काठमाडौं - नेपाल नर्सिङ काउन्सिलको प्रविणता प्रमाणपत्र तह (पीसीएल)नर्सिङको लाइसेन्स परीक्षामा यसपटक १७.४४ प्रतिशत उत्तीर्ण परीक्षार्थी मात्रै उतीर्ण भएका छन् ।
काउन्सिलका अनुसार यस पटकको पीसीएल नर्सिङको लाइसेन्स परीक्षामा ६४५ ले फर्म भरेका तथा ६०२ जना सहभागी थिए, जसमध्ये १०५ जना उत्तीर्ण भएका हुन् । जुन १७.४४ प्रतिशत हो।
त्यस्तै बीएस्सी नर्सिङ तर्फ २१७ ले फर्म भरेका तथा २१० जना सहभागी थिए, जसमध्ये ९६ जना पास भएका छन् । जुन ४५.७१ प्रतिशत हो। यस्तै विशेषज्ञ नर्सतर्फ ९८ले फर्म भरेका तथा ८९ जना सहभागी थिए,जसमध्ये ५० जना पास भएका छन्,जुन ५६.१८ हो।
त्यस्तै बीएमएस (व्याचलर अफ मिडवाइफ्री)तर्फ २८ ले फर्म भरेका तथा २७ जना सहभागी थिए,जसमा सबै २७ जना नै अर्थात् शत प्रतिशत नै पास भएका काउन्सिलले जनाएको छ।
नयाँ आएका फ्रेस बिद्यार्थी नभई पहिला नै अनुतीर्ण भएका बिद्यार्थी भएकाले नतिजा कमजोर देखिएको नेपाल नर्सिङ काउन्सिलकी रजिस्ट्रार शुक्ला खनाल बताउँछिन् । पिसिएल नर्सिङको परीक्षा दिएकाहरु धेरै भारतबाट पढेर आएका बिद्यार्थी भएको उनले जानकारी दिइन्।
मिडवाइफ्रीमा स्किल पनि परीक्षण हुने भएकोले नतिजा राम्रो आएको उनी बताउँछिन्।