चितवन- चितवन मेडिकल कजेज र भरतपुर महानगरपालिका वडा नम्बर १० बिच उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा चितवन मेडिकल कलेजको तर्फबाट व्यवस्थापक पारस अधिकारी र वडाध्यक्ष परमेश्वर खनालले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार अस्पतालले वडाले प्रिन्ट गरेका सम्पूर्ण सदस्यहरुलाई उपचार सेवामा ५० प्रतिशत छुट दिनेछ भने अस्पतालको फार्मेसीले पनि ७ प्रतिशत छुट दिनेछ।
सो छुट अस्पतालको ओपीडी र इमरजेन्सी टिकटमा पनि लागू हुने छ।
![6303bea7-9ed4-4f5a-a329-a81e7eec2c2f](https://npcdn.ratopati.com/media/news/6303bea7-9ed4-4f5a-a329-a81e7eec2c2f_7bcfgZ4MF7.jpg)
![13dd49d3-d071-40fa-94e4-b81e47711efb](https://npcdn.ratopati.com/media/news/13dd49d3-d071-40fa-94e4-b81e47711efb_XLxf5xfLBD.jpg)