मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १९, २०८२
Thu, Nov 06, 2025
बुधबार, कात्तिक १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्यको कारण देखाउँदै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले दिए राजीनामा
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले राजीनामा दिएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लोहनीले राजीनामा बुझाएका हुन्।
शुक्रबार, भदौ २८, २०८१
महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण स्थिति सुधार गर्न नयाँ परियोजना सुरु
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को ७ करोड २० लाख अमेरिकी डलर अनुदान सहयोगमा कार्यान्वयन हुने पाँच वर्षे युएसएआइडी एकीकृत पोषण परियोजनाको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बिहीबार शुभारम्भ गरे।
शुक्रबार, भदौ २८, २०८१
गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै
शुक्रबार, भदौ २८, २०८१
वीर अस्पतालमा जलन उपचार केन्द्र संचालन, आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा
वीर अस्पतालमा डा केडी जोशी जलन उपचार केन्द्र संचालनमा आएको छ। केन्द्रको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।
शुक्रबार, भदौ २८, २०८१
डेंगु संक्रमित बढेपछि पर्वत अस्पतालमा शय्या अभाव
डेंगु संक्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ।
शुक्रबार, भदौ २८, २०८१
सुस्मा कोइराला अस्पतालले आगोले पोलेका बालबालिकालाई निःशुल्क उपचार गर्ने
काठमाडौंको साँखुमा सञ्चालित सुस्मा कोइराला मेमोरियल अस्पतालले आगोले पोलेको तथा जलनमा परेका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ।
शुक्रबार, भदौ २८, २०८१
रुकुम–पश्चिमको मुसिकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
यहाँको मुसिकोट नगरपालिका–१ बालमन्दिरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार नौ सय ९५ जनाले सेवा लिएका छन्।
शुक्रबार, भदौ २८, २०८१
पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुग्यो, बिरामीमध्ये ३९ मेची प्रादेशिक अस्पताल रिफर
बिरामीका कारण गाउँ नै सोत्तर भएपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी लगायतले अस्पताल पुगेर बिरामीलाई भेट गर्दै उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शुक्रबार, भदौ २८, २०८१
मेडिकल व्यवसायी पूर्वसांसद डा ढाकाकुमार श्रेष्ठ फार्मेसीबाट लागु औषध विक्री गरेको आरोपमा पक्राउ
उनका अनुसार फार्मेसीका सञ्चालक डा श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित डा श्रेष्ठले रकम लेनदेनको अभियोग लागेपछि सांसद गुमाएका थिए ।
शुक्रबार, भदौ २८, २०८१
ज्ञानेश्वरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र महानगरकै उत्कृष्ट
मासिक रु एक लाख ५५ हजार भाडामा लिएको भवनमा केन्द्र सञ्चालन गर्नुपर्दा स्वास्थ्य सेवा दिन समस्या भएको लेखा एवं व्यवस्थापन अधिकृत सजना डङ्गोलले बताए । स्वास्थ्य केन्द्र चलाउने प्रयोजनले निर्माण भएको भवन नभएकाले ज्येष्ठ नागरिकलाई माथिल्लो तलासम्म पुग्न अप्ठ्यारो हुने गरेको छ ।
शुक्रबार, भदौ २८, २०८१
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता, रचनात्मक ढंगले काम गर्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीले कार्यसम्पादन सम्झौता गरेका छन्।
बिहीबार, भदौ २७, २०८१
२ वर्षमा पहिलो पटक बस्यो अन्तरमन्त्रालय स्वास्थ्य समन्वय बैठक, अब वर्षमा २ पटक बस्ने
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सरकारी मन्त्रालय तथा सरकारी र गैरसरकारी निकायहरुबीचको अन्तरमन्त्रालय समन्वय गर्ने जनस्वास्थ्य समितिको बैठक २ वर्षमा पहिलो पटक बसेको छ।
बिहीबार, भदौ २७, २०८१
फाजिल र दरबन्दी नभएका स्वास्थ्यकर्मीको समायोजन संशोधन हुने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ। फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीलाई उनीहरुको मागबमोजिम समायोजनसम्बन्धी नीति संशोधन हुने व्यवस्था गरेको हो।
बिहीबार, भदौ २७, २०८१
काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न
उत्तरी गोरखाको धार्चे गाउँपालिका–६ स्थित काशीगाउँ स्वास्थ्य चौकीको भवन पुनःनिर्माण सम्पन्न भएको छ। विनाशकारी गोरखा भुकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त स्वास्थ्य चौकीको छ कोठे पक्की भवन निर्माण सम्पन्न भएको हो।
बिहीबार, भदौ २७, २०८१
तनहुँमा तीन सय २६ जना क्षयरोगीका बिरामी
जिल्लाका क्षयरोगका बिरामीलाई चिकित्सकको निगरानी (डट्स विधि) द्वारा औषधि सेवन गराइएको छ। दमौली अस्पतालका सिनियर अहेब अधिकृत दिनेश पण्डितका अनुसार एक सय २८ डट्स सेन्टरबाट क्षयरोगका बिरामीलाई निःशुल्क रुपमा उपलव्ध गराइएको छ।
बिहीबार, भदौ २७, २०८१
५० वर्षीय चिकित्सक यादव चार महिनादेखि बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको अनुरोध
भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन्।
बिहीबार, भदौ २७, २०८१
जलजला गाउँपालिकाले घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै
जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ। आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो।
बिहीबार, भदौ २७, २०८१
चितवनमा कैदीबन्दीको उपचारमा आर्थिक अभाव
जिल्लामा कैदीबन्दीको उपचारमा आर्थिक अभाव भएको छ। गुणस्तरीय स्वास्थ्य उपचार पाइने भएपछि काठमाडौँपछि कैदीबन्दीले चितवन रोज्ने गरेकामा पहिल्लो समय आर्थिक अभाव देखिन थालेको हो।
बिहीबार, भदौ २७, २०८१
बेनी अस्पतालमा औषधि अभाव
बेनी अस्पतालमा निःशुल्क रूपमा वितरण हुने औषधि अभाव भएको छ। सरकारले जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिए पनि बेनी अस्पतालको निःशुल्क औषधि वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधि मात्र उपलब्ध छन्।
बिहीबार, भदौ २७, २०८१
आईओएमका पूर्व डीन प्राडा गोपाल आचार्यले व्यक्तिगत लगानीमा शिक्षण अस्पतालमा बनाइदिए एकेडेमिक हल
त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का पूर्व डीन प्राडा गोपाल आचार्यले आफ्नो व्यक्तिगत लगानीमा त्रिवि शिक्षण अस्पतालमा सुविधा सम्पन्न एकेडेमिक हल बनाइदिएका छन्।
बिहीबार, भदौ २७, २०८१
अस्पताल र स्वास्थ्य संस्थालाई मन्त्रालयले भन्यो- अबदेखि खाजा खाने समय आधा घण्टा मात्र
सरकारले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा खाने समय घटाएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार सरकारी कार्यालयमा खाजा समय एक घण्टा नभएर आधा घण्टा कायम गरिएको हो।
बिहीबार, भदौ २७, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीको पक्षमा अदालतको आदेश
उच्च अदालत सुर्खेत, जुम्ला इजलासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको पक्षमा आदेश जारी गरेको छ।
बिहीबार, भदौ २७, २०८१
दमौली अस्पताललाई उपकरण सहयोग
दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान गरेपछि सेवा प्रारम्भ भएको हो।
बिहीबार, भदौ २७, २०८१
भारतमा एमपक्स पुष्टिपछि नेपाली सीमामा कमजोर सावधानी
गड्डाचौकीस्थित ‘हेल्थ डेस्क’मा भारतबाट फर्किनेमा कोरोना, डेङ्गु, एचआइभीलगायत रोग जाँच गर्ने गरिन्छ । उपकरण अभावमा एमपक्सको जाँच हालसम्म सुरुआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामी बताउँछन्।
बिहीबार, भदौ २७, २०८१
स्वास्थ्य सेवामा मूल्यको महत्व
कार्यक्रममा हुने अनावश्यक रकम विनियोजन र अनावश्यक खर्च गर्ने प्रवृतिलाई नियन्त्रण गरी समतामूलक विनियोजन र खर्चमा पारदर्शीता अपनाई उच्चतम र अर्थपूर्ण उपलब्धि हासिल गर्नु नै मूल्यको महत्व हो। यसको अभ्यास अङ्गीकार गर्नाले कार्य संचालनमा लागत दक्षता र लागत प्रभावकारी बढ्छ। स्वास्थ्य प्रणालीमा कसरी असान्दर्भिक बजेट विनियोजन र अनावश्यक खर्च गर्ने प्रवृतिलाई घटाई अधिकतम प्रतिफल प्राप्त गर्न सकिन्छ भन्नेतर्फ सम्बन्धित निकायले ध्यान केन्द्रित गर्नु जरुरी छ।
बिहीबार, भदौ २७, २०८१
जलवायु परिवर्तन अनुकुलनको लागि स्थानीय सरकारको भूमिका
जबसम्म हामीले अप्राकृतिक रुपमा बदलिएको जलवायु र बढ्दो विपदलाई “प्राकृति” को बदलिँदो रुप भनेर व्याख्या गर्छौ, तबसम्म मानवीय कारणले भएको जलवायु परिवर्तनलाई रोक्न तथा यसको जोखिम न्यूनीकरण एवं अनुकुलन गर्न कठिन छ भन्ने कुरा स्थानीय निकाय एवं सर्वसाधारणले बुझ्न जरुरी छ।
बिहीबार, भदौ २७, २०८१
स्वास्थ्य मन्त्रालयले खोज्न थाल्यो आफू मातहतको जग्गा, १५ दिनभित्र विवरण पठाउन पत्राचार
मन्त्रालयले विभिन्न निकायका नाममा रहेका जग्गाको विवरण, उपयोगको अवस्था समेतका विवरण १५ दिनभित्र पठाउन पत्राचार गरेको छ।
बुधबार, भदौ २६, २०८१
स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुन संसोधन गर्न राय माग्दै स्वास्थ्यले लेख्यो कानुन मन्त्रालयलाई पत्र
अस्पतालहरुमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संसोधनको तयारी गरेको छ।
बुधबार, भदौ २६, २०८१
‘बीमाकर्ताले जुनसुकै उपचार केन्द्रमा उपचार गर्न पाउनुपर्छ’
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले स्वास्थ्य बीमामार्फत देशभरी उपचारमा संलग्न बिरामीलाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
बुधबार, भदौ २६, २०८१
आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो
भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातीत बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ।
बुधबार, भदौ २६, २०८१
Previous
114
115
116
117
118
Next
सर्च गर्नुहोस्
×
Search