सुबास बास्तोला
विश्वव्यापी इन्टरनेट प्रयोगकर्ता
बिश्वको जनसंख्या झन्डै ८ अर्ब मध्ये लगभग ६० प्रतिशत इन्टरनेट प्रयोगकर्ता रहेका छन भने ५० प्रतिशत सामाजिक संजाल (फेसबुक,युटयुब, ट्विटर) प्रयोगकर्ता रहेका छन। दक्षिण एसीयामा विश्वको एक चौथाई जति जनसंख्या बसोबास गर्दछन् र ८४ प्रतिशतमा मोबाइलको पहुँच रहेको देखिन्छ।
नेपालमा जम्मा जनसंख्याको झन्डै ६३ प्रतिशत अथार्त १ करोड ७० लाख जनसंख्यामा इन्टरनेटको पहुँच देखिन्छ (एनटिए २०१८) र ३५ प्रतिशत सामाजिक संजालमा सक्रिय रहेको तथ्यांक छ। बिगत १ वर्षमा सक्रिय सामाजिक संजाल प्रयोगकर्ता झन्डै ९ लाख जति बढेको देखिन्छ। विभिन्न संजाल प्रयोगकर्ता मध्ये सामाजिक संजाल को प्रयोगकर्ता नेपालमा अत्यन्तै धेरै रहेको अध्ययनले देखाएको छ। (स्रोतःजनवरी २०२०,डीजीटल नेपाल)
अत्यधिक इन्टरनेट प्रयोग, इन्टरनेटको समस्याग्रस्त प्रयोग, इन्टरनेटको लत र सामाजिक संजालको लत
अत्यधिक इन्टरनेट प्रयोग भन्नाले चार मुख्य कुराहरुलाई बुझाउछ :
क. इन्टरनेटको धेरै प्रयोगसंगै समयको वास्ता नहुनु
ख. नेट चलाउन छोडेपछि तनाब तथा दुखित हुने लक्षण देखिनु
ग. सहने क्षमता बड्नु (धेरै समय इन्टरनेट बस्नै पर्ने खालको मानसिकता बिकाश हुँदै जानु)
घ. सामाजिक तथा अन्य दैनिक काममा नकारात्मक असर पर्नु
(स्रोत: जे. साइक्र्याटिक्स एसोसिएसन अफ नेपाल भोलम ४)
आधारभूतरुपमा अन्य लत जस्तो इन्टरनेट लत (केहि बाहेक )लाई पूर्णरुपमा इन्टरनेसनल डिजिजि क्लासिफिकेसन अन्तर्गत राखि नसकेको हुँदा जनमानस र स्वास्थ्यकर्मीहरुमा पनि यसको आधिकारिकतामा अन्योलता कायमै छ। निश्चय पनि सामाजिक संजाल प्रयोगकर्ताका धेरै सकारात्मक पाटा हुँदाहुँदै पनि यो सुचना प्रबिधिबाट उत्पन्न हुने मानसिक तथा शारीरिक असरबारे जनचेतना जगाउनु भनेको अबको दशक धेरै मान्छेको जीवनमा सहजता ल्याउनु पनि हो। किशोरावस्था सबै हिसाबले जीवनको संक्रमणकालिन अबस्था हो, त्यसैले उनीहरु अति नै जोखिम समुहन्तर्गत पर्दछन्।
इन्टरनेट गेमिङ डिसअर्डरलाई २०१३ बाट मानसिक डिसअर्डरमा राखिएको छ। विशेषगरि युवा वर्गमा पछिल्लो समय पबजीको लत देखिएको छ। तर नेपालमा किशोर मात्र नभएर वयस्कहरु पनि यसको जोखिम भित्र पर्दै जाने सम्भावनालाई नकार्न सकिन्न।
इन्टरनेट लतको अवस्था
बेलायतमा झन्डै १८ प्रतिशत र एसियन देशहरुमा २ देखि १८ प्रतिशतसम्म इन्टरनेट को समस्यागत रुपमा प्रयोग भएको विभिन्न अध्ययनले देखाएका छन्। यो तथ्यांक एसियन देशहरुमा प्रयोगकर्ताको झन्डै एक चौथाईसम्ममा समस्या देखिन सक्छ। डा.किम्बर्ली योङका (उनि इन्टरनेट एडिक्सन डिसअर्ड एन्ड अनलाइन बिह्याबियर सम्बन्धि विज्ञ हुन्) अनुसार, ५ देखि १० प्रतिशत इन्टरनेट प्रयोगकर्ता जीवनभरमा इन्टरनेट लतमा फस्ने अनुमान गरेकी छन्।
नेपालको हकमा यस बिषयमा निस्चित क्षेत्रमा अत्यन्तै न्युन अध्ययन भएका छन्। विशेष गरेर कलेजहरुमा भएका अध्ययनहरु पाइएका छन्। इन्टरनेट एडिक्सन टेस्ट प्रयोग गरि गरिएकोमा गएको ८ वर्षमा झन्डै ८५ देखि ९० प्रतिशतमा (गम्भीर, मध्यम, हल्का लत सहित ) कुनै न कुनै रुपमा इन्टरनेटको लत देखिएको छ। त्यसमध्ये ३ प्रतिशत जतीलाई अत्यन्तै गम्भीर,४० प्रतिशतको हाराहारीमा मध्यम र लगभग ४५ प्रतिशतमा हल्का किसिमको लत देखिएको छ (स्रोत: मरहठ्ठा, २०१६ र प्रमाणिक,२०१२ मा भएका अध्ययनहरुबाट)। भलै यसैलाई मात्र आधार मानेर समग्र आंकलन गर्ने अवस्था चाहि छैन।
असर
सामाजिक संजालर इन्टरनेटको धेरै प्रयोगले किशोरावस्थादेखि वयस्कसम्म सकारात्मकसंग संगै नकारात्मक शारीरिक र मानसिक समस्या निम्ताउँछ, जस्तै: डीप्रेसन, दिनमा अत्यधिक सुत्ने समस्या, ध्यान केन्द्रित गर्न नसक्ने, मानसिक बिचलन, कम निन्द्रा जस्ता मानसिक स्वास्थ्यलाई खलबलाउने कारक बन्न सक्छ। शारीरिक रुपमा समस्याहरु: आँखा दुख्ने, आलस्यता, टाउको दुख्ने जस्ता समस्याहरुले गर्दा हाम्रो कार्य प्रगति र उत्पादकत्वमा प्रभाव पार्दै स्वास्थ्यको गुणस्तरिय स्वस्थ जीवनयापनमा थाहै नपाइ असर गरिरहेको हुन्छ। विशेषगरि स्कुल तथा कलेजमा पढने विधार्थीहरुको उमेर र मनोभावनाको चंचलताको कारणले र नयाँ साथीहरु जोडिने, च्याटमा घन्टौं बिताउनेदेखि हाल कोरोनाको ताजा अपडेटको लागि स्वास्थ्यकर्मीदेखि अन्य क्षेत्रका व्यक्तिहरुले आफ्नो समय अत्यधिक बिताउदै जाँदा हामी महामारी पश्चात पुनः आफ्नै काम र आफ्नो दिनचार्यमा फर्कन गार्हो पर्ने अवस्था आउन सक्छ।
कोरोना महामारी र सामाजिक संजालको प्रयोग
नेपालीहरुको अहिले कोरोनाको अवस्था बुझ्नलाई अथवा भनौं आफ्नो समय बिताउन दिनमा पटक पटक अनलाइन जानै पर्ने बाध्यता र एकहिसाबले आवस्यकता पनि देखिएको छ। भलै स्वस्थ इन्टरनेट प्रयोग होला नहोला यसको प्रयोगसंगै कतै हाम्रा सकारात्मक बानिहरु हराउँदै त जाने होइन, कतै लागुऔषधको लत जस्तै इन्टरनेटको लत बस्दै त गएको छैन? यो मानसिक स्वस्थतासँग जोडीएको बिषय हो। अहिले परिस्थिति पनि ठ्याक्कै यसैलाई मलजल गर्ने खालको नै बनेको छ।
कोभिड १९ को महामारीले विश्वको अधिकांश जनसंख्या २४ सै घण्टा घरभित्र बस्नु पर्ने बाध्यता छ (स्रोत: रास्ट्रिय पत्रिकाहरु)। झन्डै शहरी परिबेशमा २० प्रतिशतको जनसंख्या हिस्सा रहेको मध्ये धेरैको दिनचार्य सामाजिक संजालमा नै बित्ने हो। यो कुरा इन्टरनेट सेवा प्रदायक कम्पनिहरुले सर्भर क्य्रास हुने कुरा ध्यान दिदै सार्बजनिक रुपमा इन्टरनेट कम चलाउन गरिएको आग्रहबाट नि प्रस्ट हुन्छ कि हाम्रा अफिसमा, काममा, खेलमा, पढाइमा बित्ने दिन सामाजिक संजालमा बितिरहेका छन्, कम हैन अझै बढी बहाना जे भए नि!
अन्त्यमा यस प्रकोपले सृजित परिस्थितिमा जति धेरै समय सामाजिक संजालमा बिताउनु हुन्छ त्यति नै तपाईलाई उक्त कुराको लत लाग्ने सम्भावना बढ्दै जान सक्छ त्यसैले इन्टरनेट लत टेस्ट तलको सामग्री प्रयोग गरि घरमै जाचौँ, आफ्नो र आफ्नो परिवारको अवस्था बुझौ ५ देखि १० मिनेट समयमा तपाईं हामी सबैले आफूमा इन्टरनेट लतको अवस्था छ कि छैन र कुन अबस्था मा छ भनेर बुझौं र यसको उद्देश्य पनि स्वस्थ इन्टरनेट प्रयोगलाई प्रोत्साहन गर्नु नै हो।
डा किम्बर्ली योङद्वारा विकास गरिएको इन्टरनेट एडिक्सन टेस्ट
डा किम्बर्ली योङ इन्टरनेटको प्रयोगको सुरुवाती समयदेखि खोजकर्ताको रुपमा परिचित व्यक्ति हुन्, उनले विकास गरी परिमार्जित हुँदै विस्वव्यापीरुपमा प्रयोगमा आएको इन्टरनेट एडिक्सन टेस्टको प्रयोग गरी हामी आफैंले पनि आफ्नो इन्टरनेट लतको अवस्था जाँच गर्न सक्छौं। यो लिकर्ट स्केलमा विकास गरिएको छ र यसमा २० वटा प्रश्नहरु छन हरेक प्रस्नको जवाफमा ०(छैन ) ,१(विरलै), २(कहिले काँही),३(बारम्बार) ,४(प्राय) ,५(सँधै) मध्ये आफु कुनमा पर्दछु भनेर छनौट गर्ने र अन्तिममा सबै प्रस्नको प्राप्त अंक जोड्नु पर्छ। साथै यो सामाग्री १२ वर्ष देखि ६७ वर्ष सम्मको व्यक्तिहरुको जाँचको लागि उपयुक्त हुन्छ भने १२ वर्ष भन्दा कम उमेरको मानिसलाई छुट्टै प्रक्रिया र सामाग्रीहरु विकास गरिएका छन्।
यदि तपाईंले १ देखि २० सम्मको प्रस्नहरुको उत्तरको जम्मा अंकको योगफल
० देखि १९ – इन्टरनेट लत छैन
२० देखि ४९ – हल्का लत छ
५० देखि ७९ – मध्यम लत छ
८० देखि १०० – गम्भीर लत छ
लतको अवस्था र समाधान
० – १९ पोइन्ट: तपाईंमा अहिलेको अवस्थामा इन्टरनेट लत छैन।
२०– ४९ पोइन्ट: तपाईं औषत इन्टरनेट प्रयोगकर्ता हुनुहुन्छ। तपाईंले यो बेला केहि लामो समय इन्टरनेट प्रयोग गर्न सक्नुहुन्छ। तर प्रयोग नियन्त्रण राक्नुपर्छ।
५० – ७९पोइन्ट: तपाईंले कहिलेकाही तथा बारम्बार इन्टरनेटको कारण समस्या अनुभब गर्नु भएको छ तेसैले तपाईंले आफ्नो जीवनमा उत्त प्रयोगको पूर्ण प्रभावलाई विचार गर्नुपर्छ।
८० – १०० पोइन्ट: इन्टरनेट प्रयोगले तपाईंको जीवनमा महत्वपूर्ण समस्याहरू निम्त्याउँदैछ। तपाईंले आफ्नो जीवनमा इन्टरनेटको प्रभाव घढाउनुपर्दछ र तपाईंले इन्टरनेट प्रयोगको सीधा समस्याहरू सम्बोधन गर्नु पर्दछ। तपाईंलाई मानसिक परामर्शकर्ता र थप उपचारको आवस्यकता पर्दछ।
(लेखक बास्तोला जनस्वास्थ्यकर्मी हुन्)