विश्व स्वस्थ्य संगठनका अनुसार स्वस्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभइ शारिरीक, मानसिक, सामाजीक र आध्यात्मिक रुपमा स्वस्थ्य हुनु हो। शारीरिक रुपमा स्वस्थ्य छौं तर मनमा दुःख र पीडाका भावहरु सलवलाइ रहेका छन् भने त्यसले मानसिक रोगका कारणहरु पैदा गरिरहेको हुन्छ। जसले गर्दा सामाजिक स्वस्थ्य र आध्यात्मिक स्वस्थ्यमा समेत उत्तार चढाव आइरहन्छ। त्यसैले स्वस्थ्यका लागि आहार, निद्रा, व्रह्मचर्य, व्यायाम, स्नान र ध्यान यी महत्वपूर्ण छ वटा विधिहरुको चर्चा आयुर्वेद तथा योग चिकित्साले गरेको छ।
आहारः सन्तुलित आहारले स्वस्थ्य शरिर निर्माण हुन्छ। आहारको प्रभाव शरीरमा मात्र नभएर मनमा पनि पर्दछ। शात्विक, उचित मात्र र ऋतु अनुकुल भोजन हाम्रो शरिरको लागि अति आवश्यक छ। हाम्रो शरिरको वनावट र संरचनामा ८० प्रतिशत क्षार र २० प्रतिशत अम्ल तत्व हुन्छ। हामीले प्रयोग गर्ने खानामा यो सन्तुलन मिलेको हुनु पर्दछ। तर हामीले खाने खानामा क्षारिय तत्व भन्दा अम्लिय तत्व धेरै छ। क्षारिय तत्व भएका खानाहरु हरिया तरकारी सागपात, फलफुल, सलाद, आटो, ढिडो र चोक्कर युक्र रोटी आदि हुन। भने अहिले हामीले प्रयोग गर्ने अधिकांश प्याकीगं खानाहरुमा अम्लिय तत्व धेरै हुन्छ। हामीले प्रयोग गर्ने खानामा २० देखि ४० प्रतिशत भात वा रोटी र ६० देखि ८० प्रतिशत तरकारी र सलाद हुनु पर्दछ।
आयुर्वेद मत अनुसार हाम्रो खानामा मधुर, अम्ल, लवण, कटु, तिक्त र कषाय रस भएका तत्वहरु हुनु पर्दछ। जसले क्षारिय र अम्लिय सन्तुलन कायम राम्रो तरिकाले हुने गर्दछ। खाना खादा पेट(आमासय) आधा भाग मात्र ठोस खाना खानु पर्दछ भने पानी वा झोल पदार्थ र बायु सञ्चारको लागि आधा भाग छोड्नु पर्दछ। जसले गर्दा पाचन क्रिया सधै चुस्त दुरुस्त रहन्छ।
बिहानको खाना ८ देखि ९ बजे भित्रमा हल्का सुपाच्य हुनु पर्दछ। दिउसोको खाना भात रोटी तरकारी, दाल हल्का कडा हुने भएकाले ११ देखि १२ बजे भित्रमा उत्तम मानिन्छ। रातीको खाना सुत्नु भन्दा २ घण्टा अगाडी खानु स्वस्थ्यका लागि अति महत्वपूर्ण छ।
निद्राः निद्रा आफैमा सुख अनुभुती हो। एक स्वस्थ्य ब्यक्तिको लागि दिनमा ६ घण्टा निद्रा आवश्यक पर्दछ। तर बालक तथा वृद्धहरुका लागि ८ घण्टा निद्रा अनिवार्य छ। मनको चञ्चलता, अनावश्यक सोचाई र जीवन शैलीमा आएका परिवर्तन जस्ता कारणहरुले निद्राको सन्तुलन विग्रन जान्छ। जसले गर्दा अम्लपित्त, उच्च रक्तचाप र मानसिक तनाव जन्य रोगहरु लाग्न सक्दछन। त्यसैले राती १० बजेभित्र सुत्ने र विहान सुर्योदय भन्दा एक घण्टा अगाडी उठ्ने बानीले सन्तुलित स्वस्थ्यमा सकारात्मक उर्जा प्रर्वाह गर्दछ।
व्रह्मचर्यः अत्याधिक काम वासनाका कारण हाम्रा ज्ञानेन्द्रियहरु र मनमा एक किसिमको चञ्चलता बढीरहेको हुन्छ। इन्द्रियहरु आफ्नो स्वभाविक प्रक्रिया भन्दा बाहिर सलवलाइ रहेका हुन्छन। मनमा नकरात्मक भावना हरु आइरहन्छन। मन काम वासनामा घुमिरहन्छ। जसले गर्दा मान्छेका दैनिक क्रियाकलापहरुमा अवरोध पैदा हुन्छ। त्यसैले आफ्ना इन्द्रिय एंव मनलाई काम वासनाका नकरात्मक भावबाट हटाएर इश्विरिय प्रथानाका साथ परोउपकारमा लगाउनु नै व्रह्मचर्य हो। जसको ब्यवहारिक अभ्यासले शारिरिक तथा मानसिक रोगलाई न्यूनिकरण गर्दै उच्च मनोवल प्राप्त गर्न सकिन्छ।
व्यायामः आधुनिक विकास सगै शहरमा वस्ने मानिसहरुको जनसंख्या तीव्र रुपले बढीरहेको छ। बदलिदो जीवन शैली सगै शारिरीक श्रमको कमीले गर्दा मान्छेका शरिर मेसिन जस्तै हुदैछन। हाम्रो शरिरलाई स्वास्थ्य राख्न जसरी सन्तुलित आहारको आवश्यकता पर्दछ, हामीले खाएको अआहारलाई पचाउन र शरिरीमा उर्जा प्राप्त गर्न सन्तुलित व्यायाम पनि महत्वपूर्ण छ। विश्व स्वस्थ्य संगठनका अनुसार शारिरीक निष्कृयताका कारणले मात्रै लाग्ने नसर्ने रोगहरु मुटु एंव उच्च रक्तचाप जन्य समस्या ३५ प्रतिशत, मधुमेह ४० प्रतिशत, क्यान्सर ४० प्रतिशत र अन्य मोटोपन जन्य समस्याले लाग्ने रोगहरुको अनुपात दिनप्रतिदिन बढ्दो क्रममा छ। स्वस्थ्य रहन हप्तामा एक सय ५० मिनेट व्यायाम गर्नु आवश्यक छ। व्यायाम सामान्य, मध्यम र कडा गरी तीन किसिमका छन।
दैनिक क्रियाकलाप गर्दा हुने शारिरीक सक्रियतालाई सामान्य व्यायाम भनिन्छ। व्यायाम गर्दा स्वा स्वा हुने अवस्थालाई मध्यम व्यायाम भनिन्छ। त्यस्तै व्यायाम गर्दा वोल्न समेत गाह्रो हुने अवस्था कडा व्यायाम हो। स्वस्थ्य रहन दैनिक तीन घण्टा सामान्य व्यायम, ४५ मिनेट मध्यम व्याम र ३० मिनेट कडा व्यायाम गर्नु पर्दछ। मर्निङ वाक गर्दा हाम्रो हिडाइको गति ३० देखि ४० प्रतिशत छिटो हुनुपर्दछ। तव मात्र मर्निङवाकलाई व्यायाममा समेट्न सकिन्छ। नियमित र अनुशासित व्यायामले ४० प्रतिशत नसर्ने रोग न्यूनिकरणका साथै रोग प्रतिरोधक क्षमतालाई चुस्त दुरुस्त राख्न महत्वपूर्ण भुमिका खेल्दर्छ। वदलिदो जीवन शैलीले पैदा गरेको अर्को महत्वपूर्ण पाटो मानसिक तनाव हो। ८० प्रतिशत मानसिक रोग तनावको कारणले हुने एक अध्यानले देखाएको छ। आजको प्रतिस्पर्धी जमानामा ब्यक्तिगत, पारिवारिक, अफिसियल र सामाजीक विभिन्न कारणहरुले तनाव श्रृजना हुने गर्दछ। जसले गर्दा हाम्रो मनमा वेचैनी, वेखुशी वा चञ्चलता जस्ता नकरात्मक भावहरु तरङगीत हुन्छन। मनमा आउने त्यस्ता नकरात्मक भावना हरुलाई न्यूनिकरण गर्न योग प्रणायामको प्रयोगात्मक अभ्यास महत्वपूर्ण मानिन्छ। मनका वृत्तिहरुको निरोध नै योग हो। दैनिक ३० देखि ४० मिनेट गर्ने योग अभ्यासले मानसिक तनाव जन्य महत्व काक्षाी भावहरुलाई क मगर्दै सरल जीवन जिउने आधारहरुको विकास गर्दछ। जसले गर्दा शारिरीक निष्कृयता जन्य रोग र मानसिक तनाव जन्य रोग न्यूनिकरणमा ठूलो टेवा मिल्दछ।
स्नानः व्यायाम र योग आदि प्रयोगात्मक अभ्यास पछि बाहिरी शरिरमा आएको फोहोर मैलालाई हटाउने क्रिया स्नान हो। कडा व्यायम गरिसकेपछि केही क्षणको आराम पश्चात स्नान गर्नु पर्दछ। सफा पानीले सम्पूर्ण शरिरलाई धुने र पखाल्ने क्रियालाई स्नान अथवा नुहाउनु भनिन्छ। स्नानले शरिरमा ताजा उर्जा थप्र्दछ। भोक बढाउछ। शरिरको गर्मी कम हुन्छ। दवाव थकान हरु हटाउन पनि स्नान महत्वपूर्ण छ। आफ्नो शरिरको रोगलाई विचार गर्दै सामान्य ब्यक्तिहरुले चिसो पानीले स्नान गर्नुपर्दछ। तातो पानीले स्नान गर्नाले पाचन क्रिया घट्ने, आखाको ज्योती कम हुने, असमयमै कपाल फुल्ने तथा कपाल झर्ने जस्ता समस्याहरु आउन सक्दछन। स्नान गरिसकेपछि शरिरलाई खादी वा सुती कपडाले पुछ्नु पर्दछ। स्नान पछि एक दुई घण्टा आराम गरी शरिरमा तेल मालिस गर्नु पर्दछ। जसले शरिरमा नया उर्जा थप्न महत्वपूर्ण भुमिका खेल्दछ।
ध्यानः स्नान आदी नृत्य कर्मपछि प्रत्येक दिन १० देखि १५ मिनेट पूर्णतया एकाग्र भावमा रहेर धयान गर्नु पर्दछ। आफ्नो धर्म सस्कृति, वैद्धिक मन्त्र र इश्वरिय शक्ति प्राप्तीको आशय राखी गरेको ध्यान अभ्यासले मनका वृत्तिहरुको निरुद्ध गरि उच्च मनोवल र उच्च आत्मवल विस्तारमा अत्यन्त महत्वपूर्ण भुमिका खेलेको विभिन्न अध्यानहरुले पुष्टी गरेका छन। ध्यान मानसिक रोग न्यूनिकरणको एउटा साधना पनि हो।
(लेखकः आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्व निमित्त कार्यालय प्रमुख तथा योग अभियान्ता हुन्)