काठमाडौं- वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को कभर सार्वजनिक भएको छ।
जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा लेखिएको पुस्तकको कभर शुक्रबार सार्वजनिक गरिएको हो।
२०८० असोज ५ गते शुक्रबारबाट बजारमा आउने पुस्तकको आजैदेखि अनलाइन बुकिङ खुला गरिएको छ।
डा ओम फाउन्डेसनले प्रकाशन गरेको पुस्तक दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमा अर्डर गर्न सकिनेछ।
पुस्तकको मुल्य ६०० रहेको छ भने विशेष प्रकाशनको मुल्य एक हजार तोकिएको छ।
पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्धवृद्धाका निम्ति डा ओम फाउन्डेसनमार्फत् खर्च गरिने लेखक डा अनिलले जानकारी दिए।