मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १२, २०८३
Fri, Jun 26, 2026
शुक्रबार, असार १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपालमा भेटियो कोरोनाका दुई नयाँ सब-भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।
शुक्रबार, जेठ ११, २०८१
कान्ति बाल अस्पतालमा कुन शल्यक्रियाका लागि कति लाग्छ शुल्क? (७८ वटा प्रक्रियाको सूचीसहित)
अस्पतालले जारी गरेको उक्त सूचना पाटी अनुसार शल्यक्रियालाई विभिन्न ८ प्रकारमा विभाजन गरिएको छ । जसमा माइनर ए, माइनर बी, इंटरमीडिएट ए, इंटरमीडिएट बि, मेजर ए, मेजर बि, भेरी मेजर ए, भेरी भेजर बी पर्छन्। यी ८ प्रकारका शल्यक्रिया अन्तर्गत विभिन्न ७८ वटा शल्यक्रिया प्रक्रियाको शुल्क उल्लेख छ।
शुक्रबार, जेठ ११, २०८१
जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ नियन्त्रण कानून कार्यान्वयन गर्न नदिएको भन्दै संघीय सरकारलाई बालेनको प्रश्न
बालेनले संघीय सरकारको गतवर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको विषयलाई कार्यान्वयनमा लैजान अवरोध सिर्जना गरेको भन्दै संघीय सरकारसँग प्रश्न गरेका हुन्। उनले संघीय सरकारलाई की काम आफूले गर्नु कि हामीलाई दिनु भन्दै जवाफ मागेका छन्।
शुक्रबार, जेठ ११, २०८१
गर्मीमा बालबालिकामा देखिने सात समस्या, कसरी जोगाउने?
यतिखेर तापक्रम उकालो लागेको लाग्यै छ। गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो। तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ। गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ। तर यो बेला भरपूर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ।
शुक्रबार, जेठ ११, २०८१
सुर्तीजन्य पदार्थ उत्पादकहरुले राजश्व नीति प्रभावित पार्न खोजे, भ्रम छरे: एक्सन नेपाल
एक्सन नेपालले बिहीबार एक पत्रकार सम्मेलन गर्दै सुर्तीजन्य पदार्थ उत्पादकहरुले राजश्व नीति प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका हो। भ्रमपूर्ण सन्देश फैलाउने चुरोट उद्योग र चुरोट उद्योगले दिएको भ्रमपूर्ण सन्देश प्रकाशन गर्ने पत्रिकामाथि कारबाही हुनु पर्ने माग एक्सन नेपालको छ।
बिहीबार, जेठ १०, २०८१
डाक्टरको निर्वाह भत्ता सुनिश्चितता नगर्ने मेडिकल कलेजले डिएम, एमसिएचको सिट नपाउने
चिकित्सा शिक्षा आयोगले जेठ ७ गते त्रिवि विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज, काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस र डिएम तथा एमसिएचको सिट माग दावी गरेका मेडिकल कलेजहरुलाई पत्र पठाउदै निर्वाह खर्च सुनिश्चितता नगर्ने मेडिकल कलेजलाई सिट पनि नदिने जनाएको हो।
बिहीबार, जेठ १०, २०८१
स्वास्थ्य मन्त्री यादवसँग के गुनासो गरे वीर अस्पतालका सेवाग्राहीले?
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा अनुगमन गर्दाको दृश्य हो यो। अनुगमनका क्रममा सर्वसाधारणका गुनासा सुन्न उनी त्यहाँ पुगेका थिए। सर्वसाधारणले फार्मेसीमा पसलमा औषधि नभएको पीडा पोख्दै थिए। मन्त्री यादवसामू धेरै सर्वसाधारणले स्वास्थ्य बीमा व्यवस्थित हुन नसकेको गुनासो गरेका थिए।
बिहीबार, जेठ १०, २०८१
स्वास्थ्य शिविर अनुभव : समयमै रोगको पहिचान र स्वास्थ्य चेतनाको सञ्चार
समग्रमा स्वास्थ्य शिविर सभ्य र भव्य हुनुका साथै बिरामीहरुलाई उपचार गर्ने, औषधी मात्र लेख्नु भन्दापनि सकेसम्म रोग लाग्न नदिने उपायहरु बताउनुका साथै रोग लागिहालेमा पनि समयमा नै पहिचान गर्नुका साथै उचित उपचार गर्नुपर्ने कुराको चेतना फैलाउन सकियो।
बिहीबार, जेठ १०, २०८१
आईपीभी खोपको महत्व र अभियान
भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुको स्वास्थ्यलाई बचाऔं। आफ्ना बालबालिकाहरुको भविष्य उज्वल बनाऔं। जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालिकाहरुको खोप लगाउन पाउनुपर्ने नैसर्गिक अधिकारबाट बन्चित नगरौं। जुनसुकै समयमा पनि चल्ने यस्ता महत्वपूर्ण अभियानलाई सफल पारौं।
बिहीबार, जेठ १०, २०८१
चिकित्सक लाइसेन्स परीक्षा प्रकाशित, ५४.६२ प्रतिशत उत्तीर्ण
एमबीबीएसतर्फ १ हजार ३५६ जना सहभागी थिए। उनीमध्ये ७ सय ५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन्। दुई जनाको नतिजा भने विथहेल्डमा राखिएको छ। बीडीएसतर्फ २९९ जना परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् ।
बुधबार, जेठ ९, २०८१
स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे। त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न गएका थिए। करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए।
बुधबार, जेठ ९, २०८१
भद्रपुरमा गर्भवतीलाई मह र घीऊ
गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमा तथा जन्मने शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै भद्रपुर नगरपालिकाले गर्भवतीलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ।
बुधबार, जेठ ९, २०८१
एक दशकमा बल्ल बन्यो स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन
भवन हस्तान्तरण भएसँगै गत वैशाख १६ गते स्वास्थ्य कार्यालय भाँडाको भवनबाट आफ्नै भवनमा सरेको प्रमुख तिवारीले जानकारी दिए। उनका अनुसार लामो समय अलपत्र छाडिँदा निर्माणमा प्रयोग गरिएका काठहरु कुहिएर अर्को फेर्नुपरेको थियो।
बुधबार, जेठ ९, २०८१
बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान
खुशी हुँदै मन्त्रालय पुगेका विद्यार्थीहरुलाई मन्त्री सुमना श्रेष्ठले शुभकामना दिएकी छन्। ‘नयाँ ठाँउमा नयाँ सँस्कृतिमा घुलमिल हुन समय लाग्छ। आफ्नो स्वास्थ्य र मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला। मिहेनत गरेर सफल भएर स्वदेशको सेवा गर्न फर्केर आउनुहोला,’ मन्त्री श्रेष्ठले भनिन्।
बुधबार, जेठ ९, २०८१
स्वास्थ्यमन्त्री यादवलाई एमाले स्वास्थ्य विभागले बुझायो १६ बुँदे ध्यानाकर्षण पत्र
नेकपा एमाले स्वास्थ्य विभागले विभिन्न माग राख्दै स्वास्थ्यमन्त्री प्रदीप यादवलाई ध्यानाकर्षण पत्र बुझाएको छ। जसमा एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन तथा सबै संघीय अस्पताल पूर्ण क्षमतामा संचालन गर्न माग गरिएको छ।
बुधबार, जेठ ९, २०८१
एकडारा गाउँपालिकालाई भिडियो एक्सरे मेसिन हस्तान्तरण
एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भिडियो एक्सरे मेसिनले अझ मद्दत गर्ने र भिडियो एक्सरेको सेवा शुरु भएपछि गर्भावस्थाको बारेमा जाँच गर्न अब जलेश्वर, जनकपुर पुग्नु पर्ने बाध्यता हट्ने बताए।
बुधबार, जेठ ९, २०८१
अल्का अस्पतालको आईभीएफ सेन्टर पनि अवैध, मन्त्रालयले दिएको छैन स्वीकृति
जवलाखेलस्थित अल्का अस्पतालले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति नै नलिई अवैध रुपमा टेस्टट्युब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गरिरहेको तथ्य फेल परेको छ। मध्यबानेश्वरस्थित भेनस अस्पतालले स्वीकृति नलिई आईभीएफ सेवा सञ्चालन गरिरहेको समाचार प्रकाशित भएको एक साता नबत्दै अल्का अस्पतालको आईभीएफ पनि अवैध रहेको तथ्य फेला परेको हो।
बुधबार, जेठ ९, २०८१
लूबाट नागरिकलाई जोगाउने तयारी गर्न गृह मन्त्रालयले गर्यो मातहतका निकायलाई परिपत्र
लूसम्बन्धी सन्देश उत्पादन र प्रसारणबारे तराई–मधेसका जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको बताए। परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र प्रसारण गर्न, उपयुक्त सन्देशको उत्पादन र प्रसारणमा स्थानीय एफएम र टेलिभिजनसँग सहकार्य गर्न, रेडियो, टेलिभिजनको सामाजिक सञ्जाल वा अनलाइनमार्फत पनि प्रचारप्रसारमा जोड दिन भनिएको छ।
बुधबार, जेठ ९, २०८१
डा शाही अमेरिकन अन्कोलोजी सोसाइटीको गाइडलाइन सल्लाह समूहका सदस्य
डा शाही पाटन अस्पतालमा कार्यरत छन्। नेपालमा रहेर क्यान्सरको उपचारमा सक्रिय उनले यसलाई अवसरका रुपमा लिएका छन्। क्यान्सर उपचारमा भइरहेका विश्वका अभ्यास, प्रयास र सफलता नेपालमा भित्र्याउन सघाउनुका साथै नेपालको अभ्यास विश्वमाझ पुर्याशउने मञ्चको रुपमा आफूले यो अवसरलाई लिएको उनले बताए।
बुधबार, जेठ ९, २०८१
सुर्तिजन्य पदार्थ उत्पादकले राजश्व नीति प्रभावित पार्न खोजेकोमा सरोकारवालाको आपत्ति
बुधबार, जेठ ९, २०८१
रुघा लाग्छ? यी घरेलु उपाय अपनाउने कि
संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई जीन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस्। रुघाको लागि झण्डै २०० प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन्। घरमा एक जनालाई वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स–साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ।
बुधबार, जेठ ९, २०८१
स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी कानुन प्रभावकारी कार्यान्वयनमा ल्याउन एनएमएको देशव्यापी कार्यक्रम
चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले राज्यले कानुनको प्रभावकारी कार्यान्वयनका लागि कदम नचाल्दा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढीरहेको बताए।
मंगलबार, जेठ ८, २०८१
ओखलढुंगाको शिद्धिचरण नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुँदै
सिविरमा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञडा मनोर दिन सैयद, नाक, कान तथा घाटी रोग विशेषज्ञ डा दिबित अधिकारी, नर्स सुनिला श्रेष्ठ, नर्स मञ्जु बस्याल, नर्स भगवति जमकट्टेल र फर्मासिस्ट दिपिका कँडेललगायतको टोली रहने अस्पतालका प्रबर्द्धन अधिकृत सन्जीव कँडेलले जानकारी दिए।
मंगलबार, जेठ ८, २०८१
ओखलढुंगा जिल्लामा निःशुल्क स्वास्थ्य शिविर हुँदै
ओखलढुंगा जिल्लाको शिद्धिचरण नगरपालिकामा निशुल्क स्वास्थ्य सिविरको आयोजना हुने भएको छ। सामाजिक संस्था जुनेली नेपालको सहकार्य शनिवार स्वास्थ्य सिविरमा सञ्चालन हुन लागेको हो।
मंगलबार, जेठ ८, २०८१
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
रोटरी क्लब अफ काठमाडौँ वेष्ट, नेपाल अपाङ्ग सङ्घ, अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडाैँ, भीमेश्वर नगरपालिका र पशुपति चौलागाईं स्मृति अस्पतालको संयुक्त आयोजनामा भएको शिविरलाई मेड-सोलुसन फाउन्डेसन स्विजरल्यान्डले प्रायोजन गरेको थियो । शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ पाँचजनाको टोलीसँगै एकजना वरिष्ठ एनेस्थेसिस्ट र पाँचजना नर्सले सेवा प्रवाह गरेका थिए।
मंगलबार, जेठ ८, २०८१
काठमाडौँका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकीमुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गर्नुपरेको जनस्वास्थ्य अधिकृत सुवेदीको भनाइ छ । 'नेपालबाट ती दुई देशमा आवतजावत भइरहने हुनाले यहाँ पनि सङ्क्रमणको जोखिम रहेको छ । त्यसैले जोखिमलाई मध्यनजर गरी खोप लगाउनुपर्ने अवस्था छ”, उनले भने।
मंगलबार, जेठ ८, २०८१
खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा स्वास्थ्य शिविर आयोजना,स्थानीय खुसी
जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकले खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा स्वास्थ्य शिविर आयोजना गरेको छ। गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी क्षेत्रको तालढुंगामा शिविर आयोजना गरेको हो ।
मंगलबार, जेठ ८, २०८१
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजारले लिए सेवा
दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं स्मृति अस्पतालमा आयोजित चारदिने निःशुल्क हार्डजोर्नी सर्जिकल शिविरमा एक हजार एक सय ९५ जनाले सेवा लिएका छन्।
मंगलबार, जेठ ८, २०८१
परदेशमा हृदयाघात: वर्षेनी बढ्दै नेपाली युवाको मृत्युदर
चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि वैशाखको दोस्रो सातासम्म (साढे ९ महिना) वैदेशिक रोजगारीमा रहेका १३६ जना नेपालीको हृदयाघातका कारण मृत्यु भएको छ। तीमध्ये हृदयाघातका कारण ज्यान गुमाउनेको संख्या धेरैजसो खाडी मुलुकमा रहेको बोर्डको तथ्यांकले देखाएको छ।
मंगलबार, जेठ ८, २०८१
गर्मीमा स्वस्थ रहन अपनाउनुपर्ने उपाय
उच्च वातावरणीय ताप र घामबाट बच्न छाताको प्रयोगसँगै हातखुट्टा ढाक्नेगरी कटनको खासगरी सेतो रङ्गको कपडा प्रयोग गर्नुहोस्। बाहिर हिँडडुल गर्दा सन ग्लास प्रयोग गर्नुस्। चिकित्सकको सल्लाह अनुसार एन्टी सन प्रोटेक्सन क्रिमको प्रयोग गर्नुहोस्। याद गर्नुस्, बजार, फार्मेसी वा व्युटी पार्लरमा पाइने यस्ता क्रिम विना स्किन टेस्ट प्रयोग गर्नु हँुदैन। किनभने यस्ता क्रिमले छालामा एलर्जिक रिएक्सन गरी कुरुप पनि बनाउन सक्छन् ।
मंगलबार, जेठ ८, २०८१
Previous
222
223
224
225
226
Next
सर्च गर्नुहोस्
×
Search