कोरोना संक्रमित संख्या दैनिक बढ्दैछ। आगामी दिनमा कोरोना भाइरसले नेपालको नागरिकको स्वास्थ्य र स्वास्थ्य सेवा प्रणालीलाई प्रत्यक्ष रुपमा बढी असर गर्ने यो स्पष्ट संकेत हो।
विगत, वर्तमान अवस्थाबाट र छिमेकी देश भारतबाट सिकेर सरकार र नागरिक दुबै सचेत हुनुपर्छ। अहिलेको स्थिति नियालेर हेर्दा हामी कोरोनाको अप्रत्यक्ष प्रभावबाट प्रभावित हुने बढी जोखिममा छौं। जसमा मुख्यतया स्वास्थ्य सेवा प्रणालीको ध्वस्त हुने सम्भावना देखिन्छ।
अन्य रोग लागेका बिरामीले उपचारमा कठिनाई भोग्नुपर्नेदेखि लिएर लकडाउन जस्तो प्रणालीले समाजमा आत्महत्या र अपराधको दर बढ्ने, मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पर्ने खतरा निम्त्याउने जोखिम बढेको छ।
यहाँ भाइरसको बारेमा धेरै भ्रामक विषयहरु पनि चर्चामा आउने गरेका छन्। जसमध्ये केहीले नयाँ भेरियन्टलाई बढी विषात्तको रूपमा दाबी गरिरहेका छन्। जुन अहिलेसम्म स्पष्ट रूपमा प्रमाणित भइसकेको छैन। भारतमा भेरियन्ट B.1.617 जसमा E484Q र L452R गरी दुई उत्परिवर्तन फेला परेको छ।
नेपालमा पनि सोहि प्रकारको भेरियन्ट आएको हुन सक्ने धेरैको अनुमान पनि छ। किनकी भारतसँग जोडिएको खुला सीमानाकाबाट दैनिक कयौ मानिसहरुको आवात जावत हुने गरको छन्। जुन एक वर्ष अघि नेपालमा बढ्दो संक्रमणको पहिलो कारण पनि थियो।
यो कारण फेरी पनि दोहोरिएको छ। भारतसँगको खुला सीमानाकाका कारण नेपालमा पुनः कोरोना संक्रमण बढ्ने देखिन्छ। कोरोना महामारी बढ्न नदिन सरकार र स्वास्थ्यकर्मी तयार अवस्थामा रहनुपर्ने आवश्यकता छ।
भारतबाट प्राप्त भएको तथ्यांकले पनि भन्छ की यो B.1.617 बाट धेरैजसो बिरामी एसिम्प्टोमेटिक हुन्छन्। त्यहाँ स्वास्थ्य पूर्वाधारमा अहिले बोझको कारण त्यसको विषाणु ( भाईरुलेन्स) नभई सख्या बढ्नु हो ।
लन्डनमा देखा परेको भाईरुलेन्ट B.1.1.7 , जुन केबल एक उत्परिवर्तन E484K मात्र छ।
विश्व चर्चित मेडिकल जोर्नल ल्यान्सेटका अनुसार यो पहिलेको स्त्रेनभन्दा बढी विषाक्त छैन तर संक्रमण हुने दर भने बढेको छ। यसले छिटो सर्ने रुप लिएको छ । त्यसकारण यो स्पष्ट छ कि हामीले मानिसहरूलाई सचेत गराउनुपर्दछ। डर फैलाउनु हुँदैन।
कोभिड १९ विरुद्धको खोपले भाइरसबाट संक्रमण पूणर् रुपमा बचाउने त होईन तर यसले निम्त्याउने जटिलता रोक्नको लागि प्रभावकारी हुन सक्छ। जुन सकारात्मक बिन्दु हो। त्यसैले खोप लगाएपनि सुरक्षित भइन्छ भन्ने होइन। खोप लगाएपछि पनि सुरक्षित भएर बस्नु अतिआवश्यक छ।
हामीलाई १००% थाहा छैन कि नेपालमा बढ्दो केस भारतमा जस्तै दोहोरो उत्परिवर्तनको( म्युटेसन) को कारण हो वा हामीलाई अर्को कडा जटिल वा उच्च भाईरुलेन्ट भाईरले आक्रमण गरेको छ या सोही भाईरसमा संक्रमण शक्ति बढेर अहिले को अवस्था सिर्जना भएको हो।
नेपालमा बढ्दो संक्रमण दरको कारण भारतमा देखिएको दोहोरो उत्परिवर्तन या कडा जटिल वा उच्च भाइरुलेन्ट भाइस हुन्, यो स्पष्ट रुपमा थाहा भइसकेको छैन। युवाहरुमा बढ्दो संक्रमण तीव्र वृद्धि नयाँ भाइरुलेन्सको कारण हुन सक्छ।
पुरानो कोभिड भाईरस ईस्ट्रेनले वृद्धा व्यक्तिहरूलाई असर गरेको पाईएको थियो। अहिले खोप वृद्धाको तुलनामा युवाहरुले कम लगाएका कारणले पनि उनीहरुमा संक्रमण बढि भएको हुन सक्छ।
अहिलेको अवस्थामा हामी कोरोनासँग डराएर भन्दा पनि यसको न्यूनीकरणका लागि ध्यान दिने समय हो। यसका लागि रोकथाम उपाय लागु गर्ने, सामूहिक जमघट सामिल नहुने, मास्क अनिवार्य लगाउने , साबुन पानीले हात धुने, स्यनिटाईजरको प्रयोग गर्ने, उचित आहारको साथ शरीरको प्रतिरक्षा प्रणालीको ख्याल गर्नुपर्दछ। यसबाट नै हामी कोरोनाको जोखिमबाट बच्न र बचाउन सक्छौ। अनि कोभिड विरुद्धको लडाई जित्न सक्छौ।
सरकारले पनि लकडाउनमा मात्र केन्द्रित नभई रोकथामका लागि प्रभावकारी कदम चाल्नु आवश्यक छ। यसमा सरकारको मात्र नभई हामी स्वंय नागरिक पनि उत्तिकै सचेत हुन जरुरी छ।
( बिमर्श आचार्य, किष्ट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल ललितपुरमा एमबीबीएसमा अध्ययनरत छन्। )