काठमाडौं– गत असारमा ‘ट्रुमी’ ब्रान्डका सौन्दर्य सामग्री नेपाल भित्र्याएको ट्रु डर्मा एसएस प्रालि अहिले धेरै सर्वसाधारणदेखि सेलेब्रेटीहरूको रोजाइको विषय बनेको छ।
अमेरिकन प्रविधिमा आधारित कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियललगायतका रेन्जमा बजारमा ल्याएयता प्रयोगकर्ताहरूको नजरमा ‘ट्रुमी’ परेको हो।
प्रबन्ध निर्देशक मुरारकाका अनुसार ‘ट्रुमी’ले थालनीको ६ महिनामै उत्कृष्ट कम्पनीहरूलाई प्रतिष्पर्धामा उछिनिसकेको छ। अहिले यो कम्पनी उत्कृष्ट ५ भित्र पर्न सफल भइसकेको छ।
ग्राहकको रुचिअनुसार१ वर्षभन्दा बढी सर्भे गरेर मात्र कम्पनीले ‘ट्रुमी’लाई विक्री वितरणमा ल्याएको थियो। प्रबन्ध निर्देशक मुरारका अहिलेसम्म ग्राहकको गुनासो सुन्न नपरेको बताउँछन्। ‘ट्रुमी’ बाहिरी र भित्री दुवै सौन्दर्यलाई ध्यान दिएर भित्र्याइएको सामग्री हो।
अहिले ‘ट्रुमी’ ब्रान्डका ४५ देखि ३८ प्रकारका सामग्रीहरू नेपालमा भित्रिसकेका छन्। ‘अझै हेयर अलर आउँदैछन्। अर्को १ वर्षभित्रमा नेल पोलिसदेखि लिएर कलर कस्मेटिकभित्र आइल्यानर, मस्करा लगायतका अन्य सामग्री पनि लन्च गरिसक्छौँ। पार्लरमा चाहिने सबै रेञ्ज हामीसँग छ,’ प्रबन्ध निर्देशक मुरारका भन्छन्।
सौन्दर्य उत्पादनमा कम्पनीको बुझाइ छ, ‘मानिस सुन्दर छ भने स्वस्थ हुन्छ, स्वस्थ छ भने सुन्दर हुन्छ।’ यी दुवै कुरालाई केन्द्रमा राखेर ‘ट्रुमी’ सामग्रीहरू ग्राहकसम्म पुर्या इने गरिन्छ। अहिले ‘ट्रुमी’ ब्रान्डका सामग्री पुन: खरिद गर्ने सेलिब्रेटीहरूको संख्या पनि बढ्दो छ।
ट्रुमीका स्किन तथा हेयरकेयर प्रोडक्टहरुलाई सिनियर ब्युटिसियन र डेर्माटोलोजिस्टले समेत प्रशंसा गरेका छन्।
यहाँ कपालदेखि छालासम्मका लागि आवश्यक सामग्रीहरू उपलब्ध छन्। हेयर ट्रिटमेन्ट, स्किन ट्रिटमेन्ट, स्किन स्पा, हेयर वाक्स लगायतका अन्य सुविधाहरू उपलब्द्ध छन्।
‘ट्रुमी’को मुख्य विशेषता भनेकै गुणस्तरमा कम्प्रमाइज नगर्नु हो। एउटै अन्डरमा फूल रेन्ज भित्र्याउने सम्भवत: पहिलो कम्पनी पनि ट्रु डर्मा एसएस हो। ‘अहिले पार्लरहरूमा यतिको ठूलो रेन्जमा छैन। त्यो हामीले मात्र लिएर आएका छौँ। कसैको स्किनको छुट्टै छ भने कसैको कपालको। स्पामा पनि अरु कसैको छ। हामीले एउटै अन्डरमा फूल रेन्ज नै लिएर आएका छौँ,’मुरारका भन्छन्।
सामग्रीहरू ल्याउँदा कस्माटोलोजिस्टसँग सल्लाह गरेर परिक्षणपश्चात् मात्र मार्केटिङ लन्च गर्ने ‘ट्रुमी’का निर्देशक मुरारका बताउँछन्। र ब्यूटिसियनहरूसँग पनि उनीहरूले फिडब्याक लिने गर्छन्। ‘किनकि नेपाली, इन्डियन, अमेरिकी भनूँ वा चाइनिज, सबैको स्किन छुट्टाछुट्टै हुन्छ। कस्मेटिक स्किसनअनुसार फरक पर्छ। कोरियामा राम्रो काम गरेको छ भन्दैमा हाम्रो नेपाली स्किनमा काम गर्छ भन्ने छैन। फिडब्याक लिँदै कहाँ के चेन्ज गर्नुपर्छ भनेर हामी थप पटक पटक गराइरहन्छौँ,’उनी भन्छन्।
स्वास्थ्यको ख्याल राख्दै यसरी बढाउँछ ‘ट्रुमी’ले सौन्दर्य
ट्रुमीका सामग्रीमा कपाल झर्ने समस्या समाधानका लागि ‘हेयरफल कन्ट्रोल स्याम्पो’ छ। सल्फेट नभएको यो स्याम्पोले कपाल झर्ने समस्याको मात्र समाधान गर्दैन, कपाललाई स्वस्थ र लामो बनाउन मद्दत गर्छ।
८ सय मिलिलिटरको प्याकमा उपलब्ध यसले कपालको जरादेखि टुप्पैसम्मका समस्यालाई निराकरण गर्छ।
कपाल मूलायम राख्नका लागि ट्रुमीको केराटिन हेयर सिरम उपयुक्त छनोट हुनसक्छ। यसले कपालका लागि आवश्यक पोषक तत्व प्रदान गर्छ। यसको प्रयोगले कपाल स्पर्श गर्दा नै आनन्ददायक बनाइदिन्छ। १०० मिलिलिटरको बोतलमा उपलब्ध केटारिन हेयर सिरमले खस्रो र सुख्खा कपाल मुलायम राख्छ।
हाम्रो कपालमा प्राकृतिक रूपमा नै केराटिन नामक प्रोटिन पाइन्छ। त्यही केराटिनको शक्तिलाई ‘ट्रुमी केराटिन हेयर रिबोन्डिङ’नामक सामग्रीले अझ सबल बनाइदिन्छ।
नवीनतम फर्मुलाका आधारमा तयार गरिएको यो उत्पादनको प्रयोगले कपाललाई नरम र सीधा बनाउँछ। केराटिनको कमीका कारण कपालमा निम्तिने सुख्खापन लगायतका समस्या आउँछन्। केराटिन हेयर रिबोन्डिङको प्रयोगले लट्टा पर्ने समस्या पनि कमी गरिदिन्छ।
हेयर–केयरका सन्दर्भमा ‘ट्रुमी हेयर ब्लिच पाउडर’ ले पनि उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। गोल्डेन र सेतो रङमा उपलब्ध यो हेयर ब्लिचिङ पाउडर विशेषगरी कपालको लिफ्ट बढाउन र झर्ने समस्या निराकरणका गर्न तयार पारिएको उत्पादन हो। ४०० ग्रामको प्याकमा उपलब्ध यो पाउडरमा लाइटनिङ एजेन्टकोको प्रयोग गरिएको छ।
हेयर ब्लिचिङ पाउडर र हाइड्रोजन पेरोक्साइडको सम्मिश्रणबाट तयार गरिएको ट्रुमीको अर्को उत्पादन ‘ट्रुमी डेभलपर’ कपाल लाइटनिङ गर्नका लागि प्रयोग हुन्छ। ३देखि १२ प्रतिशतसम्मको अनुपातमा कपाल लाइङटिङ गर्न मिल्ने यो सामग्री एक हजार मिलिलिटरमा उपलव्ध छ। हानिकारक तत्व नभएको यो सामग्री त्यत्तिकै सुगन्धित पनि छ।
प्राकृतिक रूपमा नै कपालमा पाइने प्रोटिनयुक्त तत्वको केराटिनको शक्ति बढाउन ‘ट्रुमी केराटिन ट्रिटमेन्ट स्पा’ उपयोगी छ। यसमा पर्याप्त मात्रामा भएको कपालका लागि आवश्यक पोषक तत्व र भिटामिनले कपाललाई मुलायम राख्नका साथै कपाल बिग्रने समस्याबाट मुक्ति दिन्छ। ५०० र १००० मिलिलिटरमा उपलब्ध यो केराटिन ट्रिटमेन्ट स्पाले कपालमा देखिने धेरै समस्यालाई न्युनिकरण गर्न सहयोग पुर्याउँछ।
शरीरमा आउने अनावश्यक रौँहरू हटाउनका लागि ‘ट्रुमी हेयर वाक्स’ समाधान बन्न सक्छ। रौँ आएको ठाउँको छालालाई उतिकै राम्रो बनाउँदै रौँहरू हटाउन प्रभावकारी हुनेगरी यो प्रडक्ट तयार गरिएको छ। यो हेयर वाक्स ६०० र ८०० ग्रामको प्याकेटमा उपलब्ध छ।