जुन कक्षपति कार्की
सेप्टेम्बर १६ का दिन संसारभर ‘विश्व बिरामी सुरक्षा दिवस’ मनाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिरामीको सुरक्षा कसरी गर्ने भनेर हरेक वर्ष एउटा प्रसङ्ग जारी गरी विश्वका सबै स्वास्थ्यकर्मीलाई सूचित गर्नुका साथै सतर्कता पनि अपनाउन आव्हान गर्ने गर्छ।
बिरामीको सुरक्षा भनेको के हो?
सरल भाषामा भन्नुपर्दा बिरामीलाई स्वास्थ्य संस्थामा उपचार गर्दा त्यहाँ उपचार गरिने कुनै पनि प्रक्रियाबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्ने तथा त्यस्ता जोखिमलाई पहिले नै पहिचान गरी बिरामीको उपचार गर्ने भन्ने बुझिन्छ।
विश्व स्वास्थ्य संगठनले सन् २०१६ देखि नै विषेश प्रसंग र नारा बनाई यो दिवस मनाउने गर्छ। यस वर्षको प्रसङ्ग : स्वास्थ्यकर्मीको सुरक्षा : बिरामीको सुरक्षाको प्राथमिकता र नारा : सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी रहेको छ।
अहिले कोरोना भाइरससँग विश्व नै लड्दै आएको कठिन अवस्थामा विश्व सामु नयाँ चुनौती खडा भएको त सबैलाई अवगत नै छ। तसर्थ यस भिषण परिस्थितिमा बिरामी मात्र नभई स्वास्थ्यकर्मी आफैं जोखिममा परेकोले स्वास्थ्यकर्मीको सुरक्षामा पनि ध्यान दिनुपर्ने भन्ने सन्देश विश्व स्वास्थ्य संगठनले जारी गरेको छ।
बिरामीको सुरक्षाबारे तथ्यहरु
१. हरेक १० जना उपचारत बिरामीमध्ये १ जना बिरामीलाई हानि पुग्छ।
२. विश्वभर गणना गरिने मृत्युदर तथा अपाङ्गताको १० कारकमा असुरक्षित हेरचाहले गर्दा हुने विपरीत घटना पनि पर्छ।
३. हरेक १० जना बिरामीमध्ये ४ जना बिरामीलाई प्राथमिक उपचार केन्द्र र बहिरङ्ग सेवाबाट नोक्सानी पुग्छ।
४. हरेक ७ क्यानिडियन डलरको तुलनामा १ डलर बराबर मुद्रा बिरामीलाई अस्पतालमा उपचार गर्दा परिआएको परिणाम स्वरुप हानिको उपचारमा खर्च हुने गर्छ।
५. बिरामीको सुरक्षामा गरिने लगानीले विश्वमा आर्थिक वचत सुनिश्चित गर्छ र बिरामीको उपचारको परिणाम पनि राम्रो हुन्छ।
६. असुरक्षित सेवन र निर्धारणले लाखौं बिरामीलाई जोखिममा पारेको छ र यसको उपचारमा हरेक वर्ष करोडौं अमेरिकी डलर खर्च गरिन्छ।
७. बिरामीलाई हुने हानिको सबैभन्दा महत्वपूर्ण कारणमा गलत तथा विलम्बित रोग निधान पनि पर्छ र यसले लाखौं बिरामीलाई असर पार्छ।
८. अस्पतालमा भर्ना गरिएका हरेक १०० बिरामीमध्ये १० जनालाई अस्पताल संक्रमण हुन्छ।
९. शल्यक्रियाबाट उत्पन्न हुने जटिल समस्याले हरेक वर्ष १ लाखभन्दा बढी बिरामीको मृत्यु हुन्छ।
१०. औषधि उपकरणबाट निस्कने विकीरण जनस्वास्थ्य र बिरामीको सुरक्षाको लागि महत्वपूर्ण चासोको विषय रहेको छ।
सन् २०१२ देखि सिनामंगलस्थित नोबेल अस्पतालले बिरामीको सेवामा तत्पर भई विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ र आगामी दिनमा पनि आफ्ना बिरामीलाई गुणस्तरीय सेवा दिने वाचा गर्दछ। यस अस्पतालमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीलाई आवश्यक सुरक्षा कवच (पिपिई) प्रदान गर्दै स्वास्थ्य मन्त्रालय तथा डब्लुएचओको निर्देशिका पालन गरिने छ।
साथै उपचार निर्देशिकालाई पनि समय सापेक्षिक बनाउँदै र स्वास्थ्यकर्मीलाई संक्रमण निवारण र नियन्त्रण सम्बन्धी तालिम तथा प्रशिक्षण दिएर स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै यस वर्षको नारा 'सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित बिरामी' लाई नोबेल अस्पतालले आत्मसात गरेको छ।
(कक्षपति नोबेल अस्पतालकी प्रशासक हुन्।)