काठमाडौं- कान्तिपुर डेन्टलमा कलेज, बसुन्धरामा न्यूरोमस्कुलर डेन्टिस्ट्री विभाग स्थापना भएको छ।
न्यूरोमस्कुलर डेन्टिष्ट्री विभागले अनुहारको हाड जोनीको समस्या, मोटोपन वा अन्य कारण घुर्ने समस्या, टाउको अनुहार दुख्ने समस्या, दाँत एवं अनुहारको आकृती नमिलेको समस्या खेलकुद सम्बन्धी दन्त चिकित्सा जस्ता समस्याहरुको लागि बिना शल्यकृया वा शल्यकृयाद्वारा सेवा दिन यो विभाग स्थापना गरिएको हो।
यस किसिमको बहु-विभागिय चिकित्सा सेवा एउटै छतमुनि विश्वभरमा विरलै मात्र स्थापना भएको पाइन्छ। यसमा न्यूरोमस्कुलर डेन्टिष्ट्री केनियोफेसियल सर्जरी, नाक कान घाँटी स्लिप मेडिसिन, न्यूरोलोजी, अर्थोडोन्टिक्स लगायत अन्य दन्त सेवा विभागहरुको सहकार्य रहनेछ।
यसमा संलग्न दन्त चिकित्सकहरु डा अंकित शाह, डा प्रतिक्षा श्रेष्ठ र वरिष्ठ केनियोफेसियल सर्जन डा सुमित सिंह लामो समयदेखि विश्व चर्चित उपाधिबाट सम्मानित भइसकेका छन्।
नेपालमा करिव दश जना मध्ये चार जनामा अनुहारको हाड जोर्नीको समस्या देखिन्छ। यस्ता समस्या भएका बिरामीहरु चेतना नभएको कारण अधिकतम हाड जोर्नी, नसा तथा नाक कान घाँटी विभागमा समाधानको लागि पुग्ने गर्दछन्। यस्ता बिरामीहरुको लागि लक्षित गरिएर विश्वकै उत्कृष्ठ उपकरणहरु आयात गरिएको छ।
कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले सर्वसाधारणमा अधिकतम संख्यामा देखिने तर जटिल नमानिने यस्ता समस्याको बहु- विभागिय दन्त चिकित्सा सेवा प्रदान गर्न चिकित्सा शास्त्र अन्तर्गत दन्त स्वास्थ्यको दशौं विधाको रुपमा यो विभाग स्थापना गरिएको जानकारी दिए।