काठमाडौं- नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा चैत २, ३ र ४ गते अन्तर्राष्ट्रिय स्तरको तीन दिने (नेपडेन्ट २०२४) सम्मेलन हुने भएको छ।
नेपालमा दोस्रोपटक हुन लागेको उक्त सम्मेलन भुकुटीमण्डपमा हुन लागेको संघका प्रवक्ता शेखर सुवेदीले बताए। सम्मेलनमा ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने सुवेदीले बताए। यसभन्दा अघि संघले गोदावरीमा यस प्रकारको सम्मेलन सम्पन्न गरेको थियो।
हालसम्म नेपालमा दन्त सामग्री आपूर्तिको क्षेत्रमा ४४ संस्थाहरुले काम गर्दै आइरहेका छन्। करिब १०० भन्दा बढी स्टल रहने उक्त सम्मेलनमा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामग्रीबारे जानकारी समेत दिइने छ।
कार्यक्रममा दन्त चिकित्सकहरुका लागि विशेष प्रकारको तालिमसहित विशेष अफरको समेत व्यवस्था गरिएको संघका सचिव निरन्जन खतिवडाले बताए। यो सम्मेलनलाई दन्त सामग्रीको ब्यापार मेला र सम्मेलन भनेर समेत चिनिन्छ।