काठमाडौं- नेपाल फर्मा एक्स्पो सन् २००५ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आइरहेको छ। पहिलोदेखि छैटौसम्म फर्मा एक्स्पो काठमाडौँमा भएको थियो भने सातौ देखि नवौंसम्मको एक्स्पो चितवनको भरतपुरमा हुँदै आएको छ। काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पोमा सातौ संस्करणदेखि लगातार चितवनमा हुँदै आएको छ।
एक्स्पोका संयोजक प्रभात रुंगटाले काठमाडौँमा गर्ने भनिएको एक्स्पो भृकुटीमण्डपको प्रर्दशनी स्थल खाली नभएकोले नगरिएको बताए।
“अन्तराष्ट्रिय सेडुल अनुसार हाम्रो पालो अंग्रेजी महिनामा मार्चको पहिलो र दोस्रो हप्ता पर्ने गर्दछ” उहाँले भन्नुभयो, “तर त्यही वेला नै भृकुटीमण्डमा रहेको प्रर्दशनी हल अग्रीम नै बुकिङ हुने गर्दछ। हामीले एक्स्पो गर्दा प्रर्दशनी हल बुकिग भइसकेकोले यसपटक पनि चितवनको चितवन एक्स्पो सेन्टरमा एक्स्पो गर्न थालेका हौ।”
काठमाडौँदेखि नजिकको ठूलो प्रर्दशनी कक्षमा तीन वटा ठूला हल र पार्किङको पनि राम्रो व्यवस्था भएकाले चितवन रोजेको उनको भनाई रहेको छ। अन्तर्राष्टिय रुपमा विभिन्न देशमा बर्षभरि नै चल्ने फर्मा एक्स्पो नेपालको पालो मार्च महिनाको पहिलो र दोस्रो साता आउने गर्दछ। वंगलादेशले एक्स्पो सकेपछि मात्र नेपालको पालो आउने अन्तर्राष्ट्रिय सेडुल रहेको छ।
यसपटकको एक्स्पो चितवन भन्दा पनि अलि टाढा बुटबल लैजाने कुरा पनि भएको थियो। तर बुटवलमा प्रर्दशनी कक्षको तयारी पुरा नभएकोले चितवनमा गरिएको हो। “बुटवलका साथी हामीले गछौ भन्नु भएको थियो। तर त्यहाँको प्रर्दशनी हल अझै बनिनसकेकोले हामीले यसपटक पनि चितवनमा नै एक्स्पो गर्न थालेको हौ। एक्स्पोको अर्को संस्करण अव हामीले कि काठमाडौँ कि बुटवल गर्ने छौ।”
उनले चितवनबाट एक्स्पो सकिने वित्तिकै भृकुटीमण्डलको प्रर्दशनी स्थल बुकिङ गर्ने बताए।
“अबको १० औ नेपाल फर्मा एक्स्पो काठमाडौँमा नै गर्न सकिन्छ कि भन्ने हामीले लागेको छ। अहिलेको एक्स्पो सकिने वितिकै एक्स्पो कमिटीको हामी बैठक बस्छौ र विदेश पाहुनासंग छलफल गरेर अब दुई बर्षमा सन् २०२६ को हुने एक्स्पोको मार्च महिनाको पहिलो साताका लागि समय नै भृकुटीमण्डपको प्रर्दशनी हल अग्रिम बुकिङ गर्दछौ,” उनले भने। एक्स्पोमा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म हुँदै छ।