नवौं फार्माे एक्स्पो एक परिचय
आगामी मार्च ८,९ ,१० मा नेपाल औषधि उत्पादक संघको आयोजनामा नेपाल फार्मा एक्स्पो हुँदैछ। अधिंकाश मानिसहरुमा एक्स्पो आयोजना गर्नुको कारणबारे जिज्ञासा समेत हुन सक्छ। विदेशतिर धेरै पहिले नै विभिन्न प्रकारका एक्स्पो आयोजना हुँदै आएकोमा नेपालमा त्यसको अभ्यास गरेको लामो समय भने भएको छैन। नेपाली फार्मासिष्ट तथा नेपाली औषधि विज्ञहरुलाई नेपालमै सिक्ने वातावरण बनाउनका लागि नेपाल औषधि उत्पादक संघको आयोजनामा नेपाल फार्माे एक्स्पो गरिएको हो।
प्रत्येक एक्स्पोले दिन्छ नयाँ पाठ
कुनै पनि एक्स्पोका धेरै प्रकारका फाइदाहरु हुने गर्छन्। नेपालमा औषधि क्षेत्रमा कार्यरत्त व्यक्तिहरुलाई उक्त औषधिको बनावट तथा त्यसलाई अझै गुणस्तरीय बनाउने, औषधि उत्पादनका लागि औजार उपकरणको प्रयोग,गुणस्तरीय ल्याब परिणाम जस्ता वर्षभरि नै सिकेका नयाँ कुराहरुलाई सिकाउनका लागि फार्माे एक्स्पो गरिएको हो। औषधि उद्योगहरुसँग भएको ज्ञान सीप र व्यवहारमा भएका परिवर्तनहरु एक्स्पोको माध्यमबाट दिने गरिन्छ। प्रत्येक पटक सञ्चालन गरिने एक्स्पोले नयाँ ज्ञान दिने गरेको छ। नेपालमा भएका मेसिन तथा उपकरणको प्रयोग मात्रै नभई उक्त उपकरणहरुको अधिकतम उपयोग गर्नेबारे नेपाल फार्माे एक्स्पोमा सिकाउने गरिन्छ। विदेशी विज्ञ, प्रोफेसर ,प्रख्यात फार्माेसिष्ट,अनुसन्धानकर्तासँग फार्माे एक्स्पोमा अन्र्तक्रिया कार्यक्रम गरिन्छ। विगतदेशी नवौं एक्स्पोसम्म आइपुग्दा अन्र्तक्रिया कार्यक्रमलाई बृहत बनाउँदै लगिएको छ।
औषधि उद्योग वैज्ञानिक आधारमा अंग्र पंक्तिमा
त्यस्तै कम समयमा राम्रो मेसिनले कमी कमजोरीहरुलाई हटाउँदै औषधि उत्पादनको कार्यलाई अगाडि बढाउनका लागि यस नवौं एक्स्पोले सहयोगी भूमिका खेल्नेमा हामी औषधि उत्पादकहरु विश्वस्त रहेका छौं। नेपालको वैज्ञानिक आधारमा सञ्चालित उद्योगहरुमध्ये अग्र पंक्तिमा औषधि उद्योग पर्छ। नेपालमा औषधि उद्योगजस्तो वैज्ञानिक अन्य उद्योग नै रहेको छैन। औषधि उद्योगबाट उत्पादित औषधि जनस्वास्थ्यका हिसाबले गुणस्तरीय भए नभएको परीक्षण बिना औषधि प्याक गर्न कानुनी हिसाबले पाइदैंन। औषधि परीक्षणका लागि प्रयोग हुने प्रयोगशाला स्थापनाका लागि उद्योगहरुले ठूलो घनराशी खर्च गर्नुपर्ने हुन्छ। एउटा प्रयोगशाला स्थापनाका लागि नै १२ –१५ करोड खर्चिनु पर्ने अवस्था छ।
संसारमा औषधि प्रयोगशालामा राखिने उपकरणहरु नयाँ नयाँ आइसकेका छन्। जसकारण औषधि उत्पादनका क्षेत्रमा हुने गल्तीहरु कम हुँदै गएको पनि छ। त्यस्तै उत्पादनका समयमा गुणस्तरीयता कायममा ध्यान नदिएका उत्पादनहरु नेपालमा बिक्री नै नहुने अवस्था समेत आइसकेको छ।
औषधि उद्योगलाई दिगोपना दिन एक्स्पो
नेपालमा औषधि उत्पादन कम्पनीहरुले ६० अर्बभन्दा बढी लगानी गरिसकेको अवस्था छ। यसबाट पछि हट्नुका साटो आफूलाई समय अनुसार विकास गर्दै लैजान तथा उत्पादनहरुमा गुणस्तरीयता कायम गरी उत्पादित औषधिहरुलाई बजारमा दिगोपना दिनका लागि समेत यस एक्स्पोले सहयोगी भूमिका खेल्नेछ। स्थापना भएका उद्योगहरुलाई दिगो बनाउन नसकेमा हालसम्मको लगानी डुब्ने भएकोले औषधिहरुको गुणस्तरीयता बारे स्वास्थ्य क्षेत्रका मानिसहरुलाई जानकारी गराउन समेत यो राम्रो प्लेटफर्म हो। त्यस्तै नेपाली औषधि उद्योगहरुले ठूलो धनराशी खर्च गरेर उत्पादनहरु बाहिर ल्याउँदा समेत विदेशबाट औषधि आयात हुने क्रम रोकिएको छैन। सस्तोमा टेन्डर प्रक्रिया गरी गुणस्तरहीन औषधिको आयात सरकारले गरिरहेको छ। नेपालमै उत्पादन भएका गुणस्तरीय औषधिको प्रयोगमा सरकारको ध्यान केन्द्रित गराउन तथा नेपाली औषधि उत्पादन कम्पनीहरुलाई दिगोपना दिने मुख्य लक्ष्य यस नवौं फार्माे एक्स्पोको रहेको छ।
स्वदेशमा उत्पादित सामग्रीलाई आत्मसात् गरौं
नेपालमा एकदमै वैज्ञानिक तथा गुणस्तरीयता कायम गर्ने उद्योग नै औषधि उद्योग हो। यद्यपि हाम्रा उत्पादनहरु गुणस्तरीय नभएको पाइएमा त्यसको जानकारी सम्बन्धित औषधि उत्पादक कम्पनीहरुलाई दिनका लागि उपभोक्तासँग मेरो अनुरोध छ। नेपालीहरुले स्वदेशमा उत्पादित सामानहरुलाई आत्मसात् गर्नसक्ने अवस्था रहेको जानकारी आम उपझोक्ताहरुलाई गराउन चाहन्छु। स्वदेशमा उत्पादित सामग्रीहरुको गर्व गर्ने अवस्था नभएसम्म कुनै पनि प्रकारका उद्योग बाँच्न सक्ने अवस्था रहदैंन। नेपालीहरुलाई तपाईको धर्तीमा आएको औषधि उद्योगलाई साथ दिनुस भन्न चाहन्छु।
(कुराकानीमा आधारित)