभी खोपका बारेमा विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीमार्फत घरपरिवारसम्म सन्देश प्रवाह गर्न भूमिका निर्वाह प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन्।
बिहीबार, माघ १७, २०८१
Previous
128
129
130
131
132
Next
सर्च गर्नुहोस्
×
Search