काठमाडौं- राधा क्यान्सर सचेतना तथा महिला हिंसा बिरुद्ध पत्रकारिता पुरस्कारबाट पवित्रा सुनार सम्मानित भएकी छिन्। नागरिक दैनिकमा कार्यरत सुनालाई क्यान्सरबिरुद्ध सचेतना फैलाउन योगदान गरेको भन्दै पुरस्कृत गरिएको फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले बताए।
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष नगद २० हजार रुपैयाँ राशीको राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने गरिएको छ। उक्त पुरस्कारका लागि यस वर्ष परेका आवेदकमध्येबाट उनलाई छनोट गरिएको बताइएको छ।
सुनारलाई कावासोती २ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा आयोजित एक कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो। राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष प्रदान गरिने २० हजार रुपैयाँ राशिको राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदकमध्येबाट नागरिक दैनिकमा कार्यरत सूर्यविनायक ३ भक्तपुरका पवित्रा सुनारलाई छनोट गरिएको हो।
कावासोती २ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा एक कार्यक्रमकाबिच पुरस्कार वितरण गरिएको हो । विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो। एकदशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी उनले समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेकी थिइन्। गाउँ-गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन्। उनको निधनपछि फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिएका छन्।