काठमाडौं - चितवनमा एकै दिन ४ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ। रत्ननगर नगरपालिकामा ३ र खैरहनी नगरपालिकामा १ गरी ४ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
यो सँगै चितवनमा यस वर्ष स्क्रब टाइफस संक्रमितको संख्या ४०६ पुगेको छ। हालसम्म परीक्षण भएका ५ हजार ७१३ मध्ये ४०६ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।
हालसम्म भरतपुर महानगरपालिकामा २९, खैरहनी नगरपालिकामा ७२, माडीमा ५, रत्ननगरमा ११९, राप्तीमा २७, कालिका नगरपालिकामा ३७ र इच्छाकामना गाउँपालिकामा ७ जनामा स्क्रब टाइफस देखिएको छ।