काठमाडौं- 'दंगल' फिल्मकी अभिनेत्री सुहानी भाटनगरको १९ वर्षकै उमेरमा मृत्यु भयो। उनको डर्मेटोमायोसाइटिस नामक रोगबाट मृत्यु भएको हो।
उनलाई भएको रोगबारे भारतीय छालारोग विशेषज्ञ डा अञ्जु झाले विस्तृतमा बताएकी छिन्। उनका अनुसार यो एक अटोइम्युरन डिसअर्डर हो। जसमा मानिसको शरीरको रोग प्रतिरोधी क्षमता आफ्नै अंगबिरुद्ध काम गर्न सुरु गर्छन्।
शरीरमा केही यस्ता एन्टिबडी बन्न थाल्छन्, जसले मांशपेशीमाथि हामीले गरेर तिनीहरुलाई कमजोर बनाउन थाल्छन्। यसबाट मांसपेशी कमजोर हुन जान्छन्।
विस्तारै-विस्तारै यो समस्याले फरक-फरक अंगलाई चपेटामा पार्दै जान्छ र अंगहरुमा इन्फ्लमेशन अर्थात् सुन्निने समस्या आउन थाल्छन्।
शरीरमा केही त्यस्ता एन्टिबडी बन्न थाल्छन्, जसले मांसपेशीमाथि हमला गरेर त्यसलाई कमजोर बनाउन थाल्छन्। यसबाट मांसपेशी कमजोर हुन्छन्।
हरेक बिरामीलाई फरक-फरक तरिकाको समस्या हुन सक्छ। कति समय छालामा राता दाद आउँछन्। हातखुट्टा सुन्निन थाल्छन्। कति समय कमजोरीको महशुस मात्रै हुन्छ। कतिलाई कपाल कोर्न र हात माथि उठाउन समस्या हुन्छ। कतिको कुहिनाको जोर्नी बेस्सरी दुख्छ। कतिलाई उठ्न र बस्न समेत समस्या हुन सक्छ।
सुरुमा अनुहार र आँखाका परेला रात वा बैजनी रङका हुन्छन्। जोर्नीमा दुखाइ हुन्छ। विस्तारै बिरीलाई हिँडडुल गर्न मुश्किपल पर्छ। फोक्सोकी मांसपेशी यसको चपेटमा आउँदा श्वास फुल्न थाल्छ।
यसले गर्दा नङ वरपर पनि सुन्निने हुन सक्दछ। जोन हप्किन्स युनिभर्सिटी अमेरिकाका अनुसार डर्मेटोमायोसाइटिसको निश्चित कारण अझै पत्ता लागेको छैन। तर अनुवांशिक जिन्स, बढ्दो उमेरसँगै हुने क्यान्सर, अन्य संक्रमण, औषधी वा वातावरणका केही कुराबाट एलर्जी हुँदा यो हुन सक्छ।
यसमा छाला र मांसपेशीसम्म पुग्ने रक्त धमनी सुन्निने हुन्छ। जसले छाला रातो हुने र दुखाइका साथै चिलाउने हुन्छ। विस्तारै समस्या बढ्न थाल्यो भने खाना निल्न समेत मुश्किल हुन्छ। आवाज बदलिन्छ। ज्वरो आउँछ। वजन घट्न थाल्छ।
यसको जाँचबाट पुस्टि गर्न ब्लड टेस्ट, इलेक्ट्रोमाइलोग्राम (ईएमजी) र बायोप्सी गरिन्छ। सबैभन्दा सजिलो तरिकाबाट निदान गर्न मांशपेशीको बायोप्सी गरिन्छ।
विशेषगरी ५ देखि १४ सालका बच्चा र ४० भन्दा माथिको वयष्कलाई हुने गर्छ। बच्चामा कहिलेकाहिँ तीव्र रुपमा यो बढ्न थाल्छ। उनका अनुसार अभिनेत्री सुहानीमा पनि यसैगरी तीव्र रुपमा बढेको हुन सक्छ। शरीरलाई हानी गरिरहेको इम्युन सिस्टम काबुमा राख्न इम्यूनोसप्रसेन्ट (प्रतिरोधक क्षमतालाई कमजोर गर्न औषधी) दिइन्छ। जसले बिरामीमा अन्य रोग बढ्न खतरा हुन सक्छ।
जोन हप्किन्स युनिभर्सिटीका अनुसार लक्षणका डर्मेटोमायोसाइटिसको उपचार हुन सक्छ। जस्तो मांसपेशीमा आएको कडापनका लागि फिजियोथेरापी गरिन्छ। छालामा आउने दादका लागि औषधि दिइन्छ। प्रतिरोधी क्षमता दबाउन औषधी दिइन्छ।
यो मात्रै होइन, सवै प्रकारका अटोइम्युनन समस्यामा नियमित औषधि सेवा जरुरी हुन्छ। कुनै औषधीको सेवनपश्चात् तुरुन्त ठीक भइहाल्ने हुँदैन।