यहि मिती २०८० फागुन १३ गतेदेखि प्रथम चरण र फागुन २० गतेदेखि दोस्रो चरण गरी उच्च जोखीम भनी पहीचान गरिएको तराईका २१ जिल्ला र काडमाडौं उपत्यकाका ३ गरी २४ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिका र न्युनतम जोखिम भनि पहिचान गरिएका बाँकी ५१ जिल्लाहरुमा ९ महिनादेखि ५ वर्ष सम्मका सबै बालबालिकालाई अनिबार्य दादुरा रुबेला खोप लगाइने अभियान सुरु हुँदैछ। साथै यस अभियानमा ५ वर्ष मुनिका बाल बालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकाले बच्चाको पहिला खोप लगाउँदाको खोपकार्ड अनिवार्य लिएर जानको लागी पनि जानाकारी गराइन्छ। दादुरा रुबेला रोग लागेको १ जना ब्यक्तिले १८ जनासम्मलाई दादुरा रुबेला रोग सार्न सक्दछ। त्यसैले यो रोगबाट सुरक्षित रहन सम्पुर्ण बालबालिकालाई अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाऔं।
नेपालबाट दादुरा रुबेला रोग निवारण गरौं। रुकुम पश्चिम र जाजरकोट जिल्लालाई भुकम्पबाट प्रभावित जिल्लाको रुपमा पहिचान गरी ६ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई लक्षित उमेर निर्धारण गरी २०८० पौष ५ देखि १४ गतेसम्म खोप लगाई सकेको हुँदा देशका ७७ वटै जिल्लामा यो अभियान सन्चालन हुने छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तरगत रहेका सम्पुर्ण खोप कार्यक्रम संचालन भएका सुचिकृत स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा राष्ट्रिय खोप तालिका अनुसार विभिन्न घातक रोगहरुको विरुद्वमा खोपहरु उपलब्ध छ। यस्ता घातक रोगहरुबाट भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुलाई पुर्ण रुपमा बचाउनको लागि हरेक बाबा आमा दाजुभाई दिदिबहिनी र सम्पुर्ण स्वास्थ्यका सरोकार वालाहरुको महत्वपुर्ण भुमिका हुन्छ। यी घातक रोगहरुबाट बचाउन हरेक परिवारले आफ्ना बालबालीकाहरुलाई जन्मपश्चात १५ महिनाको उमेर पुरा हुँदा सम्म अर्थात दुई वर्षभित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरुसँग बच्चालाई भेटगरी खोप लगाई आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु जरुरी र महत्वपुर्ण कार्य मानिन्छ। भनिन्छ नि रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस।
खोप नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको कार्यक्रम मानिन्छ। खोप कार्यक्रम देशैभरी नै नियमित रुपमा सन्चालन गरिँदै आएको छ। राष्ट्रिय खोप कार्यक्रमको सफलताले नेपालको शिशु तथा बाल मृत्युदर घटाउनमा उल्लेखनिय रुपमा योगदान पुर्याएको छ। यो कार्यक्रमले खोपबाट बचाउन सकिने रोगहरुको नियन्त्रण निवारण र उन्मुलनतर्फ हासिल गरेका उपलब्धि हरुमा जापानिज इन्सेफ्लाइटिस रोगको नियन्त्रण मातृ तथा नवशिशु धनुष्टङ्कार रोगको निवारण र पोलियो रोग शून्य अवस्था कायम गरी उन्मुलन गर्नतर्फ अग्रसर भएको तथ्यलाई लिन सकिन्छ। दादुरा रुबेला रोग नियन्त्रण गर्न हामी सक्षम भएका छौं भने सन २०२६ सम्ममा यी दुवै रोगहरुलाई निवारण गर्ने लक्ष्य लिएका छौं।
यसको लागि नियमित खोप सेवाको माध्यमबाट दादुरा रुबेला खोप ९ महिनाको उमेरमा पहिलो मात्रा र १५ महिनाको उमेरमा दोस्रो मात्रा दिँदै आएका छौं भने ४-४ वर्षको फरकमा देशब्यापीरुपमा दादुरा रुबेला अभियान पनि सन्चालन गरिदैं आएको छ। अभियानमा दिइने यो खोप अतिरिक्त मात्रा भएकोले पहिला यो खोप लगाएका वा नलगाएका सबैले यस अवसरमा दादुरा रुबेला खोप लगाउनु पर्दछ। खोपबाट बचाउन सकिने कुनैपनि रोगको उन्मुलन निवारण नियन्त्रण गर्न नियमित खोपको कभरेज आधार स्तम्भको रुपमा रहेको हुन्छ। त्यसैले यस अभियानमा दादुरा रुबेला खोप लिन आउने ५ वर्ष मुनिका बालबालिकाहरुको नियमित खोपको अवस्था पहिचान गरेर छुटमध्ये केही खोपहरु समेत दिइने छ। यसको लागि खोप तथा खोप सामाग्री खरीद र सन्चालन खर्चको लागी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गाभीमा पेश गरेको प्रस्ताव पास भइ तद अनुरुप सहयोग प्राप्त भएको छ।
खोपको महत्व
खोप निःशुल्क पाईन्छ, खोप शुरक्षित छ, खोपले जिबन रक्षा गर्दछ। खोप ठुलो जनसमुहलाई सुरक्षीत गर्ने साधन हो। प्रत्येक पाँच जना बालबालिकाको मृत्युमध्ये एक जनालाई खोपबाट बचाउन सकिन्छ। खोपले जिवन बचाउँछ। त्यस कारणले पनि नेपाल सरकारले बच्चाको लागि निःशुल्क रुपमा वितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरि सम्पुर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाइ बालबालिकाहरुलाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपुर्ण कार्य मानिन्छ। नेपाल सरकारले निःशुल्क रुपमा बालबालिकाहरुका लागि सन्चालनमा ल्याएको यो खोप कार्यक्रमबाट प्राप्त हुने खोपहरुलाई बाहीरी रुपमा किनेर प्रयोगमा ल्याउनको लागि हामी नेपालीहरुको क्षमता भन्दा अलि टाढाको विषय भएको अर्थात हाम्रो क्षमताले भेट्न नसक्ने हुनाले आफ्ना बालबालिकाहरुलाई विभिन्न घातक रोगहरुबाट बचाउन बालबालिका हरुलाई लुलो लङ्गडो लठेब्रो सुस्त मनस्थीति र बिक्षप्त क्षमताबाट जोगाउन तथा बच्चाको शारीरिक मानसिक सामाजिक र संम्बेगात्मक तथा पछि गएर कुनै असर नपरोस भन्नका लागि यी महत्वपुर्ण र निःशुल्क रुपमा प्रगोगमा आएका नियमित रुपमा हरेक महिना सन्चालनमा ल्याइएका खोपहरुलाई आफ्नो पाएकपर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकाहरुलाई लगेर अनिवार्य खोप लगाऔं। भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुको स्वास्थ्यलाई बचाऔं। आफ्ना बालबालिकाहरुको भविष्य उज्वल बनाऔं।
जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालकिाहरुको खोप लगाउन पाउनुपर्ने नैर्सगिक अधिकारबाट बन्चित नगरौं। हरेक समय अभियानकै रुपमा चल्ने कुनै पनि खोप लगाउन आफ्ना बालबालिकालाई नछुटाऔं। अभियान सफल पारौं। विभिन्न घातक रोग साथै दादुरा रुबेला रोग निवारण गरौं।
(लेखक स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)