काठमाडौं- 'पुष्पा'बाट अत्याधिक चर्चामा आएकी दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डनाले आफूलाई 'फिटनेसकी फ्यान' बताएकी छिन्। एक भारतीय सञ्चारमाध्यमसँग आफ्नो तन्दुरुस्तीबारे कुराकानी गर्दै उनले यस्तो बताएकी हुन्।
'म फिटेनेसकी फ्यान हुँ। म काममा लागिरहन मन पराउँछु । म आफ्नो शरीरलाई चुनौती दिन रुचाउँछु । त्यसैगरी खापिनमा पनि निकै होसियार छु,' उनले भनेकी छिन्।
सामाजिक सञ्जालमा समेत सक्रिय मन्डना अक्सर आफ्नो शारिरीक अभ्यासका तस्विर र भिडियो पोस्ट गरिरहन्छिन्। इन्स्टाग्राममा उनले धेरै त्यस्ता तस्विर र भिडियो राखेकी छिन्।
आफ्नो फिटनेस रुटिनबारे बताउँदै उनले स्किपिङ. स्विमिङ. किक-बक्सिङ, रनिङ नियमित रहेको उल्लेख गरेकी छिन्। योगा पनि आफूले नियमित गर्ने कर्ममै पर्ने बताइन्।
मसल्सलाई बलियो बनाउने वेटलिफ्टिङ गर्ने गरेको बताउँदै कार्डियो आफ्नो फिटनेस गुरुले नियमित अभ्यासको सूचीमा राखेको बताइइन्। यसैगरी मुस्कानलाई प्राकृतिक बनाउन चिन-अप अभ्यास जरुरी रहेको बताइन्।
उनले फलफूलमा एभोकाडो आफ्नो प्रिय रहेको बताइन्। खानामा नियमित चिकेन हुन्छ। डिनरमा प्राय ब्राउन राइससँग ग्रिल्ड चिकेन मन पराउने गरेको उनले बताइन्।