काठमाडौं– बागमती प्रदेशको स्वास्थ्य सचिवमा डा प्रवीण श्रेष्ठ नियुक्त भएका छन्।
बिहीबारको मन्त्रिपरिषद् बैठकले डा श्रेष्ठलाई बागमती प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी कन्सलटेन्ट सर्जन हुन्।
यसअघि प्रदेश स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्का थिए। यसअघि पनि स्वास्थ्य सचिव खड्काको सरुवा भएको थियो। खड्का सरकारले गरेको सरुवाको विरुद्धमा अदातल गएका थिए। अदातलले उनको सरुवा रद्ध गरेको थियो।