अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति भन्ने बुझिन्छ। धेरैजसो अपाङ्गता मानिसको स्वास्थ्यमा पर्ने प्रतिकुल अवस्थाले सृजना हुने भएतापनि सामाजिक र व्यक्तिगत परिवेश तथा अवरोधको कारण यसको गम्भिरता मा फरक हुने कारणले यसलाई मनोसामाजिक विषयको रुपमा चिनिन्छ। विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा १५% जनसंख्यालाई कुनै एक प्रकारको अपाङ्गता रहेको को आङ्कल गरेको भएतापनि अपाङ्गता को परिभाषा अनुसार यसको व्यापकता अझ फराकिलो हुनसक्ने विज्ञहरुको भनाइ छ।
नेपाल सरकारको अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले अपाङ्गताको वर्गीकरण निम्न दुई किसिमले गरेको छ।
अ) शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा अपाङ्गता भएका व्यक्ति (१० प्रकार)
१. शारीरिक अपाङ्गता:
२. दृष्टि सम्बन्धी अपाङ्गताः
(क) दृष्टि विहीनता:
(ख) न्यून दृष्टियुक्तः
(ग) पूर्ण दृष्टिविहीन:
३. सुनाइ सम्बन्धी अपाङ्गताः
(क) बहिराः
(ख) सुस्तश्रवणः
४. श्रवण दृष्टिविहीन अपाङ्गताः
५. स्वर र बोलाइ सम्बन्धी अपाङ्गताः
६. मानसिक वा मनोसामाजिक अपाङ्गताः
७. बौद्धिक अपाङ्गताः
८. अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गताः
९. अटिज्म सम्बन्धी अपाङ्गताः
१०. बहुअपाङ्गता:
आ)अशक्तताको गम्भीरताका आधारमा अपाङ्गताको वर्गीकरण (४ प्रकार):
(१) पूर्ण अशक्त अपाङ्गता:
(२) अति अशक्त अपाङ्गता:
(३) मध्यम अपाङ्गता:
(४) सामान्य अपाङ्गता:
आइसीएफले अपाङ्गतालाई इम्पेएरमेन्ट, कार्यसम्पादनमा सिमितता र सामाजिक सहभागितामा प्रतिबन्ध गरी तीन चरणमा व्याख्या गरेको छ। जस्तै: कुनै व्यक्तिको सडक दुर्घट्नाको कारण एउटा खुट्टा गुमाउनु परेको छ भने, गुमेको खुट्टा उसको शरीरको संरचना को इम्पेएरमेन्ट हो। सो व्यक्तिको दैनिक कृयाकलापमा भर्याङ्ग चढ्ने, दाैडने, सवारी साधन चलाउने जस्ता कार्यसम्पादनमा सिमितता हुन्छ भने जागिर खान जाने, व्यवसाय चलाउने, सामाजिक कार्यक्रमको सहभागितामा प्रतिबन्ध लाग्दछ। तर उक्त व्यक्तिलाई नक्कली खुट्टा वा साहायक सामाग्री ( वैशाखि) दिइएको खण्डमा सपाङ्ग जस्तै माथि उल्लेखित व्यक्तिगत सामाजिक कार्यमा सहभागी हुन सक्दछ। केही वर्ष अघिसम्म पनि यस्ता व्यक्तिहरुलाई "अशक्त" वा "फरक क्षमता भएका" व्यक्ति भनिए पनि विश्व स्वास्थ्य संगठनले नै एकरूपता दिन "अपाङ्गता भएका व्यक्तिहरू" भनि उल्लेख गरेको छ। अपाङ्गता भएका ब्यक्तिहरुको व्यक्तिगत, मनोसामाजिक र भौतिक पूर्वाधार मा भएको रोकावट हटाई यिनिहरुलाई सपाङ्ग जस्तै कार्यसम्पादनमा सहज बनाउने प्रक्रियालाई नै पुनर्स्थापना भनिन्छ। पुनर्स्थापना व्यक्तिको कार्य क्षमतामा बृद्धि गरि अपाङ्गतामा कम गर्न निजको स्वास्थ्य स्थिति र वातावरणमा प्रयोग गरिने विधिहरू को समग्र रूप हो।
सरल भाषामा पुनर्स्थापनाले व्यक्तिको दैनिक कृयाकलापमा सहयोग गरी आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। पुनर्स्थापनाले स्वास्थ्य प्रवर्द्धन र उपचार पक्ष पनि केही हदसम्म समेटेको हुन्छ। केही महत्वपूर्ण विधि जस्तै फिजियोथेरापी उपचार, साहायक सामाग्रीको प्रयोग, औषधि सेवन, मनोसामाजिक परामर्श आदि पुनर्स्थापनाको मुख्य आधार स्रोत हुन भने फिजियोथेरापिष्ट,फिजियाट्ष्ट, पोर्ष्थेटि्क आर्थोटिक्श, मनोसामाजिक परामर्शदाता, नर्स आदि पुनर्स्थापना टोलीको सदस्य हुन। पुनर्स्थापना सेवा प्रथमिक, माध्यमिक र विशिष्ट गरी तीन तहबाट प्रवाह गरिन्छ। सेवा उपभोक्ताको आधारमा प्राथमिक मा धेरै र विशिष्टमा सबै भन्दा कम सङ्ख्या हुने भएकाले पुनर्स्थापना सेवा उपभोग पिरामिडको आकारमा हुन्छ। पुनर्स्थापना सेवा भने घर, क्लिनिक, अस्पताल, समुदाय लगाएत विभिन्न माध्यमबाट दिन सकिन्छ। नेपालको विद्धमान सरकारी स्वास्थ्य संरचनामा पुनर्स्थापना केन्द्र रहेको गरेको छैन। यद्धपी विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय एजेन्सी, प्राइभेट संघ-संस्था तथा व्यक्तिगत लगानीमा यस्ता सञ्चालित छन् भने २०७९-८० मा एक प्रदेश एक पुनर्स्थापना केन्द्रको व्यवस्था उल्लेख गरिएको छ।
(कंडेल वीर अस्पतालका फिजियोथेरापी यूनिट प्रमुख हुन्।)