काठमाडौं- राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सा शिक्षा आयोगमा पनि बायोमेट्रिक गर्न सकिने भएको छ।
आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदनको लागी राष्ट्रिय परिचय पत्र बनाउन नसक्ने उम्मेदवारहरुलाई लक्षित गरी यस्तो सुविधा दिएको हो।
विद्यार्थीको सहजताका लागि चिकित्सा शिक्षा आयोगको कार्यालय सानोठिमी भक्तपुरबाट पनि राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ।
चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदनको लागी राष्ट्रिय परिचय पत्र आवश्यक पर्दछ।