काठमाडौं - युरोपमा नेपाली स्वास्थ्य सेवाकर्मीहरुको समाजले नेपाल चिकित्सक संघलाई युरोप–नेपाल स्वास्थ्य पुरस्कार २०२५ प्रदान गर्ने घोषणा गरेको छ।
यस वर्षको उद्घाटन संस्करणको विजेता भन्दै संघ यो पुरस्कार पाउने पहिलो संस्था बनेको छ। संघलाई विशेष गरी सन् २०२५ मा नेपालमा रेजिडेन्ट चिकित्सकहरूको अधिकार र भत्ताहरू सुनिश्चित गर्ने संघर्ष र योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिन लागेको हो। पुरस्कार स्वरुप संघलाई एक लाख रुपैयाँ र ताम्रपत्र प्रदान गरिने समाजले जनाएको छ।
यो पुरस्कार नेपालमा स्वास्थ्य सेवा सुधारमा योगदान दिने र स्वास्थ्यकर्मीहरूको पेशागत अधिकार सुदृढ पार्ने व्यक्तित्व, समूह वा संस्थालाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको हो। यो पुरस्कार हरेक वर्ष प्रदान गरिने समाजले जनाएको छ।