काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९३ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८५ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमित निको भइसकेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पिसिआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ८७४ जना र एन्टीजेटमार्फत ८७५ जना संक्रमित पुष्टि भएका छन्।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार २३८ जना संक्रमितकाे मृत्यु भएकाे छ।