मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sun, Jun 28, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
तौल घटाउन जान्नै पर्ने २१ कुरा
जति बढी हिड्नुहुन्छ, उति बढी तपाईंको क्यालोरी खर्च हुन्छ। लिफ्टको ठाँउमा सिढीको प्रयोग गर्नुहोस्, वरिपरीका ठाउँमा पैदलै हिड्नुहोस्, अन्यत्र सम्भव नभएपनि कमसेकम दिनको एकदुईपटक छतको चक्कर मार्नुहोस्।
शनिबार, वैशाख १५, २०८१
खोटाङमा भेटिए ६० जना क्षयरोगी
सरकारको राष्ट्रिय अभियान सफल बनाउन जिल्लाका दशवटै स्थानीय तह तथा ७९ वटै वडामा समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य प्रमुख चम्लागाईले बताए। स्थानीय तहमा पालिका प्रमुख तथा वडामा वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरेर क्रियाकलाप गरिने जनाइएको छ ।
शनिबार, वैशाख १५, २०८१
सन् २०२५ सम्म जलवायु कार्यका लागि सामाजिक अगुवालाई परिचालन गरिने संयुक्त राष्ट्रको घोषणा
गुटेरेसले हालैको चरम मौसमी घटना र वैज्ञानिक प्रतिवेदनहरूलाई उद्धृत गर्दै चेतावनी दिनुभयो, 'हामीले जे देखिरहेका छौँ त्यो विपत्तिको पूर्वावलोकन मात्र हो, हामीले विश्वव्यापी तापक्रममा दीर्घकालीन वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित नगरेसम्म यसले प्रतीक्षा गरिरहने छ।'
शनिबार, वैशाख १५, २०८१
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण
अब्स्ट्रक्टिभ स्लिप एप्निया भए/नभएको पत्ता लगाउन 'एप्निया हाइपोनिया इन्डेक्स' (एएचआई) जाँच गर्नुपर्ने हुन्छ । एक घन्टामा शासको नली कतिचोटि कोल्याप्स भयो भनेर नाप्ने विधिलाई एएचआई भनिन्छ। सामान्यतया ५ देखि १५ पटकसम्म शासनली कोल्याप्स हुनुलाई मन्द, १५ देखि ३० सम्मलाई मध्यम र ३० भन्दा बढीलाई कडा प्रकृतिको समस्याका रुपमा लिइन्छ।
शनिबार, वैशाख १५, २०८१
पुरुषलाई दुःख दिने प्रोस्टेट बढ्नुका कारण र उपचार
प्रोस्टेटको सर्जरी गर्दा कहिलेकाहीँ विर्य बाहिर ननिस्कने अवस्था आउन सक्छ । तसर्थ, बच्चाको चाहना पूरा भएकाहरु सर्जरी गरेर यो समस्याबाट छिटो उम्किन सक्छन् । बच्चाको चाहना छ भने चाहिँ औषधि सेवनबाट यसको समस्यालाई कम गर्न सकिन्छ।
शनिबार, वैशाख १५, २०८१
नेपाल र चीनबीच बिपी क्यान्सर अस्पताल चितवनमा बोनम्यारो प्रत्यारोपण केन्द्र बनाउने सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए अनुरुप नै स्वास्थ्य मन्त्रालय र चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीबीच सम्झौता भएको छ।
शुक्रबार, वैशाख १४, २०८१
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
खोपको प्रयास अहिले पनि प्रारम्भिक चरणमा छ । क्यामरुन यस वर्ष बालबालिकालाई नियमितरूपमा मलेरियाको नयाँ खोप दिने पहिलो मुलुक बन्यो । यहाँ यो ३० प्रतिशतमात्र प्रभावकारी छ र प्रसारणलाई यसले रोक्न सक्तैन । दोस्रो खोपलाई हालै मञ्जुरी दिइएको थियो ।
शुक्रबार, वैशाख १४, २०८१
कोका-कोला कम्पनी ब्रान्डेड प्लास्टिक प्रदूषणको सबैभन्दा ठूलो उत्पादक
चौरासी देशमा फैलिएको पाँच वर्षको प्लास्टिक फोहोर अवलोकन कार्यक्रमको तथ्याङ्कमा आधारित अनुसन्धानमा सबै ब्रान्डेड प्लास्टिक प्रदूषणको आधाभन्दा बढीका लागि ५६ कम्पनी र १३ कम्पनी प्रत्येक एक प्रतिशतभन्दा बढीका लागि जिम्मेवार रहेको पाइएको छ।
शुक्रबार, वैशाख १४, २०८१
गर्मी बढेपछि चितवन आयुर्वेद चिकित्सालयले बिहान ८ बजेदेखि सेवा दिने
चिकित्सालयकी प्रमुख डा कोपिला अधिकारीका अनुसार बिहान ८ बजेदेखि नै ओपिडी, प्रयोगशाला, आयुर्वेद थेरापी, अकुपन्चर, फिजियोथेरापी, फार्मेसी लगायतका सेवा सुरु हुने छन्।
शुक्रबार, वैशाख १४, २०८१
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन्।
शुक्रबार, वैशाख १४, २०८१
बागमती प्रदेशको स्वास्थ्य सचिवमा डा प्रवीण श्रेष्ठ
बागमती प्रदेशको स्वास्थ्य सचिवमा डा प्रवीण श्रेष्ठ नियुक्त भएका छन्।बिहीबारको मन्त्रिपरिषद् बैठकले डा श्रेष्ठलाई बागमती प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी कन्सलटेन्ट सर्जन हुन्।
शुक्रबार, वैशाख १४, २०८१
लगानी सम्मेलन : स्वास्थ्यमा पाँच वर्षअघि पनि प्रस्तावित गौतमबुद्ध प्रसूति अस्पताल र धुलिखेल मेडिसिटी अघि सारिदै
शान्तिका प्रतिक गौतम बुद्ध जन्मेको ठाउँमा सन्तान जन्माउने अवसर उक्त अस्पतालले दिने भनिएको छ । अस्पतालमा प्रसूति तथा स्त्रीरोग, बालारोग, आइभीएफ, कार्डियोलोजी, न्युरोलोजी, पल्मानोलोजी, अर्थोपेडिक्स, युरोलोजी, प्याथोलोजी, रेनल साइन्सेज, साइकोथेरापी, इमर्जेन्सी ट्रमा सेन्टर रहने बताइएको छ।
शुक्रबार, वैशाख १४, २०८१
विदेशबाट आएकाबाट औलोको बढी जोखिम
औलो एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग हो । औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी चुस्दछ र लामखुट्टे सङ्क्रमित हुन जान्छ । त्यसता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्दछ।
बिहीबार, वैशाख १३, २०८१
सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
यसवर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ। आम औषधि सेवन अभियानको कभरेज बढाउने लक्ष्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा नेपाललका १९ जिल्लाहरुले निवारणको प्रमाण पत्र समेत पाइसकेको अवस्था छ ।
बिहीबार, वैशाख १३, २०८१
आयुर्वेद क्याम्पस परिसरमा रहेका रुखहरु काटियो, प्राध्यापक संघको आपत्ति
विगत समयमा पनि प्रशासन भवन र शैक्षिक भवनको बिचमा रहेका रुखहरु जरैबाट कटान भइरहेको तथा हाल आएर रुखका हाँगा काट्ने बाहनामा सिंगो रुख नै काटेको भन्दै संघले विज्ञप्ति जारी गर्दै उक्त कार्यको विरोध गरेको छ।
बिहीबार, वैशाख १३, २०८१
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
एमएमएस चक्कीमा गर्भवती अवस्थामा बढ्दो पोषणको आवश्यकता र कमीलाई पुरा गर्न १५ किसिमका महत्वपुर्ण भिटामिन तथा खनिजहरु राखिएको छ। गर्भावस्थामा भिटामिन र खनिज पदार्थहरुको धेरै आवश्यकता पर्दछ जसलाई दैनिक खाने खानाबाट मात्रै पुरा गर्न सकिँदैन । त्यसैले गर्भावस्थामा एमएमएस चक्कीमार्फत सो कमीलाई पुरा गर्न सकिन्छ।
बिहीबार, वैशाख १३, २०८१
साभा हेल्थ केयरको ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
भारतको अग्रणी फर्मास्युटिकल कम्पनी साभा हेल्थ केयर लिमिटेडले श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका लागि नयाँ ड्राई पाउडर इनहेलर (डीपीआई) नेपाली बजारमा ल्याएको छ।
बिहीबार, वैशाख १३, २०८१
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ। तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन्।
बिहीबार, वैशाख १३, २०८१
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तर्क्रिया विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्याङ्क सार्वजनिक गरेको हो।
बिहीबार, वैशाख १३, २०८१
उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने, 'सबै डाक्टर काठमाडौं आउन चाहन्छन्, बाहिर सेवा कसरी दिने?'
'सबै डाक्टर काठमाडौं आउन चाहन्छन्। मन्त्रालयमा दिनभरी नै काठमाडौंमै आउने चाहने डाक्टरसँग डिल गर्नु परिरहेको छ। काठमाडौं भन्दा बाहिरको अस्पतालमा बस्न चाहने कम छन् । अलि बाहिरै गएर सेवा दिन्छु भन्ने बिरलै पाइन्छ । जनता काठमाडौं बाहिर पनि छन् । ती जनताले विशेषज्ञता सेवा कसरी पाउँछन्?'
बिहीबार, वैशाख १३, २०८१
गर्मीमा तातो हावा 'लू'बाट जोगिन के गर्ने, के नगर्ने?
मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, हनहनी ज्वरो आउने जस्ता समस्या देखिए बिरामीलाई तुरुन्तै अस्पताल लैजानु पर्छ।
बिहीबार, वैशाख १३, २०८१
नेपालमा पार्किन्सन रोगका कारण वार्षिक ७०० को मृत्यु हुन्छ
यो रोग औषधि सेवनका कारण पुरा निको हुने रोग होइन। उक्त रोग लाग्न नदिन नै विशेष ख्याल गर्नुपर्छ। यदी रोग लागिहाल्यो भने गुणस्तरीय जीवन जीउन लाग्नुपर्छ। उमेर बढ्दै गएपछि रोगको लक्षणपनि बढ्दै जाने भएकाले परिवारको हेरचाह आवश्यक रहेको छ। परिवारसँगै समाजको समेत सहयोग आवश्यक देखिन्छ।
बिहीबार, वैशाख १३, २०८१
कीर्तिपुरको बर्न सेन्टर विस्तारका लागि एएनएमएफको एक करोड ३० लाख सहयोग
कीर्तिपुर अस्पतालको बर्न सेन्टरको विकास र विस्तारका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसनले एक करोड ३० लाख नेपाली रुपैयाँ सहयोग गरेको छ। फाउन्डेसनले बर्न सेन्टरका लागि भन्दै उक्त रकम नेपालमा ट्रान्सफर गरिसकेको छ।
बुधबार, वैशाख १२, २०८१
हेटौँडा अस्पतालमा चिकित्सक अभावमा थन्किए उपकरण
हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन्। अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन्।
बुधबार, वैशाख १२, २०८१
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन केही दिनअघि मात्रै सार्वजनिक गरिएको थियो। जहाँ खनालले 'कानून विपरीत सम्बन्धन दिलाउने कार्यमा सवै पदाधिकारीलाई गलत राय दिएको' बताइएको छ। उनलाई भविष्यमा कुनै पनि सरकारी र संवैधानिक नियुक्ति पाउन अयोग्य हुनेगरी कारबाही गर्न सिफारिस गरिएको छ।
बुधबार, वैशाख १२, २०८१
जिल्ला आयुर्वेद औषधालयलाई १६ शय्याको अस्पतालमा स्तरोन्नति
धादिङ जिल्लामा १० वटा आयुर्वेद संस्था छन् । चिकित्सालयसहित चार वटा आयुर्वेद औषधालय र पाँच वटा सेवा केन्द्र सञ्चालनमा छन् । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीलाई चौबिसै घण्टा सेवा दिन सकिनेछ ।
बुधबार, वैशाख १२, २०८१
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
यहाँ डुबेर उपचार सेवा लिनका लागि रघुगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट बिरामी आउने गरेका छन् । त्यसैगरी कुण्डको नजिकै रघुगङ्गा खोलाको पारिपट्टि रहेको झरनामा रमाउन र कुण्डमा डुबुल्की लगाउन टाढाटाढाबाटसमेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका स्थानीय तिलक गर्बुजाले बताए।
बुधबार, वैशाख १२, २०८१
८० प्रतिशत अंकसहित भेरी अस्पताल तेस्रोपटक बन्यो देशकै उत्कृष्ट अस्पताल
न्यूनतम सेवा मापदण्ड ८० प्रतिशत अंक प्राप्त गरेर यस वर्ष उक्त अस्पताल उत्कृष्ट अस्पताल हुन सफल भएको हो । अघिल्लो मूल्यांकनमा अस्पतालले ६१ प्रतिशत र ६७ प्रतिशत अंक पाएको थियो ।
बुधबार, वैशाख १२, २०८१
कार्यालय समयमा निजीमा काम गर्ने सरकारी डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कारबाही हुने
मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा यसरी सरकारी स्वास्थ्य संस्था बाहेकका निजी स्वास्थ्य संस्थाहरूमा काम गर्ने र सो प्रयोजनको लागि विज्ञापन समेत गराउनु प्रचलित कानून, नैतिकता, व्यक्तिगत आचरण विपरित हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूले आ-आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेशागत अनुशासनमा रही जिम्मेवारी निर्वाह गर्नुहुन यो निर्देशन जारी गरिएको छ..
बुधबार, वैशाख १२, २०८१
प्रत्यारोपण केन्द्रमा आन्दोलनरत पक्षको नारा- सेवा रोकेर धेरै मरिसके, अझै कति जना अरु?
अस्पताल प्रशासनका एक कर्मचारीले निर्देशक डा पुकार चिकित्सकीय रुपमा राम्रो भए पनि प्रशासनिक नेतृत्वमा भने कमजोर रहँदा अस्पतालमा समस्या आएको बताउँछन्। 'उहाँ प्रत्यारोपण सर्जनका रुपमा ठिक छ। तर अस्पताल चलाउने सक्ने नेतृत्वमा हुनुपर्ने क्षमता भने उहाँमा देखिएन। यही कारणले अस्पतालमा सँधै समस्या आइरहेको हो,' ती कर्मचारीले भने।
बुधबार, वैशाख १२, २०८१
Previous
231
232
233
234
235
Next
सर्च गर्नुहोस्
×
Search