मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
फोहोर व्यवस्थापन उपकरण खरिद प्रकरण: अटोक्लेभको मूल्यसँग तुलना गरेर खरिद रोक्न खोज्दै प्रदेश सभा सदस्यहरु
सुदूरपश्चिम प्रदेश सरकारले एकीकृत फोहोर व्यवस्थापन प्रणाली जडान कार्यक्रम अन्तरगत चार अस्पतालकाका लागि चिकित्सा फोहोर मोडेल प्रकारको मेडिकल वेस्ट माइक्रोवेभ कीटाणुशोधन उपकरण खरिद गर्न लागेको छ। तर, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु भने ‘अटोक्लेभ’ उपकरणमा बढी मूल्य राखेर खरिद गर्न लागेको भन्दै रोक्ने तरखरमा छन्।
शुक्रबार, फागुन ११, २०८०
चितवन मेडिकल कजेज र भरतपुर महानगरपालिका १० बीच उपचारमा छुटसम्बन्धी सम्झौता
चितवन मेडिकल कजेज र भरतपुर महानगरपालिका वडा नम्बर १० बिच उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा चितवन मेडिकल कलेजको तर्फबाट व्यवस्थापक पारस अधिकारी र वडाध्यक्ष परमेश्वर खनालले हस्ताक्षर गरेका छन्।
शुक्रबार, फागुन ११, २०८०
डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर : ८५ जना लाभान्वित
जिल्ला अस्पतालमा सञ्चालित पाँचदिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार छ सय ८५ जना लाभान्वित भएका छन्। जिल्ला अस्पताल डोटीमा आइतबारदेखि बिहीबारसम्म आयोजना गरिएको शिविरमा एक हजार छ सय ८५ जनाको स्वास्थ्य जाँच गरिनुका साथै ७७ जनाको शल्यक्रिया गरिएको थियो।
शुक्रबार, फागुन ११, २०८०
एमालेले शुक्रबार पनि माग्याे स्वास्थ्यसहित तीन मन्त्रीकाे राजिनामा
प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन मन्त्रीहरुको राजिनामा माग गरेको छ। एमालेले संसद शुरु भएदेखि नै लगातार रुपमा तीनमन्त्रीको राजिनामा माग गरेको हो ।
शुक्रबार, फागुन ११, २०८०
‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै बीपी क्यान्सर अस्पताल
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ। चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो।
शुक्रबार, फागुन ११, २०८०
रास्कोट नगरपालिका ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ३८ जनाले लिए सेवा
रास्कोट नगरपालिकामा मेयर हेल्थ केयर कार्यक्रमअन्तर्गत हरेक वडामा एकजना एमबिबीएस डाक्टरसहितको टोली पुगेर जनताको स्वास्थ्य परीक्षण गरिएको नगरप्रमुख शाहीले जानकारी दिए।
शुक्रबार, फागुन ११, २०८०
आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौँका छ लाख बालबालिका समेटिँदै
काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् । काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ।
शुक्रबार, फागुन ११, २०८०
स्वास्थ्यमन्त्री बस्नेतलाई हटाउन चौतर्फी दबाब : एमाले केन्द्रीय कमिटी बैठकले गर्यो वर्खास्त गर्न माग
केन्द्रीय कमिटीको बैठकले सरकारले द्वैध चरित्र देखाएको ठहर गर्दै तत्काल वर्खास्त गर्न माग गरेको हो। निर्णयमा भनिएको छ, 'तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्न माग गर्दछ।'
शुक्रबार, फागुन ११, २०८०
बच्चाले मन पराउने कटन क्यान्डीमा भेटिन्छ क्यान्सरको कारक 'रोडामाइन बी'
फ्याक्ट्रिबाट निस्किने रोडामाइन बी पर्यावर र भुजल समेत प्रदूषित गरिरहेको छ। चेन्नइको एक सरकारी अस्पतालमा फार्माकोलोजी विभाग प्रमुख रहेका एस चन्द्रशेखरका अनुसार रोडामाइन बीबाट लिभरलाई समेत हानी पुग्छ।
शुक्रबार, फागुन ११, २०८०
यसपटक पनि चितवनमा नै फर्मा एक्स्पो किन?
नेपाल फर्मा एक्स्पो सन् २००५ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आइरहेको छ। पहिलोदेखि छैटौसम्म फर्मा एक्स्पो काठमाडौँमा भएको थियो भने सातौ देखि नवौंसम्मको एक्स्पो चितवनको भरतपुरमा हुँदै आएको छ। काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पोमा सातौ संस्करणदेखि लगातार चितवनमा हुँदै आएको छ।
शुक्रबार, फागुन ११, २०८०
स्वास्थ्यमन्त्री बस्नेतलाई लक्षित गर्दै गगन थापाले भने- दाग लागेका मन्त्रीलाई घर पठाउँ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन्। महासमिति बैठकको समापन समारोहमा बोल्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई लक्षित गर्दै यस्तो बताएका हुन्।
बिहीबार, फागुन १०, २०८०
सुर्खेतका ३२ हजार बालबालिकालाई दादुरा-रुबेला खोप लगाइँदै
पहिलो चरणमा सुर्खेतको गुर्भाकोट, भेरीगङ्गा, लेकबेँसी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिकामा यही फागुन १३–१५ र दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका तथा चौकुने र सिम्ता गाउँपालिकामा खोप लगाइने कार्यालय प्रमुख गौतमले बताए।
बिहीबार, फागुन १०, २०८०
चिकित्सा शिक्षा आयोगले स्वास्थ्य व्यवसायी परिषदलाई भन्यो- कलेज अनुगमनको काम आयोगको कार्यक्षेत्र हो
स्वास्थ्य व्यवसायी परिषदले कलेजहरुको अनुगमन गर्ने भन्दै सार्वजनिक गरेको सूचनामा चिकित्सा शिक्षा आयोगले ध्यानाकर्षण गर्दै कानुन विपरित काम नगर्न भनेको छ। परिषदले कलेजहरुको अनुगमन गर्ने र त्यसका लागि शुल्क बुझाउन कलेजहरुका नाममा सार्वजनिक सूचना जारी गरेको थियो।
बिहीबार, फागुन १०, २०८०
उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई आर्थिक सहयोग
उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ। पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण ३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो।
बिहीबार, फागुन १०, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालन
प्रतिष्ठानले ३० शय्याको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो। प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए।
बिहीबार, फागुन १०, २०८०
त्रिविको उपकुलपतिमा प्राडा बराल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन्।
बिहीबार, फागुन १०, २०८०
कालिकोटका १७ हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै
कालिकोटमा नौ महिना देखि पाँच वर्ष मुनिका १७ हजार ४ सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ। जिल्लाका नौ वटै स्थानीय तहका २ सय २७ खोप केन्द्र बाट दादुरा–रुबेला खोप लागाउने तयारी भइरहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक बहादुर महतले बताए।
बिहीबार, फागुन १०, २०८०
स्वास्थ्य संस्थामा गरिने परीक्षण र उपचारको शुल्क निर्धारण गर्न सांसद कार्कीको माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरुले गर्ने परीक्षण र उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छन्।
बिहीबार, फागुन १०, २०८०
भक्तपुर अस्पतालमा नयाँ भवनबाट सेवा विस्तार
भक्तपुर अस्पतालले पहिलोपटक आफ्नो सुविधासम्पन्न नयाँ अस्पतालबाट स्वास्थ्य सेवा विस्तार गरेको छ। वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्।
बिहीबार, फागुन १०, २०८०
जिब्रोको स्वाद र मोटोपनको समस्या
त्यसैगरी नक्सालकी पारु श्रेष्ठ (३३ वर्षिय) ले पनि आप्mनो तौल ७५ केजीबाट ६० केजी (१० महिनाभित्र) झारेकी थिइन्। उनी विवाहअघि ५६ केजी थिइन्। अग्ली, पातली पारु सुन्दर देखिन्थिन् तर विवाहपछि उनको खाने क्रम बढ्न थाल्यो। एक बच्चा पाएपछि त झन् चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जिउ त पैmलिंदै गयो। उनका बुबा ३० वर्ष नपुदै मधुमेहले बित्नुभएको थियो। आमा र बहिनी दुवै मधुमेहको औषधि खाने गरेका छन्।
बिहीबार, फागुन १०, २०८०
गोकर्णमा २८ करोडको सुविधा सम्पन्न नगर अस्पताल शिलान्यास
काठमाडौ क्षेत्र नम्वर ३ को गोकर्णमा १५ शथ्याको सुविधा सम्पन्न आधुनिक अस्पताल बन्ने भएको छ। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिहिबार अस्पताल भवनको उद्घाटन गर्दै अबको तीन वर्षमा यो अस्पतालले उत्कृष्ट सेवा दिने दावी गरे।
बिहीबार, फागुन १०, २०८०
अख्तियारले बयान लिइसकेका स्वास्थ्यमन्त्री पदमा बसिरहनु दुर्दशापूर्णः रघुजी पन्त
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले झन्डा हल्लाउँदै अख्तियारमा बयान दिन जानु दुर्दशापूर्ण दृश्य देख्नुपरेको भन्दै अख्तियारले बयान लिइसकेको मन्त्री पदमा बसिरहन नमिल्ने बताएका हुन्।
बिहीबार, फागुन १०, २०८०
विद्यार्थी बेहोस हुन थालेपछि कपिलवस्तुको नेपाल आदर्श उच्च माध्यमिक विद्यालय विद्यालय बन्द
पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्च्याउने, रुनेलगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको हो । विद्यार्थीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले बताए। बुधबार मात्र १० जनाभन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक पोखरेलले बताए।
बिहीबार, फागुन १०, २०८०
'पोएट आइडल'मा वाहवाही कमाइरहेकी डाक्टर
दोस्रो चरणमा पुगेकी उनको प्रस्तुतिपछि निर्णायकहरु अनुप बराल र उपेन्द्र सुब्बाले फाइनलमा देख्न चाहेको बताएका छन्। मुस्कानले दोस्रो चरणको प्रस्तुतिमा आफू बंगलादेशमा पढिरहँदा देशबारे गरेको अनुभूतिलाई कविताका रुपमा प्रस्तुत गरेकी थिइन्।
बिहीबार, फागुन १०, २०८०
अमेरिकामा नेपाली नर्सको क्यान्सरबाट मृत्यु, लास नेपाल ल्याउन गोफन्डमीबाट सहयोग जुटाइँदै
उनी रोजगारमा आधारित तेस्रो श्रेणीको ग्रिनकार्डमा अमेरिका पुगेको बताइएको छ। निकै पेट दुख्न थालेपछि चेकजाँच गराउँदा आन्द्राको क्यान्सरको देखिएको थियो। चौथो चरणको क्यान्सर भएको पत्ता लागेपछि उनको उपचार सम्भव भएन र केहीदिनअघि मृत्यु भएको थियो।
बिहीबार, फागुन १०, २०८०
युएसएमएलई नतिजा रद्द गर्ने निर्णय रोक्ने आदेश दिन अदालतद्वारा अस्वीकार, नेपाली डाक्टर निराश
बुधबार दुबै पक्षलाई न्यायाधिस क्रिस्टोफर कुपरका अघि उपस्थित गराइएको थियो। दुवै पक्षले आफ्ना दाबी पेश गरेका थिए। दुवै पक्षको तर्क सुनेपछि अदालतले नतिजा रोक्न युएसएमएलईलाई आदेश दिन अस्वीकार गरेको हो। उक्त निर्णयबाट प्रभावित नेपाली डाक्टरले युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमा मुद्दा दायर गरेका थिए।
बिहीबार, फागुन १०, २०८०
नवौं फर्मा एक्स्पो र यसले जन्माएका जिज्ञासा
कम समयमा राम्रो मेसिनले कमी कमजोरीहरुलाई हटाउँदै औषधि उत्पादनको कार्यलाई अगाडि बढाउनका लागि यस नवौं एक्स्पोले सहयोगी भूमिका खेल्नेमा हामी औषधि उत्पादकहरु विश्वस्त रहेका छौं। नेपालको वैज्ञानिक आधारमा सञ्चालित उद्योगहरुमध्ये अग्र पंक्तिमा औषधि उद्योग पर्छ। नेपालमा औषधि उद्योगजस्तो वैज्ञानिक अन्य उद्योग नै रहेको छैन।
बिहीबार, फागुन १०, २०८०
मान्छेले किन नङ टोक्ने गर्छन्?
केही खराब आचरणका कारण मानिसको स्वास्थ्यमा त प्रतिकूल प्रभाव परेको हुन्छ नै, समूहमा बस्दा समेत घृणाको पात्र बन्न सक्छ। यस्तै खराब स्वभाव हो नङ टोक्ने। यो साझा र निकै फोहोरी बानी हो। तैपनि लाखौं मानिसले नङ टोक्न छाडेका छैनन्। आखिर किन यस्तो भइरहेको छ त ?
बिहीबार, फागुन १०, २०८०
स्वास्थ्य सेवा दिवसमा पुरस्कृत गर्न उत्कृष्ट कर्मचारीको नाम सिफारिस गर्न मन्त्रालयको अनुरोध
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ। मन्त्रालयले हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गर्छ।
बुधबार, फागुन ९, २०८०
राधा क्यान्सर सचेतना तथा महिला हिंसा बिरुद्ध पत्रकारिता पुरस्कारबाट पवित्रा सुनार सम्मानित
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष नगद २० हजार रुपैयाँ राशीको राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने गरिएको छ। उक्त पुरस्कारका लागि यस वर्ष परेका आवेदकमध्येबाट उनलाई छनोट गरिएको बताइएको छ।
बुधबार, फागुन ९, २०८०
Previous
256
257
258
259
260
Next
सर्च गर्नुहोस्
×
Search