काठमाडौंको पानीपोखरीमा केही महिनाअघि मात्रै नयाँ ल्याब ‘शुक्र हाउस अफ डाइग्नोसिस’ खुलेको छ। ल्याबहरुको भीडमा मिसिन नभई फरक सेवाका लागि उक्त ल्याब खुलेको त्यसका सञ्चालकहरुले बताएका छन्। फरक जाँचका आधार शुक्रले बनाउन खोजेको फरक पहिचानका विषयमा प्याथोलोजी प्रमुख डा श्रेया श्रीवास्तवसँग गरिएको संवादः
देशमा अनेक ल्याब छन्, शुक्र स्थापनाको आवश्यकता किन महसुस भयो ?
नेपालमा धेरै फरकफरक टेस्टहरु गर्ने ल्याबहरु छन्। टेस्ट पनि अनेक छन्। ती टेस्ट कुनै सस्तो तथा कुनै महँगो हुन्छन्। रुटिन टेस्ट सहज रुपमा उपलब्ध छन्। केही त्यस्ता टेस्ट छन्, जुन महँगो हुन्छन् र सजिलै र सुलभ शुल्कमा उपलब्ध पनि हुँदैनन्। ती नेपालमा नगरेर विदेश पठाइन्छन्। हामीले त्यस्ता टेस्टहरुलाई यहीँ गर्ने लक्ष्य लिएर आएका हौं। जुन नियमित टेस्ट छन्, ती अन्य निजी ल्याबभन्दा सस्तोमा गर्ने गरी यो ल्याब खोलिएको हो।
सामान्यतया अहिले बाहिर पठाइने के–के जाँच शुक्रले यहीँ गर्छ?
जस्तो हेमाटोलोजीमा इलेक्ट्रोफरोसिस, बोनम्यारो, पार्किन्सन्स जस्ता टेस्ट नेपालमा धेरै ठाउँमा गरिँदैन। अस्पतालहरुले बाहिर पठाउँछन्। ती अहिले हामीले गर्ने गरेका छौं। त्यस्तै हिस्टोप्याथोलोजी– त्यो भनेको मासुहरुको जाँच पनि गरिन्छ। नेपालमा अन्य ठाउँमा पनि यो जाँच गरिन्छ। तर त्यसमा पनि स्पेसल जाँच हामी कहाँ उपलब्ध छन्, जस्तैः इम्युनोहिस्टोकेमेस्ट्री नेपालमा त्यति छैन। यसले हामीलाई कुन प्रकारको ट्युमर हो, यसमा कुन औषधिले काम गर्छ, यो कति खतरनाक छ वा सामान्य छ भन्ने कुराको जानकारी दिन्छ।
यसैगरी उपचारलाई सहजीकरण (ट्रिटमेन्ट गाइड) गर्छ। जस्तो, स्तन क्यान्सर पत्ता लाग्यो, त्यस भित्र पनि उपचार फरक–फरक हुन्छ। अहिले सबै स्तन क्यान्सरहरुमा त्यस्ता जाँच गर्नैपर्छ। ती जाँचहरु नेपालमा सीमित ठाउँमा हुन्छन्। धेरैले बाहिर पठाउने गर्छन्। हामीले यहीँ गरिरहेका छौं। त्यो पनि यहीँ सुरु गरेका छौं। त्यसैगरी हामीले टिस्यु पीसीआर पनि सुरु गरेका छौं, जुन नेपालका अन्य ल्याबहरुले सुरु गरेका छैनन्। अहिले अन्य ल्याबलाई गाह्रो परेपछि हामीकहाँ पठाउन थालिएको छ।
कस्ता खालका जाँचका लागि शुक्र चिनियोस्? नेपालका ल्याबमा शुक्रले देखेको अभाव कहाँ हो र कसरी पूर्ति गर्न खोजिरहेको छ?
रुटिन टेस्टभन्दा केही फरक गर्नका लागि शुक्र स्थापना गरिएको हो। अलिकति स्पेसलाइज हुनेवित्तिकै बाहिर पठाउने गरिन्छ। त्यस्ता टेस्ट यहीँ गर्ने लक्ष्य लिएर हामी आएका हौं। संक्रामक रोग, खासगरी आईसीयूका बिरामीहरुका लागि गरिने जाँचहरु हामी यहीँ गर्छौं। जस्तोः एउटा एइन्टिबायोटिक सुरु ग¥यो, फेरि अर्काे एन्टिबायोटिक चलाइरहेको हुन्छ। कुन अग्र्यानिज्म भन्ने थाहा भइरहेको हुँदैन। बिरामी सिकिस्त भइसकेको हुन्छ। उपचारले काम गरिरहेको हुँदैन। त्यस्तो अवस्थामा ठ्याक्कै कुन चाहिँ अग्र्यानिज्म भने पत्ता लगाएर उपचार गर्ने जाँच यहीँ हुन्छ।
नमुनाहरु संकलन गरेर एकैपल्ट जाँच गरिने अभ्यासमा रहेका केही जाँचहरु यहाँहरुले हरेकको आउने बित्तिकै गर्ने बताइरहनुभएको छ। कसरी सम्भव देख्नुहुन्छ?
नेपालमा प्रायः ल्याबहरुले केही जाँचहरु हप्तामा तीन दिन वा एक दिन गरिरहेका छन्। हामीले त्यस्तो अवस्थालाई विस्थापित गरेका छौं। जुन टेस्ट जतिखेर चाहिन्छ, त्यतिखेर नै दिन्छौं। हाम्रो आफ्नै ल्याब भएकाले त्यो सम्भव भएको हो। नमुना संकलन गरेर एकैपल्ट गर्दा केही आर्थिक लाभ हुन सक्थ्यो, यसरी प्रत्येक नमुनाको जाँच छुट्टाछुट्टै गर्दा केही हानि होला तर हामी सेवा दिनका लागि आएका हौं।
जस्तोः हेमोग्लोबिन इलेक्ट्रोफोरोसिसको कुरा ग¥यौं। धेरैजसोले हप्तामा एक दिन वा तीन दिन गर्छन्। हामीले बिहान आयो भने जाँचका लागि राखिहाल्छौं। अन्य ठाउँ जस्तोः १० वटा नमुना संकलन गरेर मात्रै जाँच सुरु गर्दैनौं। हामीले बिरामीको दृष्टिबाट हेर्छौं। हाम्रा लागि हरेक व्यक्ति वा बिरामी उत्तिकै महत्वपूर्ण छ। हाम्रा आँखामा एउटा बिरामी लागेको मान्छे परिवारको मुली हुन सक्छ। परिवार उसले नै धानेको हुन सक्छ। त्यही दृष्टिले हेर्ने गर्छाैं। हामी घाटामा काम गर्दैनौं तर धेरै नाफामा लोभ पनि छैन। हाम्रो लक्ष्य भनेको समयमै सही डायग्नोसिस गरेर दिने हो। अर्काे कुरा देशबाट बाहिर जानेबित्तिकै फ्लाइट डेढ घन्टाको हुन्छ। एउटा नमुना त्यहाँ पुग्न कम्तीमा ७÷८ घन्टा लाग्छ। त्यो बीचमा जुन नमुना हुन्छ, त्यसको तापक्रम मेन्टन भएको हुन्छ कि हुँदैन। केही गरी तापक्रममा मिसह्यान्डिलिङ भयो भने टिस्यु लस हुने भयो। सही नतिजा नआउन सक्छ। यिनै कुराहरुलाई मध्यनजर गरेर धेरै वटा टेस्ट नेपालमै गर्न सकिन्छ कि भनेर आएका हौं।
केही जाँच सरकारी ल्याबकै हाराहारीको शुल्कमा गरिने बताउनुभएको छ। ती कस्ता जाँच हुन्?
ती रुटिन टेस्टहरु हुन्। त्यस्ता जाँचहरुको शुल्क कतिपय सरकारी अस्पतालका ल्याबभन्दा सस्तो राखेका छौं। बाहिर पठाउने गरिएका जाँच पनि महँगो छैनन्। त्यति नै पैसामा यहीँ गर्ने गरेका हुन्छौं। यहीँ हुन्छ। छिटो हुन्छ। कुनै समस्या भयो भने फेरि गर्न मिल्छ। अन्य ल्याबहरु व्यवसाय केन्द्रित हुन सक्छन्, हामी बिरामी केन्द्रित छौं।
निजी स्तरबाट खुलेका ल्याबमा प्रायः एउटै जनशक्तिले सबै खालको जाँच हेरेको भन्ने सुनिन्छ। तपाईंहरुको फरक–फरक विज्ञ छन् त?
हेमाटोलोजी, हिस्टोप्याथोलोजी, बायोकेमेस्ट्री विषयका फरक–फरक विज्ञहरु हुनुहुन्छ। धेरै ल्याबमा एउटै विशेषज्ञले सबै हेर्ने गरेको पाइन्छ। एकै जनाले सबै हेर्दा कुनै पनि राम्रोसँग हुन सक्दैन। ठूलो ल्याब छ भने यो तीन वटा छुट्याउनुपर्छ। निजी ल्याब वा सानो ल्याबमा एकै जनाबाट काम चलाउने गरेको पाइन्छ। बायोकेमेस्ट्रीका लागि त्यसैमा स्नातकोत्तर गरेका दुई जना हुनुहुन्छ। माइक्रोबायोलोजीमा स्नातकोत्तर दुई जना र प्याथोलोजीमा स्नातकोत्तर गरेका दुई जना हुनुहुन्छ। हरेक विषयमा राम्रो जाँच र राम्रो निदानका लागि हामीले जनशक्तिमा ध्यान दिएका हौं। एकै जनाले सबै हेर्न त सकिएला तर न्यूनतमभन्दा माथि जान सकिँदैन। अहिले उपचारकै कुरा गर्दा सर्जरी भित्रै फरक–फरक भइसक्यो। ल्याब जाँचमा पनि त्यसैगरी विधा फरक हुनु जरुरी हुन्छ।
प्याथोलोजीमा पनि युरो, गाइने र अन्को प्याथोलोजी छ। माइक्रो बायोलोजीमा पनि तीन वटा विभाग छन्– ब्याक्टेरियोलोजी, भाइरोलोजी र माइक्रोबायोलोजी। एक जना सर्जनले खुट्टादेखि टाउकोसम्मको अप्रेसन गर्न नसेके जस्तै एउटा प्याथोलोजिस्ट सबै हेर्न नसक्नेमा प्रस्ट छौं। काम चलाउन सक्छ त र सर्वाेत्कृष्ट नतिजाका लागि भने फरक–फरक विज्ञ चाहिन्छ।
प्रविधिका हिसाबले तपाईंहरुसँग के–के नयाँ छ?
रुटिनका लागि भइहाल्यो। टिस्यु पीसीआर सुरु गरेका छौं। यो मलिक्युलर टेस्ट हो। यो बाहेक फिस (एफआईएसएच) पनि सुरु गर्ने हो।
माइक्रो बायोलोजीमा मल्टिप्लेक्स पीसीआर हामीले गरिरहेका छौं। एकै पटक जीआई प्यानल र न्युरो प्यानल गरी १८÷२० जीवाणुको टेस्ट गरी रोग कुन जीवाणुले गर्दा भएको भन्ने हामी डेढ घन्टामै रिपोर्ट दिन सक्छौं। जुन टेस्ट हामीसँग मात्रै उपलब्ध छ। यो प्रोफाइल सिस्टमले गर्छ। पीसीआरका लागि तीनथरी मेसिन छन्। हामीकहाँ नमुना संकलन गरेर वा जम्मा गरेर टेस्ट गर्नु पर्दैन। एउटा मात्रै पनि टेस्ट गर्न सकिन्छ। इम्युनो केमेस्ट्री र बायो केमेस्ट्रीमा पनि हामीसँग दुई–दुई वटा मेसिन छन्। दैनिक गुणस्तर जाँच हुन्छ। ट्रान्सप्लान्ट गरेपछि जुन ड्रग लेभल मनिटर गर्ने टेस्ट हुन्छ, त्यो गरिरहेका छौं। केन्द्रमा बायोकेमेस्ट्री भएकाले गुणस्तरमा हामी केन्द्रित छौं।
तपाईंहरुको टेस्ट गुणस्तरीय छ भनेर कसरी विश्वास गर्ने?
ल्याबमा रिपोर्ट कस्तो दिन्छ भन्ने ल्याबको मान्छेलाई थाहा हुन्छ। थाइरोइड फङ्सनको कुरा गरौं। तीन वटा प्यारामिटर हुन्छ। त्यसरी नहेरेर सोलोडोलो रिपोर्ट दिएको देखिन्छ। टीएसएचको भ्यालु दिएर पठाइदिन्छ। रिएजेन्टको पैसा समेत नउठ्ने मूल्यमा जाँच गरेको देखिन्छ। कसरी त्यस्तो गरिरहेको छ? हामीले समेत प्रश्न गर्छौं। हामी हाम्रो आफ्नो परिवारलाई पर्दा समेत यहीँ गर्ने गरी आएका छौं। हाम्रो परिवारलाई प¥यो, तुरुन्त भारत र थाइल्यान्ड त पुग्न सकिँदैन। यहीँ जँचाउनुपर्छ। हामी विभिन्न पेसा, व्यवसायमा संलग्नहरु मिलेर खोलेका छौं। आफ्नै लागि पनि भनेर खोलेका हौं। हामी जाँचको गुणस्तरमा प्रतिबद्ध छौं।