कालीकोट– कालिकोटमा नौ महिना देखि पाँच वर्ष मुनिका १७ हजार ४ सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने भएको छ। जिल्लाका नौ वटै स्थानीय तहका २ सय २७ खोप केन्द्र बाट दादुरा–रुबेला खोप लागाउने तयारी भइरहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटक बहादुर महतले बताए।
महतका अनुसार जिल्लामा दुई चरणमा दादुरा–रुबेला खोप खोप लगाइने छ ।कुनै पनि खोप नलिएका र नियमित खोप छुटेका बालबालिकालाई पनि यस पटक खोप लगाइने भएको छ। खोप लागाउन आउदा सेवाग्राहीले अनिवार्य खोप कार्ड ल्याउनु पर्ने छ।
पहिलो चरण अन्तरगत खाँडाचक्र र तिलागुफा नगरपालिका, नरहरिनाथ, पलाँता र महाबै गाउँपालिकामा फाल्गुण १३ देखि १५ गते सम्म संचालन गरिने भएको छ। त्यस्तै दोस्रो चरण अन्तगत रास्कोट नगरपलिका, पचालझरना, सान्नीत्रिवेणी र शुभकालिका गाउँपालिकामा फाल्गुण १७ देखि १९ गते सम्म संचालन हुने भएको छ।