काठमाडाैं- एकै पटक पाँच ठाउँमा लोकसेवाबाट नाम निकाल्ने नर्स मनीषा जिसीलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीकी मनीषा जिसीले बधाई दिएका छन्।
पुर्व प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा मनीषाको तस्बिरसहित मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने मनीषाले सकारात्मक सन्देश दिन सफल भएको पनि बताएका छन्।
‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरूमा पढेँ । यो सुखद खबर हो’, ओलीले भनेका छन्, ‘मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना !’
एकै वर्षमा स्वास्थ्य सेवा तर्फ लोकसेवाका ५ वटा परीक्षामा उत्तीर्ण नर्स