सर्लाही- सिटी केयर अस्पताल तथा नेपलीज सोसाइटी फर प्राइमरी केयरको प्राविधिक सहयोग र महोत्तरी चेम्बर्स आफ कमर्श, नेपाल आरोग्य संगठन तथा चौतारी नेपालको सहयोग मा भक्तीपुर स्वास्थ्य चौकी, इस्वरपुर सर्लाहीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
महिला रोग लक्षित उक्त शिविरमा नि:शुल्क स्वास्थ्य परीक्षण, नि:शुल्क भिडियो एक्सरे, क्यान्सर सम्बन्धी चेक जाँच साथै भीआइए जाँच सेवा नि:शुल्क प्रदान गरिएको थियो भने आवश्यक बिरामीलाई नि:शुल्क रूपमा केहि औषधि समेत प्रदान गरिएको छ।
बिहान १० बजेबाट संचालन भएको उक्त शिविरमा २५० भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिएका थिए।
बर्दीबासबाट वरिष्ठ चिकित्सकहरुद्वारा विशेषज्ञ सेवा प्राप्त गरेकोमा शिविरमा आउने बिरामीले खुशी ब्यक्त गरेका थिए। सिटी केयर अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विशेषज्ञ चिकित्सक सहितको नि:शुल्क स्वास्थ्य शिविर विभिन्न स्थानमा संचालन गर्दै आइरहेको छ।