डेल्युजनल डिसअर्डर एक प्रकारको साइकोसिस (मनोरोग) हो। बिरामीले लगातार एउटा वा बढी भ्रममा रहन्छ। भ्रम, आफैंमा एउटा मानसिक समस्याको लक्षण हो, जसमा त्यसविरुद्ध वस्तुनिष्ठ सबुत प्रमाण भएपनि बिरामीले गलत तर अटल विश्वास मनमा राख्दछ।
डेल्युजनल डिसअर्डरको महामारी सिजोफ्रेनियाभन्दा केही कम छ। यसको सुरुवातको उमेर चालिसको छेउछाउ हो।
डेल्युजनल डिसअर्डरका उप-प्रकारहरू के के हुन्?
- पर्सिक्युटरी (अरुले आफुलाई हानी नोक्सानी पुर्याउने भ्रम)
- ग्रान्डियोज ( एकदमै आडम्बरी)
- हाइपोकोन्ड्रियाकल/सोम्याटिक (आफूलाई कुनै ठुलो रोग लागेको भ्रम)
- जेलस (ईर्ष्या)
- लिटिजियस ( मुद्दा मामिला गर्ने खाले)
- रिफरेन्सियल (अरुले आफ्नो कुरा काट्दैछ भन्ने भ्रम)
- इरोटोमेनियाक ( कामवासनामा उन्मादी)
डेल्युजनल डिसअर्डर हुनुको कारण के हो ?
डेल्युजनल डिसअर्डर हुनुको कारण धेरै जटिल छ, तर जन्मजात र अनुवांशिक कारक स्पष्ट भइसकेको छैन। शारीरिक दृष्टिकोणबाट हेर्दा, बिरामीको दिमाग भित्रको लिम्बिक प्रणाली र व्यासल ज्ञाङ्ग्लियामा केही त्रुटिहरु हुनसक्छन्। तथापी, सबैभन्दा महत्वपूर्ण कारकहरु मनोसामाजिक विकासका अबरोधहरु हुन्। जस्तै बाल्यकालमा दुर्व्यवहार, अरुसँग पारस्परिक विश्वास स्थापना गर्न नसक्नु, खरारब वातावरणमा हुर्काइबढाई आदि। अरु कारकहरुमा कम सुन्ने, कम देख्ने, आप्रवासन, एक्लै बस्नु, शंकालु र संवेदनशील स्वभाव र उमेर बढेसँगै हुने परिवर्तनहरु समावेश छन्।
डेल्युजनल डिसअर्डर कसरी अगाडि बढ्छ ?
बिरामीका भ्रमहरु, उचित उपचार बिना, सम्भवतः जीवनभर त्यसै रहन्छ । डेल्युजनल डिसअर्डरको उपचारको प्रभावकारीता, यद्यपि सिजोफ्रेनिया वा एफेक्टिभ डिसअर्डरको तुलनामा अनुकूल नभएता पनि ५० प्रतिशत मामलाहरुमा पूर्ण स्वास्थ्य लाभ वा लक्षणहरु कम गर्न सकिन्छ। डेल्युजनल डिसअर्डरमा हुने मनोसामाजिक हानि यद्यपि पर्याप्त भएता पनि, सिजोफ्रेनिक अवस्थामा पहिले नै कम गम्भीर हुन्छ। तथापी, आफ्नो मानसिक रोगको अन्तर्दृष्टिमा कमी हुनाले बिरामीले उपचार गर्न अस्वीकार गर्दछन्। लक्षणहरु अझ बढ्दै जान्छन्।
डेल्युजनल डिसअर्डरको लागि उपचार विकल्पहरु के-के छन् ?
१. औषधीको उपचार
एन्टिसाइकोटिक औषधीहरुले बिरामीको भ्रमलाई कम गर्न सक्छ र कहिलेकाहिँ त उन्मूलन नै गर्दछ। यसले मानसिक लक्षणहरु जस्तै चिन्ता, चिडचिडापन र सुनुमा समस्यालाई पनि कम गर्दछ । धेरै बिरामीहरु औषधीहरु प्रति शंकालु हुने र उनीहरु त्यसको दुस्प्रभावसँग संवेदनशील हुनसक्ने हुनाले, डाक्टरले होशियार भएर औषधीहरुको कम मात्राबाट सुरु गर्नुपर्छ। बिरामीको शंकाबाट डाक्टरहरु जोगिन यसलाई बिस्तारै बढाइन्छ।
डेल्युजनल डिसअर्डरबाट पीडित धेरैजसो बिरामीहरुले उपचार लिन नमान्ने हुनाले, बिरामी र डाक्टरबीचको सम्बन्ध महत्वपूर्ण हुन्छ। यदि, डाक्टरले बिरामीको विश्वास जित्न सक्यो र राम्रो डाक्टर बिरामी सम्बन्ध स्थापित गर्न सकेमा बिरामीले औषधीहरु लिन गर्ने प्रतिरोध कम हुन्छ। उनीहरुले आफूमा मानसिक रोग भएको विश्वास नगरे तापनि उनीहरुले औषधीहरु खानुपर्ने डाक्टरको सल्लाह मान्न सक्छन्।
२. मनोचिकित्सा
राम्रो असर हुनको लागि मनोचिकित्सालाई औषधोपचारसँग जोड्नुपर्छ। थेरापिस्टले बिरामीसँग उसको भ्रमको सामग्री बारेमा हुनसक्ने कडा प्रतिरोधबाट जोगाउनेछ तर उनीहरुलाई वास्तविकताको बारेमा सही समयमा प्रतिबिम्बित गर्दछ। अपवर्तक मामलाहरुको सामना गर्नको लागि, केस डाक्टरले बिरामीहरुलाई खुसी जिन्दगी बाँच्न मद्दत गर्न सक्छन् र उनीहरुको भ्रमसित नै शान्तसँग बाँच्न दिन सक्छन् ।
डाक्टरले बिरामीको भित्र मुटुहरुमा भएको क्रोधपना, असहायपन र लाजलाई पनि बुझ्ने प्रयास गर्दछन् र उनीहरुको भित्री निराशालाई समाधान गर्न सहयोग गर्दछन् । साथ-साथै, डाक्टरले बिरामीलाई अचानक तनावहरु हुँदा सकारात्मक तरिकाले कसरी संकटलाई सामना गर्ने भनेर सिकाउँदछन्।
(विभिन्न स्रोतहरुको सहयोगमा)