मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, वैशाख २४, २०८३
Thu, May 07, 2026
बिहीबार, वैशाख २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बागमतीका स्वास्थ्य सचिव खड्कालाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाई १० औँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो। सो निर्णयविरुद्ध खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।
बिहीबार, मंसिर २८, २०८०
सर्वोच्चले माग्यो डा सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण
सर्वोच्चका न्यायाधिस हरिप्रसाद फुयालको एकल इजलासले यस्तो माग गरेको हो। साथै सर्वोच्चले अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।
बिहीबार, मंसिर २८, २०८०
केयुमा चिकित्सातर्फ विराट मेडिकल कलेजका सनम र संस्कृति गोल्ड मेडलिस्ट
काठमाडौं युनिभर्सिटी (केयु)को चिकित्सातर्फ विराट मेडिकल कलेज विराटनगरका सनम ढकाल र संस्कृतिश्री कोइरालाले गोल्ड मेडल हासिल गरेका छन्। उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिक्षान्त समारोहका अवसरमा उक्त मेडल प्रदान गरेका हुन्।
बिहीबार, मंसिर २८, २०८०
कर्णाली प्रदेशले माग्यो करारमा २७ चिकित्सक
कर्णाली प्रदेश सरकारले करारमा नवौँ तहका २७ चिकित्सक माग गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै करारमा चिकित्सकहरूको माग गरेको हो।
बिहीबार, मंसिर २८, २०८०
महानगरले जफत गर्न सुरु गर्यो सुर्तीजन्य पदार्थ [तस्बिरहरु]
जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्य कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थमा रोक लगाइएको महानगरले जनाएको छ।
बिहीबार, मंसिर २८, २०८०
घुयलनेटाका भूकम्पपीडितमा झाडापखाला, बालबालिका र वृद्धवृद्धा बढी जोखिममा
जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको संक्रमण देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्पपीडितलाई झाडापखाला देखिएको हो।
बिहीबार, मंसिर २८, २०८०
नोना कोइराला स्मृती प्रतिष्ठानले स्वास्थ्य शिविर आयोजना गर्दै
केएचडिसी नेपाल र एक्सेल विकास बैंक बिर्तामोडको सहकार्यमा मधुग्राम देवता आधारभूत विद्यालय, बुढीगंगा गाउँपालिका २ मा उक्त शिविर आयोजना गरिने बताइएको छ।
बिहीबार, मंसिर २८, २०८०
चार पटकसम्म हेर्न नभ्याइनेमा परेको डा सन्तोष पौडेलको रिट न्यायाधीश फुयालको इजलासमा
डा सन्तोष पौडेलले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ। वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै दायर रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा छ।
बिहीबार, मंसिर २८, २०८०
इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’
दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो। श्रीमान गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला परेकी छिन्। ६ वर्षकी छोरी र १६ महिनाको छोराको भविष्यको चिन्ताले उनलाई सधैँ छटपटी हुन्छ।
बिहीबार, मंसिर २८, २०८०
जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित
बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ। बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ।
बिहीबार, मंसिर २८, २०८०
जुकालाई टोकाएर गरिने उपचार पद्धति जलौका चिकित्सा
कतिपय बिरामीहरु सोध्नुहुन्छ मलाई त जंगलका जुकाहरुले धेरै पटक टोकेको छ त्यो टोक्नु पनि राम्रो हुन्छ? जंगलमा पाइने जुका र जलौकामा प्रयोग गरिने जुका फरक हुन्छ। जंगलमा पाइने जुका विषयुक्त अर्थात सविष जलौका हुन्। सविष भएकै कारणले जंगली जुकाले टोक्दा घाउ हुने लामो समयसम्म रक्तश्राब हुने चिलाऊने समस्या देखिन्छ।
बिहीबार, मंसिर २८, २०८०
विद्यार्थी सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्नुपर्छ: डा दास
शताब्दी पुरुष वरिष्ठ चिकित्सक डा गौरीशङ्करलाल दासले विश्वविद्यालयका दीक्षित विद्यार्थीहरु सामाजिक र सांस्कृतिक परिवर्तनका अगुवा बन्न सक्नुपर्ने बताएका छन्।
बुधबार, मंसिर २७, २०८०
सिम्रौनगढमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु
बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका–१ नमसंग्राढाटका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी अस्पताल बीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार, मंसिर २७, २०८०
केयू र धुलिखेल अस्पताल छुट्टिँदै, प्रधानमन्त्रीले भने- नयाँ शिक्षण अस्पताल स्थापना गर्न सहयोग गर्छु
प्रधानमन्त्री दाहालको उक्त भनाईसँगै केयू र धुलिखेल अस्पताल छुट्टिने विषय लगभग निश्चित जस्तै देखिएको छ। केयूले धुलिखेल सामुदायिक अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्दै आइरहेको छ।
बुधबार, मंसिर २७, २०८०
पूर्व स्वास्थ्यमन्त्री यादवले गठबन्धन बैठकमा पेश गरे स्वास्थ्यका तीनसहित ५३ बुँदे प्रस्ताव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन समक्ष ५३ बुँदे सुझाव पेस गरेका छन्। प्रधानमन्त्रीसहित चारदलीय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरू पेस गर्न दिएको जिम्मेवारी अनुसार यादवले मंसिर २५ मा सुझावहरू पेस गरेका हुन्।
बुधबार, मंसिर २७, २०८०
बाल्टिनमा डुबेर काठमाडौंमा १९ महिनाकी बालिकाको मृत्यु
गोकर्णेश्वनर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरी सुमित्रा बडुवालको बाल्टिनको पानीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो।
बुधबार, मंसिर २७, २०८०
काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचेको पाइए पसल बन्द गर्ने महानगरको चेतावनी
महानगरपालिकाले बिहीबारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिवन्ध लगाएको छ। काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौंभित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनि, गुट्टका, सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो।
बुधबार, मंसिर २७, २०८०
काठमाडौं विश्वविद्यालयका मेडिकल साइन्सेजका १२ सहित एक हजार आठ सय ३८ विद्यार्थी दीक्षित
काठमाडौँ विश्वविद्यालयका मेडिकल साइन्सेजका १२ सहित एक हजार आठ ३८ विद्यार्थी आज दीक्षित भएका छन्। प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ले २९औँ दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरे।
बुधबार, मंसिर २७, २०८०
भूकम्पपछि मात्रै जाजरकोटमा चिसोको कारण २९ जनाको मृत्यु
भूकम्पपछि मात्रै जाजरकोटमा चिसोको कारण २९ जनाको मृत्यु भएको छ। जाजरकोटको छेडागाड नगरपालिकामा त्रिपालमुनि बस्दै आएकी थप एक महिलाको मृत्यु भएको छ।
बुधबार, मंसिर २७, २०८०
गाउँ-गाउँमा प्यूठानका स्वास्थ्यकर्मी, घर-घरमा स्वास्थ्य सेवा
८० वर्ष माथिका जेष्ठ तथा क र ख वर्गका अशक्तता भएका नागरिकहरुसंग स्वास्थ्यकर्मी कार्यक्रम अन्तरगत यो कार्यक्रम सुरु गरिएको हो। यो अवधिभर प्यूठान जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट घरमै गई निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा दिइनेछ।
बुधबार, मंसिर २७, २०८०
स्वास्थ्य अनुसन्धान परिषद् सुधार समितिले संसदीय समितिलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझायो
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् सुधार समितिले संसदको स्वास्थ्य शिक्षा उपसमितिलाई ध्यानाकर्षण पत्र पेस गरेको छ।
बुधबार, मंसिर २७, २०८०
विशेषज्ञ स्वास्थ्य सेवासम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा प्रदेशका सबै जिल्लाका अस्पतालका चिकित्सक, पालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य कार्यालयका फोकल पर्सन तथा स्वास्थ्यकर्मीहरुलाई ३ दिने आधारभुत तथा आकस्मिक उपचारसम्बन्धी तालिम प्रदान गरिएको छ।
बुधबार, मंसिर २७, २०८०
काठमाडौं महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध
महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बुधबारदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ।
बुधबार, मंसिर २७, २०८०
चिसो बढेसँगै वीरगञ्जका अस्पतालमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामीको चाप
पछिल्लो केही दिनयतादेखि बढेको चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए। रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको उनले बताए।
बुधबार, मंसिर २७, २०८०
गाजामा रहेका इजरायली सेनामा फैलियो संक्रामक रोग शिगेला
गाजामा जमिनबाट हमाशबिरुद्ध युद्ध गरिरहेका इजरायली सैनिक बिरामी पर्न थालेका छन्। इजरायलका चिकित्सकका अनुसार उनीहरुमा शिगेला फैलिन थालेको हो। युद्धका कारण रहेको फोहरका कारण र असुरक्षित भोजनले रोग फैलिएको मानिएको छ।
बुधबार, मंसिर २७, २०८०
शरीरमा पानी कम हुँदा के हुन्छ?
शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ।
बुधबार, मंसिर २७, २०८०
सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने विषयमा कसरी काम अगाडि बढीरहेको छ?
मन्त्री बस्नेत सरकारी अस्पतालमा चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रम चलाउन सके दझ जनशक्तिको उत्पादनसँगै ती क्षेत्रमा उपचार सेवाको विस्तार हुने बताउँछन्।
मंगलबार, मंसिर २६, २०८०
औषधि व्यवस्था विभागले लगायो यी १० औषधि उत्पादनमा रोक
औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ। औषधि मुल्यांकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको विधागका महानिर्देशक नारायण ढकालले जानकारी दिए।
मंगलबार, मंसिर २६, २०८०
ॐ हस्पिटल र प्रभु बैंकबीच उपचारमा छुटसम्बन्धी सम्झौता
चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
मंगलबार, मंसिर २६, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो दरबन्दी बाहेकका स्वास्थ्यकर्मीको विवरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीहरुको विवरण माग गरेको छ। मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै एक साताभित्र विवरण पठाउन भनेको छ।
मंगलबार, मंसिर २६, २०८०
Previous
271
272
273
274
275
Next
सर्च गर्नुहोस्
×
Search