मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १५, २०८३
Tue, Jun 30, 2026
सोमबार, असार १५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
महँगा स्वास्थ्य उपकरण लुम्बिनी प्रादेशिक अस्पतालका कोठामा थन्किए
दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवासहित दुई दर्जन बढी स्वास्थ्य सेवा उपलब्ध छ।
शनिबार, भदौ ३०, २०८०
चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न गगन थापाको माग
उनले भर्खरै संसदबाट पारित स्वास्थ्य संस्थासम्बन्धी ऐन अनुसार घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताए। नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन पनि सरकारले मकवानपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उनको भनाइ थियो।
शनिबार, भदौ ३०, २०८०
जापानमा एनआरएनए ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स, आप्रवासी नेपालीको स्वास्थ्य मुख्य अजेन्डा
जापानमा कार्यरत न्युरोलोजिस्ट डा लुसुन चालिसेले जापानमा रहने नेपाली चिकित्सक, नर्स र जनस्वास्थ्यकर्मी संगठित हुन खोजिरहेको बताए। अहिले पनि सहयोग गरिरहेको बताउँदै संगठित रुपमा नै काम गर्नुपर्ने आवश्यकता बोध भएको उनको भनाइ थियो।
शनिबार, भदौ ३०, २०८०
चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप
हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न तीन दिनको म्याद थप गरिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ।
शनिबार, भदौ ३०, २०८०
क्षयरोग मुक्त नगर घोषणा भएको हरिवनमा एक सय २१ जना नयाँ बिरामी भेटिए
विसं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका उद्घोष गरेको भए पनि गत आव २०७९/८० मा मात्रै एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए।
शनिबार, भदौ ३०, २०८०
पुस्तक समीक्षा: भोलि कोही नआउन्जेलसम्म
डा सृजनाका कविता पढिरहँदा हरेक कविताहरुमा म आफैलाई पात्र सम्झिरहन्छु, सायद कविको अर्को सफलता यही हो। पाठक स्वयं कविताको पात्र बन्नुपर्छ अनि त मज्जा आउँछ पटकपटक पढिरहन।
शनिबार, भदौ ३०, २०८०
तोकिएको मापदण्डको केमिकल आयात गर्न नदिनुभित्रको स्वार्थ के हो?
क्रमिक आर्थिक विकास/ पूर्वाधार विकासलाई देखाएर हामीले यो गर्यौं/ त्यो गर्यौं भन्ने छुट यो नेतृत्वलाई छैन र हुनुहुँदैन। बिगतदेखी जनताले हरेक क्षेत्रमा भोगीआएका समस्याको छिटो छरितो समाधानका लागि प्रकृयागत ढिलाई हुने स्थितिको अन्त्य गरिनु पनि अति नै जरुरी छ।
शनिबार, भदौ ३०, २०८०
औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन
औषधि व्यवस्था विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विभागको २०७९/०८० को समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवाको गुणस्तर मापनको केन्द्र औषधि व्यवस्था विभाग भएकोले यसले गुणस्तरमा कसैसँग पनि सम्झौता गर्न नहुने बताएका हुन्।
शुक्रबार, भदौ २९, २०८०
चिकित्सकमाथि आक्रमण गर्नेलाई कस्तो हुन्छ कारबाही? के छ कानुनी व्यवस्था?
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट वा शारीरिक रुपमा चोट पुर्याउने कार्य गरेमा तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
शुक्रबार, भदौ २९, २०८०
अब कुनै पनि नागरिक उपचार नपाएर छट्पटाउनुपर्दैन: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताएका छन्।
शुक्रबार, भदौ २९, २०८०
डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को कभर सार्वजनिक
जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा लेखिएको पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो।
शुक्रबार, भदौ २९, २०८०
डाक्टरमाथि आक्रमण घटनाः प्रगतिशिल चिकित्सक संघले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
नेपाल प्रगतिशिल चिकित्सक संघले हेटौंडामा डाक्टरहरुमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
शुक्रबार, भदौ २९, २०८०
कान्ति बाल अस्पतालको घटनामा प्रधानमन्त्रीले भने- लापरबाही गर्नेलाई कारबाही हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षीया बालिका रेजिशा गोपालीको निधनमा कान्ति बाल अस्पतालको कमजोरी भएको बताएका छन्।
शुक्रबार, भदौ २९, २०८०
५ जना महिला चिकित्सक वुमन इन मेडिसिनबाट सम्मानित
नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका ५ जना महिला चिकित्सकलाई वमन इन मेडिसिनबाट सम्मानित गरिएको छ। यस्तै ५ जनालाई लाइभ टाइम अचिभ्मेन्ट प्रधान गरिएको छ।
शुक्रबार, भदौ २९, २०८०
सरकारका प्रतिनिधिसँगको छलफलपछि डा गोविन्द केसीद्वारा घोषित सत्याग्रह स्थगित
डा गोविन्द केसीले आज(शुक्रबार) देखि गर्ने भनेको सत्याग्रह स्थगित भएको छ। सरकारका प्रतिनिनिधिसँगको छलफलमा आफ्ना माग तीन महिनाभित्र सम्बोधन गर्ने भनेपछि सत्याग्रह हाललाई स्थगित भएको डा केसीले जनाएका छन्।
शुक्रबार, भदौ २९, २०८०
चिकित्सक सुरक्षा अनि आत्मसमिक्षा
उपचार सम्बन्धमा घटित यस्ता घटनाहरु घट्ने बित्तिकै मेडिकल काउन्सिललाई किन क्रियाशील नबनाउने? यसतर्फ पनि सोच्न अति आवश्यक भैसकेको छ। हेटौंडामा घटेका यस्ता घोर मानवता विरोधी हर्कतविरुद्द उत्रदै गर्दा चिकित्सकहरुबीच पनि आत्मसमिक्षा हुनुपर्ने देखिन्छ।
शुक्रबार, भदौ २९, २०८०
चिकित्सक कुटपिटको विरोधमा हेटौंडामा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द
गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो।
शुक्रबार, भदौ २९, २०८०
डेंगु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान
सङ्खुवासभामा डेंगु संक्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ। जिल्लामा डेंगु संक्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो।
शुक्रबार, भदौ २९, २०८०
स्वास्थ्यकर्मीको लापरबाहीका कारण कान्ति अस्पतालमा बालिकाको मृत्यु भयो: स्वास्थ्यमन्त्री
शुक्रबार जनसंख्या तथा विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा अनुसन्धान गरी लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाहीको निर्देशन दिइएको बताए।
शुक्रबार, भदौ २९, २०८०
गरिबलाई निःशुल्क र हुनेखानेलाई बीमाबाट सहज स्वास्थ्य सेवा दिने वातावरण तयार गर्छौं: स्वास्थ्यमन्त्री बस्नेत [अन्तर्वार्ता]
२२ वर्षअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका मोहनबहादुर बस्नेत अहिले मन्त्रीका रुपमा फेरि स्वास्थ्य मन्त्रालयमा आएका छन्।
शुक्रबार, भदौ २९, २०८०
फिजियोथेरापी: बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उपयोगी
फिजियोथेरापीको यति धेरै विशेषता र महत्व भएतापनि हाम्रो देशमा फिजियोथेरापीको जति उपभोग हुनुपर्ने त्यति नभएको देखिन्छ। मेरो व्यक्तिगत विचारमा, जनमानिसमा फिजियोथेरापीको महत्वबारे जानकारी र जागरुकताको कमी र फिजियोथेरापी सेवा सम्मको पहुँचतामा कठिनाइका कारण मानिसहरुले यसको लाभ लिन नसकेको हुनसक्छ।
शुक्रबार, भदौ २९, २०८०
स्वास्थ्य जनशक्ति उत्पादन र व्यवस्थापनमा कहाँ छ समस्या?
जनशक्ति देशमा उपलब्ध नभएर होइन, आवश्यकता बमोजिम नियुक्त नगरेर सिर्जित कृतिम अभाव हो। कृतिम अभाव दण्डनिय अपराध हो र यसको जिम्मेवार निकाय सरकार नै हो
शुक्रबार, भदौ २९, २०८०
मधेसमा ‘मुटु’ छामिरहेका डा निश्चल
विसं २०१३ मा स्वतन्त्र नागरिक अधिकारकर्मी र धार्मिक व्यक्तिको पहलबाट स्थापित र विसं २०१८ मा सरकारी अनुदान र २०२४ सालमा १५ शय्याको अस्पताल (जानकी पब्लिक अस्पताल) बाट सेवा सुरु भएको प्रादेशिक अस्पतालमा करिब छ दशकपछि मुटुरोग उपचारको जिम्मा अहिले तीनै कान्छा डाक्टरमध्येका साहमा आइपरेको छ।
बिहीबार, भदौ २८, २०८०
दाङमा सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु
दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए।
बिहीबार, भदौ २८, २०८०
प्रजातन्त्रवादी चिकित्सक संघले भन्यो- डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही नगरे कडा कदम चाल्छौँ
प्रजातन्त्रवादी चिकित्सक संघले सञ्चो अस्पताल हेटौंडामा कार्यरत डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ। महासचिव डा संयुक्त आचार्यले बिहीबार विञप्ति जारी गर्दै उक्त घटनामा संलग्न दोषीहरुलाई अबिलम्ब छानबिन गरी कानूनी दायरामा ल्याउन माग गरेका छन्।
बिहीबार, भदौ २८, २०८०
डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे सेवा ठप्प पार्ने चेतावनी
संघले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टा भित्रमा कानूनी कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो।
बिहीबार, भदौ २८, २०८०
चिकित्सक कुटपिट प्रकरण : मृतकका श्रीमती र छोराछोरीसहित ४ जना पक्राउ
सञ्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकहरू डा विकास थापा र डा प्रशान्त विडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। मकवानपुरका प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीका अनुसार कुटपिटमा संलग्न मृतककी श्रीमती श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिजा अनुप पक्राउ परेका हुन्।
बिहीबार, भदौ २८, २०८०
हेटौंडाका चिकित्सकद्वारा आन्दोलनको घोषणा, २४ घण्टाभित्र कारबाही नभए सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी
डा विकास थापा र डा प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा बुधबार आक्रमण भएको थियो। घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको माग गर्दै आन्दोलनका घोषणा गरेका हुन्।
बिहीबार, भदौ २८, २०८०
चिकित्सक संघको टोलीलाई प्रधानमन्त्री दाहालले भने- डाक्टर कुट्नेलाई तुरुन्त कारबाही हुन्छ
हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भेट्न आएका नेपाल चिकित्सक संघका प्रतिनिधिलाई प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेले उन्मुक्ति नपाउने बताए।
बिहीबार, भदौ २८, २०८०
डा विकास थापा र डा प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
नेपाल विद्यार्थी संघ महाराजगञ्ज चिकित्सा क्याम्पस इकाईले हेटौंडास्थित सन्चो अस्पतालका डाक्टरमाथि आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न माग गरेको छ।
बिहीबार, भदौ २८, २०८०
Previous
319
320
321
322
323
Next
सर्च गर्नुहोस्
×
Search