मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
दन्त सामग्री वितरक संघको आयोजनामा तीन दिने 'नेपडेन्ट' सम्मेलन हुँदै
नेपालमा दोस्रोपटक हुन लागेको उक्त सम्मेलन भुकुटीमण्डपमा हुन लागेको संघका प्रवक्ता शेखर सुवेदीले बताए। सम्मेलनमा ५ हजार भन्दा बढीको अवकलोनकर्ताहरुले अवलोकन गर्ने सुवेदीले बताए। यसभन्दा अघि संघले गोदावरीमा यस प्रकारको सम्मेलन सम्पन्न गरेको थियो।
बुधबार, फागुन ९, २०८०
आर्थिक मन्दीको असर: उद्योगको संख्या थपिँदै तर बजार हिस्सा गुमाउँदै नेपाली औषधि
एपोनले संकलन गरेको खुत्रुके तथ्यांक बुधबार खोलिएको हो। उक्त तथ्यांक अनुसार गत वर्ष नेपालमा नेपाली उद्योगीहरुको झण्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो। तर यो वर्ष २९ अर्ब ३६ करोड मात्र कारोबार भएको छ।
बुधबार, फागुन ९, २०८०
सिन्धुपाल्चोक: आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन्। मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको थियो।
बुधबार, फागुन ९, २०८०
बैतडीमा फागुन १६ देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने
यही फागुन १६ देखी बैतडीमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ। देशभर १३ गतेदेखी सञ्चालन हुने भएपनि बैतडीमा नियमीत खोपलाई असर पर्ने भएकाले १६ गतेबाट अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए।
बुधबार, फागुन ९, २०८०
तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी जारी
सरकारी समाचार समिति सिन्ह्वाले एनएमसीले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, जनतालाई न्यानोमा बस्न सल्लाह दिएको र बाली र जलीय उत्पादनको सुरक्षाका लागि आवश्यक उपाय गर्न आग्रह गरेको बताएको छ।
बुधबार, फागुन ९, २०८०
झण्डै सवा अर्ब लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स सञ्चालन
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ। गैरआवासीय नेपाली समेतको लगानीमा सुरु भएको उक्त औषधि उद्योग काठमाडौंमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले औपचारिक शुभारम्भ गरेका हुन्।
बुधबार, फागुन ९, २०८०
स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा जोशीले पदभार सम्हाले
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रमोद जोशीले पदभार सम्हालेका छन्। गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको थियो।
बुधबार, फागुन ९, २०८०
५० प्रतिशत औषधि उद्योग बन्द हुने अवस्था आउनसक्छ [अन्तर्वार्ता]
नेपालमा कति प्रतिशत औषधिको खपत छ भनेर सरकारसंग यकिन तथ्यांक छैन। साधारण अनुमानित तथ्यांक हामीसंग रहेको छ। नेपालमा ९० अर्ब रुपैयाँ बराबरको औषधिको बजार रहेको छ। त्यसमध्ये नेपाली औषधिको ३४ अर्ब बराबरको बजार हिस्सा रहेको छ। नेपाल औषधि उद्योगले उत्पादन गर्ने ७०० देखि ७५० प्रकारको मोलिक्युलको हकमा नेपाली औषधि उद्योगको बजार हिस्सा ७० प्रतिशत रहेको छ।
बुधबार, फागुन ९, २०८०
काठमाडौँ महानगरको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध, कसरी लिने निःशुल्क सेवा?
काठमाडौँ महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन्।
बुधबार, फागुन ९, २०८०
डर्म्याटोलोजिस्ट डा रुपक घिमिरेको कथामा फिल्म ‘रुखान’ बन्ने
यो फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा फिल्म बन्ने छ। फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ।
बुधबार, फागुन ९, २०८०
बागमती प्रदेशमा विकास निर्माणलगायत सबै काममा मानव स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्ने निर्देशिका पारित
बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो।
बुधबार, फागुन ९, २०८०
हिमाल अस्पताल, अन्नपूर्ण न्युरो र बयोधा अस्पतालको फोहर व्यवस्थापनमा भेटियो त्रुटि, सुधार गर्न काठमाडौं महानगरको निर्देशन
माइतीघर मण्डला नजिकै रहेको अन्नपूर्ण न्युरो अस्पताल र बल्खुमा रहेको बयोधा अस्पतालको फोहोर व्यवस्थापन चक्रको अनुगमन गर्दा अभ्यासमा समान खालका त्रुटि भेटिएको महानगरले जनाएको छ। 'प्रकृतिअनुसारको फोहोर राख्ने बाल्टिनको रङ्ग फरक हुनु नै पहिलो त्रुटि हो । स्रोतमा वर्गीकरण भए पनि फोहोर ढुवानी गर्ने कर्मचारीहरुलाई तालिम नभएका कारण सामान्य फोहोर र संक्रमणयुक्त फोहोर मिसिन सक्ने जोखिम छ,' महानगरले अनगुमनपछि भनेको छ।
बुधबार, फागुन ९, २०८०
युएसएमएलईबिरुद्ध नेपाली डाक्टरले हालेको मुद्दाको सुनुवाई आज हुँदै
बुधबार, फागुन ९, २०८०
छोराका बाआमा बने विराट र अनुष्का
जहाँ उनीहरुले भनेका छन्, 'तपाईंको शुभेच्छा सदा छँदैछ। कृपया हाम्रो प्राइभेसीको ध्यान दिनुहोला।' उनीहरुले बच्चाको जन्म कहाँ भएकोबारे नबताएपनि त्यचसअघि नै उद्योगी हर्ष गोयन्काले ट्विटमा 'टू बी बर्न इन लन्डन' लेखेका थिए। त्यसैले लन्डनमा उनीहरुले सन्तानलाई जन्म दिएको बताइएको छ।
बुधबार, फागुन ९, २०८०
युएसएमएलईको अदालतलाई जवाफ- ९० सेकेन्ड लाग्ने उत्तर नेपालीले ३० सेकेन्डमै दिए, गलत जवाफ पनि हुबहु
नेपाली डाक्टरहरुको संख्या अनपेक्षित रुपमा बढेको तथ्यांक पनि अदालतमा पेश गरिएको छ। सन् २०२० मा स्टेप १ को परीक्षा दिने नेपाली डाक्टरहरुको संख्या ३६३ रहेकोमा २०२२ मा ६४९ र २०२३ मा ९८१ पुगेको उल्लेख छ। स्टेप २ को परीक्षा दिने नेपालीहरु सन् २०२१ मा २३० जना रहेकोमा २०२२ मा ४४८ र २०२३ मा ६४१ पुगेको देखाइएको छ ।
बुधबार, फागुन ९, २०८०
महधुमेह र आयुर्वेद चिकित्सा
आयुर्वेदको शाब्दिक अर्थ जीवनको विज्ञान भन्ने हुन्छ। यसको प्राथमिक उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गरी स्वास्थ्यको उच्चतम अवस्था हासिल गर्ने र तत्पश्चात रोग लागि हालेमा रोगको उपचार गर्ने हो। स्वस्थ व्यक्तिको परिभाषा अन्तर्गत शारीरिक, मानसिक, भावनात्मक साथै आध्यात्मिक पक्षहरूको सन्तुलन भन्ने बुझिन्छ।
बुधबार, फागुन ९, २०८०
दादुरा-रुबेला खोप अभियान र यसको महत्व
दादुरा रुबेला रोग लागेको १ जना ब्यक्तिले १८ जनासम्मलाई दादुरा रुबेला रोग सार्न सक्दछ। त्यसैले यो रोगबाट सुरक्षित रहन सम्पुर्ण बालबालिकालाई अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं।
बुधबार, फागुन ९, २०८०
असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु
नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु हुने गरेको हालैको एक अध्ययनले देखाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज आयोजित प्रदेशस्तरीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गोष्ठीमा अध्ययनबारे जानकारी दिइएको हो।
मंगलबार, फागुन ८, २०८०
४५ प्रतिशत क्षयरोगका बिरामी उपचारभन्दा बाहिर, वार्षिक १७ हजार मानिसको मृत्यु हुने अनुमान
क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारभन्दा बाहिर रहेको पाइएको छ। राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले रोग पहिचान भएकामध्ये अझै ४५ प्रतिशत बिरामी उपचारको दायरामा ल्याउन नसकिएको बताए।
मंगलबार, फागुन ८, २०८०
इथियोपियामा हैजा प्रकोप विरुद्ध लड्न डब्लुएचओद्वारा १७ वटा हैजा उपचार केन्द्र स्थापना
त्यसमा आवश्यक चिकित्सा उपकरणले सुसज्जित ७१८ शैया क्षमताको हैजा उपचार केन्द्रमा स्क्रिनिङ र ट्राइज, अवलोकन, भर्ना, रिकभरी, फोहोर व्यवस्थापन, लुगा धुने, क्लोरिन तयारी, भान्छा लगायतको व्यवस्थापन गरिएको छ ।
मंगलबार, फागुन ८, २०८०
दिमागलाई तेजिलो कसरी बनाउने?
संसार द्रुत गतिमा बदलिरहेको छ, प्रविधिहरू दिनदिनै परिष्कृत बन्दै गइरहेका छन् भने हाम्रो दैनिक जीवनमा निरन्तर परिवर्तन भइरहेका छन्। अहिले हामी जेजे गरिरहेका छौँ त्यो सबैका लागि भनेर हाम्रो दिमाग बनाइएको थिएन। तर पनि हामीले आफूलाई यस आधुनिक संसारमा राम्रो ढालेका छौँ। लगातार भइरहने परिवर्तनअनुसार आफूलाई बदलिरहेका छौँ।
मंगलबार, फागुन ८, २०८०
ॐ हस्पिटल र लेमन ट्रि प्रिमियरबीच सेवा सहकार्य सम्झौता
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि चाबहिल काठमाडौं र लेमन ट्रि प्रिमियर होटल बुढानिलकण्ठ बीच सेवा सहकार्य सम्झौता भएको छ।
मंगलबार, फागुन ८, २०८०
एकै स्थानीय तहका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया
नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मेहलकुना र गुर्भाकोट नगरपालिकाको सहकार्यमा गत माघ १७ गते देखि फागुन १ गतेसम्म वडास्तरमा संचालित आँखा शिविरमा आँखा जाँच गर्दा मोतिबिन्दुको समस्या देखिएका ४०० बिरामी मध्य ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ।
मंगलबार, फागुन ८, २०८०
प्रजातान्त्रिक चिकित्सक संघसहित ५ शुभेच्छुक संस्थाले गरे कांग्रेस महासमिति बैठक बहिष्कार
ती संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै महासमिति बैठक बहिष्कार गरेको जनाएका छन्। उनीहरुले विधानको दफा १८ (१) (घ) अनुसार प्रत्येक शुभेच्छुक संस्थाबाट तीन/तीन जना प्रतिनिधित्व गराइनुपर्ने व्यवस्था प्रतिकुल हुने गरी महासमिति बैठक अघि बढेकोले बहिष्कार गरेको जनाएका छन्।
मंगलबार, फागुन ८, २०८०
नेपाली विद्यार्थीको नतिजा रद्द गर्नुको कारण खुलाउँदै युएसएमएलईले अदालतलाई बुझायो ५७ पेजको जवाफ
नेपाली डाक्टरको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन (युएसएमएलई) रद्द गर्नुको कारण खुलाउँदै नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले अदालतमा जवाफ पेश गरेको छ। अमेरिकाको वासिङ्टन डिसीमा चलिरहेको मुद्दामा प्रतिवादी नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले स्कोर रद्द गर्नुपर्नाको कारण दाबी गर्दै ५७ पेजको तर्क अदालतमा पेश गरेको त्यहाँबाट प्रकाशित हुने नेपयोर्कले उल्लेख गरेको छ।
मंगलबार, फागुन ८, २०८०
लुम्बिनी अस्पतालको अवलोकनपछि बेलायतका विकासमन्त्री एन्ड्र्युले भने- मातृशिशु स्वास्थ्य तथा पोषण कार्यक्रममा सहयोग बढाउँछौं
मंगलबार, फागुन ८, २०८०
'दंगल'स्टार सुहानीको १९ वर्षको उमेरमै ज्यान लिने डर्मेटोमायोसाइटिस के हो?
विशेषगरी ५ देखि १४ सालका बच्चा र ४० भन्दा माथिको वयष्कलाई हुने गर्छ। बच्चामा कहिलेकाहिँ तीव्र रुपमा यो बढ्न थाल्छ। उनका अनुसार अभिनेत्री सुहानीमा पनि यसैगरी तीव्र रुपमा बढेको हुन सक्छ। शरीरलाई हानी गरिरहेको इम्युन सिस्टम काबुमा राख्न इम्यूनोसप्रसेन्ट (प्रतिरोधक क्षमतालाई कमजोर गर्न औषधी) दिइन्छ। जसले बिरामीमा अन्य रोग बढ्न खतरा हुन सक्छ।
मंगलबार, फागुन ८, २०८०
नेपाल फर्मा एक्स्पोको लागि सबै स्टल बुकिङ
उपाध्यक्ष बरालले अहिलेसम्म नेपाली उद्योगका २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा विक्रि विवरण कम्पनी ५० वटा, औषधि उत्पादनमा प्रयोग हुने मेसिन र प्रयोगशालाका स्टल, औषधि उद्योगको अध्ययन तथा अनुसन्धानका लागि चाहिने मेसिन तथा प्रयोगशाला (ल्याब)का स्टल रहेको बताए।
सोमबार, फागुन ७, २०८०
सर्लाहीमा नि:शुल्क स्वास्थ्य शिविर
सिटी केयर अस्पताल तथा नेपलीज सोसाइटी फर प्राइमरी केयरको प्राविधिक सहयोग र महोत्तरी चेम्बर्स आफ कमर्श, नेपाल आरोग्य संगठन तथा चौतारी नेपालको सहयोग मा भक्तीपुर स्वास्थ्य चौकी, इस्वरपुर सर्लाहीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सोमबार, फागुन ७, २०८०
विदेशिएको देश [कविता]
सबैलाई छाड्ने लत लागेको छ, घर छाड्ने, आमा छोड्ने, गाउँ छोड्ने, शहर छोड्ने, गीत छोड्ने, प्रित छोड्ने, केश छोड्ने, भेष छोड्ने, सबैले सबै छोडे, शून्य हुन्छ त्यो शून्य कसले समाउने, कस्ले छोड्ने देशै विदेशिएको छ,
सोमबार, फागुन ७, २०८०
Previous
257
258
259
260
261
Next
सर्च गर्नुहोस्
×
Search