काठमाडौं - धुलिखेल अस्पतालद्धारा सञ्चालित दोलखा अस्पतालमा एक जटिल शल्यक्रिया गरी आमा र बच्चाको ज्यान बचाउन सफल भएको छ।
दोलखाको बैतेश्वोर गाउँपालिका वडा नं ६ को ३० वर्षीया कल्पना सुवेदीको गर्भमा एउटा सुल्टो र अर्को उल्टो शिशु बसेको थियो। स्त्री रोग विशेषज्ञ डा आकाश अर्यालको नेतृत्वमा गरिएको शल्यक्रियामा एनेस्थेसियोलोजिस्ट डा विवेक श्रेष्ठ, बाल रोग विशेषज्ञ डा प्रिती बस्नेत र स्टाफ नर्स रोजिता केसीको संलग्नता थियो। ती महिला समयमै स्वास्थ्य संस्था गएको हुनाले आमा र बच्चा दुवैको ज्यान जोगाउन सफल भएको अस्पतालले जनाएको छ।
हाल आमा र बच्चा दुवै स्वस्थ छ। यो किसिमको शल्यक्रिया पहिलो पटक पटक भएको अस्पतालले जनाएको छ। अस्पताललले उक्त शल्यक्रिया निशुल्क गरेको थियो। दोलखा अस्पताले भिमेश्वर नगरपालिकासँग साझेदारी गरी आमा सुरक्षा कार्यक्रम गरेको छ। चार पटक गर्भ गराए बापत आठ सय र स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत यातायात खर्च तीन हजार रुपैयाँ उपलब्ध गराउँदै आएको अस्पतालका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले जानकारी दिए।